खबर आयाे कता कताबाट... अस्मीकाे हुनेवाला बेहुलाकाे पनि एक्सिडेन्ट परेर थला परेकाे छ अरे भनेर। त्याे खबरले सबैलाई दुखी बनाएकाे थियाे हाेला । अवस्य पनि थियाे तर मलाई त्याे भन्दा धेरै खुशी केहीमा थिएन । आफु झन्डैले खेर गएकाेमा बाचेकाे खुशी भन्दा मलाई त्याे खबरले खुशी बनाएकाे थियाे । अस्मीलाई म अझै पनि गुमाउन चाहन्न थिए । मेराे मनले उसलाई नै मात्र पुकार्थियाे ।जब म बेडमा थिए तब धेरै थाेक भई सकेछ । सबै कुरा मलाई दाईले भन्याे । त्याे मलाई रगत खाेज्दिने दाईलाई भेट्न मन लागिरहेकाे थियाे । मेराे डिस्चार्ज भई सक्ने बेला सम्म पनि त्याे दाई आएनन् । मैले साेधे मलाई चेकअप गर्ने डाक्टरलाई त्याे दाई आएका छन कि छैनन् भनेर तर ति डाक्टरले पनि देखिन भने ।करिब १२ बजे तिर हामी त्यहाँबाट घर फर्किउ । ख्याल ख्याल मै ४६,२६० /- अस्पतालमा पाेसेर अस्पताल पालन गरिएछ । 

हामी घरै गयाै अनि म आफ्नाे काेठामा गए । बेडमा ढल्के अनि साेच्न थाले । अब गर्नु के ? केहीमा मन जादैन । मनले त फेरी अस्मीकाे तिर जाै भन्दै थियाे । हातमा ब्यान्डेज बाधेर जाउ पनि कता जाउ । अस्मीलाई फाेन गरे । उठेन। एकछिन साेचे । फाेन उठी हालेकाे भए पनि के कुरा गर्थे हाेला भनेर ।

एकछिनमा उतैबाट कल आयाे । "हेलाे .. अस्मी " मैले फाेन उठाए तर आवाज उसकाे ममीकाे आयाे ।
"हेलाे, आलाेक... कस्ताे छ बाबु तिमीलाई?" उहाँले साेध्नु भयाे ।
"ठिकै छ अहिले । आज मात्र घर आएकाे । भर्खरै मात्र । अनि तँपाईहरुकाे सुनाउनुस न ।" मैले भने।
"सबै ठिकै छ बाबु हाम्राे पनि । अहिले कस्ताे छ तिमीलाई? आउन सक्छाै ? भाेली आउ न ल । सक्छाै भने ।सल्लाह छ ।" उहाँले भन्नु भयाे ।
"फेरी सल्लाह भन्नु हुन्छ । अस्तीकाे सल्लाहले बल्ल तङ्ग्रिदै छु । फेरी के तमासा हाेला भन्ने पिर पाे पर्याे त हाै । " मैले भने।
"हैन त्यसताे त । आउन ल भाेली । बिहानै आउदा हुन्छ ।" उहाँले भन्नु भयाे।
"हुन्छ । अनि अस्मी खै त बाेलुम न।" मैले भने ।
"अब सँधैकाे लागि बाेल्ने कि? भाेली आउ न भाेली देखी बाेल्नु ।" उहाँले यति भनेर हाँस्दै फाेन राख्नु भयाे ।
फाेन काटियाे । अन्तिम लाईनले के भनेकाे भनेर म ट्वा परे । आफैलाई ठ्याम्म थप्पड हाने । तिरमिरतिरमिर गर्दै आखाँ अगाडी फुल..ताेरीकाे फुल देखियाे । आरे... रियलमै हाे त यार । सपना त हैन कि क्या हाे । मलाई अझ विश्वास लाथिरहेकाे थिएन । हातमा हेरे । काटेकै हाे । अनि सल्लाह ? हैन के हुदैछ यार?

