बिहानै ७ बजेको गाडी चढेर दाजु भाई लागियो गाँउ तिर । करिब ३ घण्टा लाग्छ गाँउ पुग्न त्यही भएर दाजु भाई गाडीको सेकेन्ड अन्तिम सिटमा बस्यौ । एकैछिनमा गाडी खचाखच भरियो। जम्मा ४ ओटा गाडी गाँउ जाने भएकाले प्राय गाडी भिड नै हुन्थियो । गाडी चल्न थाल्यो । दाई हेडसेट लाएर गित सुन्दै बस्न थाल्यो र म एक्लै जस्तो भए । मलाई औडाह लाग्दै थियो । एकछिन ढल्के र आँखा बन्द मात्र के गरेको थिए गाडी खाल्डामा परेर मज्जाले उफ्रियो ।एक पट्ट स्वाट्ट अगाडी अनि डाईरेक पछाडी ठोकियो । एक जना धोति लगाएको, लामो दार्ही भएको,सेतो सर्ट लगाएको ,बुढो मान्छे मेरो पछाडी बसेको र हात मेरो सिटमा राखेको , हातको चोरी औलामा औठी लगाएको हुनाले सप्राईज हुने गरि बेस्सरी टाउके ठोकियो । एक त अचानक गाडी उफ्रिनु अनि पछाडी त्यसरी ठोक्किदा पिलिक्क तोरीको फुल पनि देखे । मलाई लाटो रिस उठयो त्यही भएर मजाले थर्काए । फेरी निदाउने हिम्मत आएन । एसो छामेको टुटुल्कै उठेछ । मलाई उग्र रिस उठि रहेको थियो एक छिनमा अगाडीको सिटबाट एकजना उठेर जाने जस्तो बुझे अनि म त्यतै बसाई सरे । त्यो बुढो तिर हेर्दै नसुन्ने गरि फलाक्दै त्यहाँ बसेको त यसो हेर्छु केटी पो छ छेउमा । "OMG मालामाल भई हालेछ "भन्दै म त्यहाँ बसे ।
बस्न त बसे अब भन्नु पो के । सुरुमा एकलट हेड देखी टेल सम्म हेरे । कालो रङको जामा लगाएकी घाटीमा चाँदीको चेन,रातो लिपिस्टिक हल्का खैरो रङको कपाल अनि ओठको छेउमा दाईने पट्टी सानो कोठी । क्या राम्री रहिछ । उसले म तिर हेरेको पनि थिईन एकछिन पर्खे तर उताबाट वाल नदिएकोले गर्दा म आफै बोल्न थाले । उसलाई काहाँ सम्म जाने भनेर सोधे । उनले जवाफ दिईन । मेरो गाँउ भन्दा ५ किलोमिटर अगाडीको गाँउसम्म रहेछ । बाटो लामै थियो त्यही भएर म गफ हान्ने मुडमा थिए । उ अहिले ११ मा पढ्ने रहेछ । सुरुमा पढाईका कुरा हुन थाले अनि बिस्तारै अरु तिर जान थाले । रमाईलो कुराकानी हुदैथियो । उसको घरबाट फोन आयो र उ बोल्न थालि । म उ तिर हेरी रहेको थिए । उ मलाई बेला बेला हेर्दै बोल्थी अनि परेला उठाउदै के हेरेको भन्ने ईसारा गर्थि । फोन राखी अनि सोधी के हेरेको त्यसरी? म टाउको हल्लाउदै केही हैन भन्ने ईसारा गर्दै हासे । बोल्दा बोल्दै हामी अलि खुलि सकेको थियौ । कुरै कुरामा खै फोन हेरौ न भने । उसले दिई पनि । "मेसेज चाँह हेर्ने हैन नि "उसले भनि । मैले पनि ग्यालेरी निकाले अनि फोटो हेर्न थाले । सेल्फी थुतुनो, दुईटा औलाले V बनाएका फोटा मात्र थिए । अनि फोटो हेर्दै भने ।" साडी चोलोमा त बेहुली देखिएको रहेछ । बेहुलाले के भन्थे नि, देख्ने बितिकै दिवाना भए हाेला है ?" मैले जिस्काउदै भने ।
