बिहानै उठे । तङ्रिनु अगाडी मनमा त्यही कुरा दाेहाेरीन थाल्याे । कथा सुनुन्जेल जे सुनिए पनि भोलीपल्ट त्यही कुरा सम्झिदा कस्ताे कस्ताे लाग्दाे रहेछ के । खैर ठिकै छ जे हुनु भई हाल्याे अब हुने काम पाे कसरी गर्नु । बिहे हुने पक्का भएकै रहेछ । भाईले केटी हिडाई छाेड्याे अब गर्न केही सकिन्छ जस्ताे लागेकाे थिएन पनि । हुन त न बाउ पट्टी न आमा पट्टीकाे ग्रासकाे लागि के माथा मराउनु भनेर मनमा नआएकाे पनि हैन । तर ICanUnderstand यस्ताे अवस्थामा जाे पर्छ आपत मजैले पर्छ भनेर । त्यसमा मेराे पनि आफ्नै कथा र जुन म पछि सुनाउला । म पनि दुखै पाएकाे मान्छेमा एक हु के । 

उठे अनि पानी पिएर लुगा लगाए अनि मडिङवाककाे लागि तयारी भए । म जति दाैडिदैथिए त्यति नै मेराे मन चञ्चल हुदै थियाे । मेराे मनले किन हाे किन त्याे भाईकाे धेरै नै चिन्ता गरिरहेकाे थियाे । ३० मिनेट रनिङ हानेर म एकछिन बाटाेकाे फलैचामा बेसे । मनकाे चञ्चलताले मलाई सहन नसक्ने गरि चेपेकाे हुनाले म घर पुगेर खाजा खाएर लागे अस्पताल  तिर । म पुगे पछि त्याे भाईकाे काेठा तिर गए । आमाले छाेरालाई चियामा बिस्कुट चाेबेर खुवाईरहेकी थिईन । म एकछिन हेरि रहे र बिस्तारै उनीहरुकाे छेउमा गएर

"कति बेला आउनु भयाे ? जानु भएन कि क्याे घर ?" मैले साेधे ।
"एले भर्खर आएकाे बाबु। जेठाे छाेराेले लिएर आयाे । खाजा खुवाउनलाई घरबाट खिर ल्याईदिएकाे थिए । मनै गरेन खानलाई अनि चिया पाउराेटी खुवाउदै छु ।" जवाफ आयाे ।
"ओहाे खिर पनि नखाएकाे ? किन हाै त्यस्ताे चाहि । मलाई त यसरी आमाले माया गरेर खिर ल्याईदिनु हाे भने त कति मजाले खान्थे हाेला ।" मैले हास्दै भने ।
"खिर मन पर्छ कि क्याओ बाबुलाई? खाने हाे?" मलाई साेध्नु भयाे ।
"मन पर्छ नि । अलि कति चाखुम हाेला हाै । " मैले भने अनि अलिकति चाखे । खिर मिठाे थियाे । मलाई स्वाद भन्दा त्याे खिरमा एक आमाकाे माया, ममता र स्नेह सबै मिसिएर आएझै लागेकाे थियाे । साच्चै कति अचम्मकाे दुनिया छ । जब एउटी आमाले बच्चा जन्माएर मर्छिन नि तब त्याे बच्चालाई हुर्काउन ल्याउने सौतेनी आमाले गरेकाे अत्याचार जुन सुन्नमा आउछ नि त्याे कुरा एक ठाँउमा छ र बहिनीलाई दिएकाे बचन र त्यसलाई जिवन्त राख्न बसाँई नै सरेर आउने, छाेराे बराबरकाे, के बराबर भन्नु कान्छाे छाेराेकाे रुपमा स्वीकार गर्ने ति आमाकाे मनकाे गहिराई समुन्द्र नै हाे भन्दा कुनै फरक पर्दैन । 