म केही बेर अलमल्ल परे । अब के भन्नु, के गर्नु म त एकछिन त कसाे गराै गराै भयाे । अनि साेचे फेरी । सल्लाह ? तर भाेली गर्छन चाहि के कुरामा? अनि सधैकाे लागि पनि भन्छन । हैन के गर्न आटे यार? बिहे त कुनै हालतमा नि हुने चान्स त छैन ।  अस्मीकाे बाउ त परै जाओस कसैले पनि दिदैन नि। सगाेत्री सँग बिहे हुदैन भनेर जसलाई साेध्याे त्यसैले त्यसै भन्छन । कि के गर्न आटे हाै मलाई ? मलाई डाउट लाग्न थाल्याे । दाईलाई फाेन गरे । दाई क्लासमा बिजि थियाे । कल उठेन । भरे तिर कल गरेर भन्न भन्दै थियाे । मैले सबै कुरा भने दाईलाई । अनि फाेनमै सल्लाह भएर हामी दाजु भाई नै त्यहाँ जाने भयाै।  

भाेली पल्ट गयाै ।हामी दाजुभाई नै गएका थियाै । अघिल्लाे पल्ट लगाएकाे लुगा निकाले अनि सरक्क त्यसलाई साईडमा राखे ।अनि पनाैति ड्रेस भनेर साईड लाएर सिम्पल लुगामा गएकाे थिए । हामी भित्रै गयाै । अस्मीकाे बुवा धरान जानु भएकाे रहेछ आज बिहानै त्यही माैकामा निम्ताे आएकाे रहेछ । हामी भित्र गयाै । अनि दाई अस्मीकाे ममी सँग कुरा गर्न थाल्याे । माथिबाट अस्मी पनि आईन अनि मलाई पनि माथि बाेलाईन । सबै थाेक फरक थियाे । रङ नयाँ, डेकाेरेसन नयाँ, सबै थाेक नयाँ, मेरी अस्मी मात्र थिईन जुन जस्ताकाे तस्तै थिईन । म गए । त्यही स्टडी रुममा जहाँ हामीले धेरै पल्ट लुकिछिपी उपद्राे गर्थिउ । पुग्ने बितिकै उनले मलाई झ्याम्म...


आँगालाे हालिन अनि रुन थालिन ।  म ट्वा परि रहेकै  थिए । सबै थाेक अचानक हुदै थियाे । उनकाे आँशुकाे धारा यति तेजले बग्दै थिएकी म मेराे कुममा ताताे पानीले भिजेकाे महशुस गर्न सक्थे । उनी मलाई धेरै कसेर समाएर रुदै थिईन । मैले पनि उसलाई कसेर अँगालाे मा बेरे । अनायसै मुखबाट बाेली फुत्कियाे । "लुताईछाै त अनि ।"  
उनले आँशु पुछ्दै हास्दै भनिन् "तँपाई पनि त लुताउनु भएछ नि ।"
अनि उसलाई हसाउनकाे लागि कुरै कुरामा छेउमै गएर भने "सबै थाेक लुताएछ । छातिमा हड्डीले घाेच्याे है । " मैले हास्दै भने । उनले एकछिनमा बुझिछन अनि मलाई बिस्तारै मुक्का हान्न खाेज्दै थिईन अचानक ढाेका खुल्याे । हामी तुरुन्तै एटेन्सनमा आयाै । अस्मीकाे ममीले चिया लिएर आउनु भएकाे थियाे अनि दाई तलबाट फाेनमा कुरा गर्दै आउदै थियाे । हामी बसेर कुरा गर्न थाल्याै ।