"अनि मेसेज नहेर्नु भनेको हैन । छ होला नि ।" मैले भने ।
"छैन है छैन कोही ।हामी जस्तालाई कस्ले हेर्छ र ?" उनले भनिन् ।
"के हुन्न थे । लाईन लागेका होलान् नि यस्ती राम्री मान्छेलाई जस्ले नि ट्राई गर्छ होला नि । हामी पो सोझा साझा पर्या । " मैले उसलाई उच्काउदै भने ।
"खै आज सम्म चाहीँ कसैले ट्राई गरेको छैन । थाह छैन है मलाई त ।"उनले भनिन् ।
"यस्ती राम्री छे, अर्कैले पट्यायो होला भनेरै नभनेका होलान नि त ।" मैले भने । उ हाँस्न थालि । एउटा फोटो देखाउदै मैले भने । "यो फोटो क्या दामी रहेछ फेसबुकको प्रोफाएलमा हाल्दिन्छु ल ?" मैले भने । उसले टाउको हल्लादै ल को ईसारा गरिन । मैले रेला रेला गर्दै उसको प्रोफाईमा "His Choice 💖💖 " लेखे अनि उसलाई देखाए । उ मलाई कुट्न खोज्दै फोन खोस्न खोज्दै थिई र मैले उबाट पर लगे । एकछिनमा हामी हाँस्न थाल्यौ । अनि मैले मेरो फेसबुक प्रोफाएल देखाउछु भनेर मेरो खोले अनि रिक्वेस्ट पठाए। बिनिता पाठक उसकाे नाम थियाे । अनि यता उताको कुरा गर्न थाले । "अब त कसैले झनै ट्राई गर्दैन होला नि । प्रोफाईल देखेरै साईड लाग्ने भए है ।" मैले भने । "लागेकै ठिक ।"उसले हाँस्दै भनिन् ।
मलाई के भनौ भनौ भयो । छैन भनौ भन्दा छ । छ भनौ साईड लागिहाल्छ । अनि मुस्कुराउदै भने । "खै के भन्नु र हौ । तिमी जस्ती राम्री अरु कोही बनेकै छैनन् । मलाई त जसले प्रपोज गर्छ त्यसैलाई गर्लफ्रेन्ड बनाउने भन्ने मान्छे परे आफै मिलाएर बुझ है । ल ?" मैले भने ।
कुरा रमाईला हुदै थिए । गाडी खाली खाली हुदै गईसकेकाे थियाे । उसकाे घर पनि आयाे । "जान्छु ल । भरे Facebook मा बाेलाैला ल?" भन्दै उ गई । मलाई रमाईलै भयाे । किनकी गाडीमा बस्दा बाेर भएर बस्नु भन्दा गफ गरेरै आउन पाईयाे । दाई मेराे सिटमा आएर बस्याे अनि मलाई भन्याे । "केहाे केटाे, पुरै गफ हान्दै थिईस त । काहाँ बाट जानिस नि ? पहिले कहिल्यै केटी सँग बाेलेकाे त देख्या दिईन । तेरा नि डाक्लामा पानी चडे जस्ताछन् , के हाे पारा ?"