म त्याे भाई सँग कुरा कानी गरिन किनकी म चाहन्न थिए कुनै पनि शब्दले उसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पुगाेस । उसकाे आमाले मलाई परिचय गराउनु त भयाे तर मैले उसलाई कस्ताे छ भनेर मात्र साेधे । साथी दिपेश जसले मलाई यहाँ ल्याएकाे थियाे मैले उसलाई कल गरे र उसकाे प्रेमिकाबारे पत्ता लाग्याे कि लागेन भनेर साेधे । उसकाे बारेमा साेधे पछि थाह भयाे कि उसकाे बिहे हुन लागेकाे तर बेहुलाकाे पनि दुर्घटनामा परेर हात भाँचिएकाे रहेछ । अनि केही चाेट लागेकाे रहेछ। २ महिना पछि बिहे गरिदिने भनेर बिहे सरेकाे कुरा थाह भयाे । खै भगवानकाे कृपा भनाै या त्याे बेहुलाकाे ब्याडलक हाे मलाई सही  चान्स पर्याे । म उसकाे प्रेमिकाकाे घर जान तयार भए । मैले केही नभनि त्यहाँ बाट बिदा लिए अनि जाने बेलामा उसकाे आमाकाे माेबाईल नंबर लिएर सेभ गरे । 

जान त गए । उसकाे त्याे गाँउ छिर्ने बेलामा चाैतारामा बाईक राेके अनि साेच्न थाले । अब गएर भन्नु पाे के । कथा सुने अनुसार त भन्न कसरी भन्नु भयाे । ससुरा अनि के के जाति वाला कुरा सुनेर त झन के मान्थे हाेला र भनेर मनमा आयाे । मलाई अगाडी बढ्ने आँट नै आएन । म फर्कीए ।

अलिकति अगाडी गए फेरी मनमा आयाे । यहाँ सम्म त आई नै सके ।मानेका त अहिले पनि छैनन् । बिहे गराउदिन पनि भनेकै छन् मैले पनि कौनसा बिहे गराईदिने कसम खाएकाे छु र एक पल्ट ट्राई हान्दिम न । माने भने पायाे, न माने भाईले केरा खायाे  । मैले अगाडी जाने निर्णय गरे । मनमा एउटा बनावटी कथा सुनाएर पाेपट बनाएर राजी गराै कि जस्ताे पनि भयाे । बेद खुल्न बरु बल लाग्ला भेद खुल्न त गाह्राे हुदैन । अर्काे कुरा मैले आफ्नाे अहाेदा, जागिर र व्यत्तित्व देखी पतन भएर जथावाभी गर्न पनि त मेराे नैतिकताले दिई रहेकाे थिएन नि । म उनीहरुकाे घरमा गए । बाईक राेके अनि साईड लगाए ।

घरमा रङ हानेर चट्क्क पारेकाे रहेछ । फुलवारीमा फुल ढकमक्क फुलिरहेकाे थिए । म सरासर गए । 
"नमस्कार ! कमल घिमिरेकाे घर यहीँ हाे है? " मैले साेधे ।
"हजुर हाे त। कहाँबाट आउनु भएकाे  हाेला हजुर? " उता बाट जवाफ आयाे ।
"हजुरकाे चाहिँ काे पर्नु भयाे ? " मैले साेधे ।
"म उहाँकाे श्रीमती हु। केही काम थियाे कि?" उहाँले भन्न भयाे ।
"उहाँ सँग कुरा गर्नु थियाे बाेलाउनुस न एक पल्ट। एकदमै जरुरी कुरा छ । " मैले भने । मलाई के भन्नु भन्नु भई रहेकाे थियाे । भित्रै देखि अस्पट लागेर आएकाे थियाे तर देखाउन त मिल्ने अवस्थै थिएन । के भनाै भनाै भई रहेकाे थियाे । उहाँ आउनु भयाे । "नमस्कार कमल जी के छ खवर?" मैले साेधे ।
एकछिन कुराकानी भयाे अनि मैले उहाँलाई एकछिन कुरा गर्नु छ भने । अनि हामी बाहिर आँगनमा बसेर गफ गर्न थाल्याै । मेराे नजरले पनि त्यतिबेला त्याे भाईकाे प्रेमिकालाई खाेजि रहेकाे थियाे । यताउता हेर्दै थिए नजर माथिकाे बरन्डामा गयाे ।उनी बाहिर निस्केकाे बेला मैले पुलुक्क देखे । अनि बसेर गफ गर्न थाले । मलाई कुरा ओकल्नु थियाे मैले बिना केही ढिलाई गरेर उनलाई आफ्नाे बारेमा भने । पुलिस अफिसर भनेपछि उनकाे मुख सुरुमा निलाे कालाे भयाे अनि जब मैले आलाेककाे कुरा निकाले तब त्याे बहिनीले पनि सुनिछ क्यार । म कुरा गर्दै उठे अनि यता उता हिडे जस्ताे गरेर हेर्दै थिए । आफुलाई लुकाउदै उनी मेराे कुरा सुनिरहेकी थिईन । 
"हेर्नुस तँपाईले भएकाे कुरा सबै बताईदिनुहाेला। म केवल जान्न आएकाे हु । तँपाईहरु काे के कुरा हाे सबै बताई दिनुहाेला । उसले आत्महत्या गर्ने काेशिस गरेकाे छ । भाेलीकाे दिनमा तँपाईहरुलाई पनि समस्या पर्न सक्छ है । " मै‌ले भने ।
"चिनजान हाे सर‌, मेराे भतिजाेकाे साथी हाे । त्यस्ताे धेरै त थाह छैन ।" उहाँले भन्नु भयाे ।
"हेर्नुस सर, पुलिस जब कसैकाेमा आउछ नि अगाडी केही स्टडी गरेरै आएकाे हुन्छ ।‌ चिनजान हाे कि कति सम्मकाे जान पहिचान हाे त्याे सुनिसकेकाे छु । तै पनि मलाई तँपाईहरुकाे मुखबाट सुन्न मन भएकाेले म यहाँ आएकाे हु । सुरु देखी केही नछुटाई भन्नुस त के हाे कुरा ?" मैले अलि कडा भएर भने ।