कुरा हुन थाल्याे । सुरुमा त्यस्तै उस्तै अनि बिहे हुन यस्ताे हुदै थियाे उस्ताे हुदै थियाे सबै भन्नु भयाे अनि एउटा पुलिस आएर तिम्राे बारेमा सबै कुरा भन्याे भन्नु भयाे । मैले साेधे । काे पुलिस? उहाँले भन्नु भयाे । दाईले पनि हाे हाे भन्दै थियाे  । उसले मेराे बारेमा भनेकाे कुरा पनि आयाे । म छक्क परे । दाईले पनि याे कुरा  थाह पाएकाे रहेनछ । मलाई यत्राे ठुलाे झड्का लाग्याे कि म छक्क परेकाे थिए । मेराे आमा मेरी ठुलीआमा भएकाे कुरा सुन्दैमा मलाई बिस्वास गर्न मन लागेन तर प्याच्च बाेल्न पनि सकिन किनकी म तमासा चाहन्न थिए । दाई पनि ट्वा परिरहेकाे थियाे । हामी कुरा गर्दै गर्दा मैले हतार छ एउटा काम याद आयाे भनेर हामी निस्कीयाै । बिश्वास दुबैलाई थिएन त्यही भएर घर पुगुन्जेल केही कुरा भएन दाजु भाई बिच। अनि घर पुगेर मैले साेधे आमालाई "ममि.. तँपाई मेराे नै ममि हाे नि?" मैले पुग्ने बितिकै साेधे ।
ममी रुन थाल्नु भयाे । मलाई आँगालाे हालेर  उहाँले  हाे मेरै छाेरा हाेस भन्न थाल्नु भयाे । मैले सबै कुरा भने । उहाँले पनि अन्त्यमा याे कुरा साँचाे हाे भनेर कबुल गर्नु भयाे । म अब चाहिँ छाँगाबाट खसे । म लल्याक लुलुक भए । मलाई ममीलाई देखेर सम्हाल्न सकिन । सुरुमा मेराे ममि मेराे हैन भनेर दुःख लाग्याे । "हैन । तँपाई मेरै ममि हाे .. "भन्दै रुन थाले । उहाँले पनि मलाई फकाउन थाल्नु भयाे । अनि उहाँले मलाई गरेकाे मायाकाे मुल्य बल्ल थाह भयाे । मैले माफी मागे । "ममी म तँपाई अब कहिल्यै दु:ख दिदिन । मैले तँपाईकाे बारेमा कहिल्यै साेचेकाे थिईन रहेछु ।" भन्दै मैले फेरी ममीलाई समाएर रुन थाले । जसरी एउटा बच्चा रुन्छ नि त्यसरी नै । सानाेमा बच्चाहरु तेराे आमा हैन भन्दा रुन्छन नि त्यसरी नै म राेही रहेकाे थिए । बुबाले आएर साेध्नु भयाे । के हुदैछ भनेर मैले थाम्न सकिन आफुलाई बुवालाई आँगालाे हाले । 
"हैन के भयाे यसलाई फेरी ? किन राेएकाे ? नराे मुला ।" बुवाले भन्नु भयाे ।
मैले केही नभनि बुवालाई समाई रहे । बिस्तारै बुवाले पनि मेराे पिठमा हात फिराउदै नरुन भन्न थाल्नु भयाे । दाईले सबै कुरा भन्याे । अनि आमा बुवा बसेर साेच्न थाल्नु भयाे । "ति भाईले सबै कुरा भनिनै दिएछन त । छाेरी दिन्छन कि के गर्छन कुरा गराै हाै बुवा।" आमाले भन्नु भयाे ।

एकछिन साेचेर लामाे सास तानेर "ठिकै छ भाेली गएर कुरा गराैला अब.." भन्नु भयाे ।
त्याे अवस्थामा मलाई हास्ने कि रुने भई रहेकाे थियाे । खुशी, दुख सबै एकै पल्ट आउदाे पनि रहेछ बेला बेला।अनि भाेलि पल्ट बुवा आमा पनि जानु भयाे । फर्केर आए पछि निराश हुदै आएर बस्नु भयाे । के कुरा भएकाे थियाे हाेला मलाई एकदम जान्न मन लागेकाे थियाे । बिहे पक्का भएकाे रहेछ तिनकाे त । अब कसरी मिलाउनु ? यही कुरा बुवाले भन्नु भयाे । 