"हल्का हाे की भारी हाे न सिका मुला मलाई, देख्दै बुझिन्छ नि । " दाईले हाँस्दै भन्याे । मलाई लाज लागेर आयाे । कुरा गर्दै गर्दै जाँदा गाँउ आईपुगियाे । हामी गाडीबाट उत्रियाै र पैदल हिड्न थाल्याै । केही कुरा नगरी पुगियाे। दशैकाे माहाेल थियाे । घरमा धेरै पछि आईएकाे थियाे र कत्ति नाैलाे लागिरहेकाे थियाे । हिजाे काका पनि आईपुग्नु हुनु भएकाे रहेछ । काका र पहिल्यै देखी मिल्थियाै । दाजु खासै काकासँग मिल्दैन थियाे । त्यही भएरै पहिले देखी नै म काका सँग एकदम प्याराे थिए । "कान्छाे, के छ मेराे भतिज?? " काकाले मलाई देखी सक्दा परै बाट कराउनु भयाे । म पनि काका सँग अँगालाे हालेर एक छिन त्यसरी नै कुरा कानी भयाे ।
"तपाँई बिदेश जाँदा देखेकाे मान्छे अहिले त साडे भएकाे छ नि । लु लु कपडा फेरी हाल दुईजानै ले " आमाले भन्नु भयाे ।
कपडा फेरेर खाजा खाईयाे अनि काका र म बेलुका भए पछि गाँउ डुल्न हिड्याै । जेन्स साईकलमा दुई जना चडेर लागियाे बजार तिर । एकछिन बजारतिर घुमियाे अनि हाेटलमा पसियाे ।
"खै कहिल्यै खाएकाे छैन, नखाम हाेला" मैले भने ।
"Beer ले के हुन्छ र , कहिले खानु पर्छ के ।" काकाले भन्नु भयाे । अनि दुई बाेतल बियार र गिलास मगाउनु भयाे ।
"खै खानु र । कहिल्यै खाएकाे छैन । कस्ताे हुन्छ यसकाे टेस्ट ?" मैले साेधे
"कस्ताे हुन्छ, खल्लाे हुन्छ नि । चाखि हेर त औला हालेर" काकाले बियर गिलासमा हाल्दै भन्नु भयाे र मैले त्यसै गरे । अलिकति चाखे खल्लै थियाे । अनि ट्याक्क चियर्स हानेर स्वाट्ट तानेकाे त तिताे काेक खाए जस्ताे भयाे सुरूमा । अचम्म लाग्दाे कुराे के । चाख्दा खल्लाे खाँदा तिताे । काकाकाे फाेन प्राय म सँगै हुन्थियाे । काकाकै भएपनि iphone4 बाेकेर हिड्न पाउदा क्या फिलिङ्स आउथ्याे । काकाकै फाेनबाट Facebook चलाईन्थियाे । अनि यसरी नै बेला बेला अर्चना र हाल बिनितासँग कुराकानी हुन्थे । यतिकै यतिकै काकाकाे पनि छुट्टी तिहार सकेरै सकियाे र काका जाने हुनु भयाे । काकाले जाने बेलामा फाेन मलाई नै दिएर जानु भयाे । दाई खासै काकासँग बाेल्दैन थियाे तर एकै पल्टमा iphone देख्दा दाईलाई हल्का आरिस आरिस पनि नलागेकाे चै हैन । दिनमा एक पल्ट iphone मा यस्ताे हुदैन त्यस्ताे हुदैन भन्दै कुरा ननिकालेकाे हुदैन थियाे । खयर छाेडाै याे कुरा ।
कलेज लाग्न थाल्याे । दाईकाे पनि क्यामपस सुरु हुन थाल्ने भयाे। घर गाँउकाे काेशेली भनेर आमाले २,४ बाेरा सामान हाल्दिनु भयाे । मन पर्ने नपर्ने सबै थाेककाे प्याकेजिङ भएकाे थियाे । काेठामा लिएर गईयाे र हेरियाे गुन्द्रुक, फर्सी त्यस्तै उस्तै थिए ।मन पर्ने पर्ने एक साईड राखियाे र मन नपर्ने अर्काे तिर । अनि गुन्द्रुक झाेलामा हालेर म लागे कमल जी काे तिर । याे पल्ट राम्रै बाहाना थियाे भेट्नलाई । म सरासर गए अनि हुनेवाला सासुलाई भेट्न ।
"के गरिदैछ हाै । के पाक्दै छ हाै भान्सा तिर ।" म भान्सातिर पसे । अस्मि पनि भित्रै रहिछन । फर्सीकाे मुन्टा केलाई रहेकी थिईन । मलाई देखेर छक्क परिन । उनी अचानक हेर्दा हेर्दै राताे भईन तर म उनी तिर ध्यान नदिए जसरी उनकाे ममी सँग बाेल्न थाले ।