यति भने पछि उनी अलि डराए अनि सबै कुरा भने । कुरा सबै सुनेपछि बल्ल मलाई थाह भयाे स्पष्ट कुरा । साच्चै भन्ने हाे भने मलाई बास्तविक कुरा थाह थिएन भन्दा फरक पर्दैन थियाे । "छाेरीकाे बिहे अन्तै गरिदिन लाग्नु भएकाे रहेछ । बेला भएरै हाे कि छ केही कारण?" मैले साेधे ।
"तँपाईलाई भनिहाले त । त्याे भाई र मेराे छाेरीले आपसमा मन पराउछन । बिवाह गर्न मिल्दैन, भाेलीकाे दिनमा तलमाथि नहाेस भनेर याे सब जरुरी भएकाे हाे सर ।" उहाँले भन्नु भयाे ।
"बिहे पछि पनि त तलमाथि हुन सक्छ नि । कि छाेरी जिम्मा लाउने जिम्मेवारी चाहिँ सकि हालाै भएकाे हाे तँपाईकाे?" मैले भने।
 "जुन संस्कारले मैले मेराे छाेरीलाई हुर्काकाे छू नि सर । मलाई कुनै शंका छैन कि उसले त्यस्ताे केही गर्छिन भनेर ।" उहाँले भन्नु भयाे ।
"दिनु भयाे हाेला संस्कार‌ म मान्छु सर । एउटा कुरा भन्नुस त मलाई, गाेत्र फरक हुनु हाे भने त्याे भाईसँग बिहे गर्ने हाे भने तँपाईकाे छाेरीकाे खुशी हुन्छिन कि हुन्नन हाेला?" मैले फेरी साेधे ।
"उसकाे त्याे भन्दा ठुलाे खुशी त के हुन्थियाे हाेला र सर तर भाग्यमा जब नहुनु लेखेर आएकाे छ भने... भाग्यमा हुनेकाे डाेकाेमा दुध अडिन्छ हजुर ।" उहाँले भन्नु भयाे । 
"मतलब तँपाईलाई उसकाे गाेत्रले फरक पारेकाे हाे है? " मैले साेधे ।
"हाे भन्दा फरक पर्दैन सर ।" उहाँले भन्नु भयाे ।
"तँपाईले जुन भाग्यकाे कुरा गर्नुभयाे नि, त्याे भाग्यकाेबारेमा तँपाईलाई के थाह छ हाेला र सर । यदि मैले त्याे भाई तँपाईकाे सगाेत्री हाेईन भने भने के तँपाई उसकाे बिहे छाेरीसँग गर्न सक्नु हुन्छ?" मैले साेधे । मेराे कुरा सुनेर उनी एकछिन साेचमा डुबे अनि भने ।
"तँपाईकाे कुराकाे मतलब के हाे? के मलाई जे स‍ंका लग्दैछ तँपाई त्यही भन्दै हुनु हुन्छ? यदि उ सगाेत्री नहुनु हाे भने पनि अब धेरै ढिला भईसक्याे सर बिहे त उसकाे पक्का अरु तिरै हुने बचन दिईसके मैले ।" उहाँले भन्नु भयाे । 
"म तँपाईलाई अरु केही भन्दिन । छाेरीकाे खुशी र बचनमा के ठुलाे हुन्छ ठन्डा पानी पिउदै साेच्नु हाेला । मलाई तँपाईकाे पत्नि र छाेरीसँग कुरा गर्नु छ उहाँहरुलाई पठाउनु हाेला । हामी बिच के कुरा भयाे त्याे उनीहरुलाई नसुनाउदा हुन्छ । " मैले भने । अनि उहाँ गएर दुई जनालाई पठाउनु भयाे । 