केही दिन यसरी नै बिते । बिहेकाे दिन आउन फेरी एक हफ्ता बाँकी थियाे । अवस्था लगभग आधा ठिक आधा बेठिक भएकाे थियाे । एकदिन अस्मीकाे ममीले मलाई कल गरेर अस्मीलाई भगाएर लैजान भन्नु भयाे । अरु केही उपाय थिएन । के भनेर बेहुला पट्टीलाई मनाउन सकिन्थियाे हाेला र मैले पनि यसाे साेचे । सासुले नै भगा भनेपछि मेराे के लाग्थियाे  । दाईलाई भने दाईले पनि त्यसै गर भन्न थाल्याे । अनि आमा बुबालाई राखेर मैले कुरा राखे । अनकनाउदै दुबैले जे ठिक हुन्छ गर नै भन्नु भयाे । लिएस आईज त भन्नु भएन तर न ले पनि भन्नु भएकाे थिएन । साेही अनुसार अस्मीलाई कुरा राखे । उसैकाे ममीले भनेकाे भएर उनले पनि काेअपरेट गरिन अनि दाईले केही पैसा जुटाई दियाे । मैले उसलाई भगाए ।

भाग्नु हाम्राे लागि बस् त्याे बेहुलालाई साईड लाउनु थियाे । हामी त घुम्न निस्कियाै । उसले सँधै लुम्विनी जान मन गर्थिन त्यही भएर हामी सबै भन्दा पहिले त्यही जाने भनेर बिहानै गाडी चड्याै । बिर्तामाेडबाट नारायणघाटकाे टिकट काटेर हामी भाग्याै । अनि त्यहाँबाट लुम्बिनी तिर लाग्याै । अनि लुम्बिनी घुम्न जब हामी त्यहाँ गएका थियाै तब फेरी अर्काे काेईन्सिडेन्ट भयाे । त्याे पुलिस दाई पनि त्यही आएकाे रहेछ । फेमीलि सेल्फी हान्न फाेन उठाएकाे मात्र थियाे मैेले फाेन हाने । दाईले उठए पनि । 
"दाई यता गेट तिर हेर्नु त । " मैले भने ।
उनले हामी तिर हेरे अनि छक्क परे । "हैन के देख्दै छु हाै म याे ? दुबै जना? " उहाँले साेध्नु भयाे ।
हामीले हास्दै जवाफ  दियाै । मैले त्याे दाईलाई मेराे आभारी दिदै अंगालाे हाले । अनि एकछिन पछि हामी उनकाे परिवारसँग भेट्याै । अनि उहाँहरु सँग गफ गाफ परिचय भयाे । त्याे दिन हामी सँगै घुम्याै अनि राति उहाँहरु बसेकै हाेटलमा बस्याै । उनि सँगकाे मेराे पहिलाे रात, अफिसियल्ली हाम्राे हनिमुन यसरी नै भयाे । 
बेलुका ९ः३३मा अस्मीकाे ममीकाे फाेन आयाे । सबै कुरा मिलेछ । बास्तवमा त्याे दिन दुई थाेक टुट्याे । अवस्य पनि दाेस्राे कुरा चँहि बिहे टुटेकाे थियाे । अनि भाेली पल्ट हामी सबै जना चितवन जाने भयाै । त्यहाँबाट घर फर्किने हाम्राे याेजना बनेकाे थियाे । 
--------------------------------------------------------------------------------------


लकडाउन छ हजुर । अफिस नि लागेकाे छैन । बिहान उठ्याे, खाना घिच्याे ,माेवाईल‌ थिच्याे यस्तै छ रुटिन । करिब दिउसाे ३ बजेकाे रहेछ । अचानक कसैले बाेलायाे । "बाबा पानी पर्न लागिसक्याे । धान सुकाएकाे छ बाहिर कस्ताे दिउसै निदाउनु भएकाे ?" मेरी श्रीमतीले मलाई बाेलाईन । म झसङ्ग भए । जुरुक्क उठे । आँखा तिरमिराउदैथियाे । यसाे जिउ तन्काउदै उठे बाहिर पानी चुहिनै लागेकाे रहेछ । जस्ट चितवन ओर्लेकाे मात्र देखेकाे थिए सपनाबाट बिउझि हाले नि । कस्ताे मिठाे सपना देख्दै थिए । त्यैट ... भन्दै धान उठाए ।

कुराे बुझियाे ?
---------------- THE END ----------------