दुई जना आएपछि मैले बस्नु भने । तर एउटालाई त सम्झईयाे तर  यिनीहरुलाई के भन्नु भई रहेकाे थियाे । केही प्रश्नहरु पुरानै साेधे । त्याे भाई मन पर्छ कि पर्दैन भनेर साेधे । दुबैले मन पर्छ भने । आमा पनि एक हिसाबले राजी नै रहिछन तर अन्तिम अन्तिममा भाईले बेहाेरा फुस्काएर बदनाम हुनु परेकाेमा चहिँ गुनासाे रहेछ । 
"मैल तँपाईहरुकाे सबै कुरा बुझे । तँपाईहरुलाई म आज केही यस्ताे कुरा भन्छु कि जुन सुनेर तँपाईहरुले निर्णय लिनु पर्ने हुन्छ । कुरा गम्भिर छ यसलाई मजाक नसम्झिनु हाेला । त्याे भाईका तँपाईकाे छाेरी प्रतिकाे प्रेम देखि हाल्नु भयाे हाेला । संसार त्याग्न सक्छ त्याे भाईले । " मैले भने । 

सबै कुरा जुन बसुन्धरा जीले भन्नु भएकाे थियाे मैले दुबैलाई राखेर भने । मैले सुनाउनजेल उनीहरु कतै दुखी देखिन्थे त कहिले उदास । सबै कुरा भनि सकेर मैले भने । "उर्मिला जी , तँपाई एक नारीले नारीकाे पिडा त अनुभव गर्न सक्नु हुन्छ । यदि छाेरीकाे खुशीकाे लागि हाे भने तँपाईले यिनीहरुलाई मिलाउन काेशिस , काेशिस हैन  सक्दाे सबै थाेक गर्नु पर्ने हुन्छ । के भनेर सक्नु हुन्छ गर्नुस तर तँपाईकाे पति लाई सम्झाउनुस । त्याे भाई तँपाईहरुकाे सगाेत्री हैन । केही सहयाेग गर्नु परे मेराे नम्बर याे हाे ।" मैले लेखेर दिए अनि म त्यहाँबाट उठे । म जादै थिए अचानक त्याे भाईकी प्रेमीका म भए ठाँउमा आईन । 
"सर आलाेकलाई कस्ताे छ अहिले ? " उनले साेधिन्।
"ठिकै छ उसलाई । तिमीलाई भनेर निन्दामा पनि बर्वराउछ । पहिलाे रात उसले बेहाेशी मै पनि 'अस्मी अस्मी' भन्दै बर्वराउदै थियाे " मैले याे पल्ट हल्का गफ पेलेर त्यहाँबाट हिडे । 

काम तमाम गरेर म त्यहाँबाट हिडे । म सिधै घर गए । त्यसपछि म फेरी कतै गईन किनकी मैले गर्ने कुरा गरेर आएकाे थिए । त्यसकाे नतिजा जे पनि हुन सक्थियाे । बिग्रे पनि उसैकाे सप्रे पनि उसैकाे भनेर मैले त्यहाँ चासाे दिईन पनि । परिवारलाई याे पल्ट काठ्मान्डाै लिएर जानु थियाे त्यही भएर मैले टिकट लिए । मेराे दाईलाई छुट्टी मिल्छ कि मिल्दैन भन्ने पिर थियाे तर अन्तयमा छुट्टी मिल्याे पनि । सपरिवार हामी काठ्मान्डाै तिर जान लाग्याै । त्यसपछी पाेखरा जाने हाम्राे याेजना अनुसार ४ दिनकाे यात्रामा हामी निस्कियाै ।

त्याे दिन हामी लुम्बिनीमा थियाै अचानक मलाई फाेन आयाे । Basundhara लेखेकाे नम्बरबाट ।
मैले कल उठाए ।"Hello.."