"एकदम राम्राे भयाे हजुर । तँपाईहरुकाे कस्ताे भयाे भन्नुन । घरमा कुरै कुरामा रमेश दाईको कुरा आएकाे थियाे । अलिकति घरकाे काेशेली भनेर पठाई दिनु भएकाे थियाे । " यति भन्दै गुन्द्रुककाे पाेकाे दिए ।
"आम्मै नि । कस्ताे खाउ खाउ लागिरहेकाे थियाे बुझेरै ल्याएकाे जस्ताे पाे भयाे हाै । " उहाँले भन्नु भयाे । जे हाेस साईड लाउनु पर्ने कुराले पनि एउटा ईम्प्रेसन बनाउन ठुलै काम गरेकाे देखेर मन मनै त नाच्नु जस्ताे भएकाे थियाे तर कन्ट्राेल गरियाे । अस्मि निहुरिदै मलाई हेर्दै थिईन । बाेलाै बाेलाै त भई रहेकाे थियाे तर नचिने जस्ताे गर्दै म उहाँ सँग नै कुरा गरिरहेकाे थिए ।
"मलाई पनि त्यस्तै हुन्छ हाै । बमिट भएर म त झन सिकिस्तै हुन्छु । नानी दादालाई चिया बनाईदेउ त ।" उहाँले भन्नु भयाे ।
दादा भन्दा म चस्स भएर आएकाे थियाे । उनी म तिर हेर्दै मुस्कुराउदै चिया बसाउन थालिन । अनि सब्जी धुन भनेर उहाँ बाहिर जानु भयाे । म चहिँ बिस्तारै अस्मिकाे पछाडी गएर उनकाे पेटमा दुबै हातले बेरे अनि उनकाे घाँटीामा चुमे । उनी झस्किन अनि मलाई छुटाउन काेशिस गरिन । म चाहिँ उनलाई समाएरै उनकाे ममिसँग कुरा गर्न थाले ।
"ए उहाँ त नानीकाे मावल तिर जानु भएकाे छ हाै । भाईले जग्गाकाे अलिकति काम छ भन्दै थियाे त्यसैकाे लागि जानु भएकाे सायद भरेमात्रै आउने हाेला हाै ।" बाहिरैबाट भन्नु भयाे । अनि उहाँ आउदै गरकाे थाह पाएपछि म फेरी यथा स्थानमा गए। अनि केही नभएकाे जस्ताे गरेर फ्रिज तिर सामान चलाए जसरी बसे । अनि फेरी म अस्मिकाे ममि सँग कुरा गर्न थाले ।
"फर्सीकाे मुन्टा त कति मिठाे लाग्छ हाै मलाई त। तर के गर्नु घरमा गनेर २८ दिन बिसियाे तर जुरेन हाै । याे त घर कै हाेला नि?" मैले साेधे ।
"घर कै हाे नि हाै याे त । अनि आज खाना यतै खाए हुन्न र के जुर्ने नजुर्ने कुराे हु्न्छ र हाै । " उहाँले भन्नु भयाे । यति सुनि सक्दा मलाई YESSSS! भन्न आई हाल्छ । मुखमा आईकेकाे येससस लाई घाटी मै दबाए । अस्मिलाई हेरेकाे आँखाँ ठुला पारेर मलाई हेरि रहेकी थिईन ।
"अनि कि । काकाले नयाँ फाेन ल्याईदिनु भएछ हाै । आउनु फाेटाे खिचाै " मैले भने ।
"एप्पलकाे पाे रछ त हाै । दशै त राम्रै फापेछ त । फाेटाे त दाम्मी आउछ रे त है "उहाँले भन्नु भयाे अनि म उहाँकाे छेउमा गएर फाेटाे खिच्न थाले । अनि उहाँ पनि स्टायल पारि पारी फाेटाे खिच्न थाल्नु भयाे । दाेस्राे पल्ट म त्यहाँ आउदा पनि म उहाँ सँग एकदम खुलि सकेकाे थिए । तर उहाँकाे अगाडी अस्मिसँग बाेल्ने आट चाहीँ आएकै थिएन । खाना खाएरै जाने भए पछि त मलाई के चाहियाे ।
"आज गु्न्द्रुककाे अचार नि बनाम हाेला हाै, कान्छी तिमी प्याज काट त म बनाउछु आज ।" मैले अस्मिसँग बाेल्ने निहु पार्दै भने ।
"ए तिमी बनाउने ? ल ठिक छ आज तिम्राे हातकाे नि खाउ न त कस्ताे बनाउदा रहेछाै । " उहाँले हाँस्दै भन्नु भयाे ।
मैले पनि अलिकति गु्न्द्रुक ढढियाउदै गफ हान्न थाले । अलिकति टायम लाग्ने भएकाेले मैले त्यही माैकामा दाईलाई मेसेज हाले म खाना बाहिरै खान्छु भनेर । अनि मैले पनि अचार बनाए । बेलुका करिब छ बजेकाे थियाे कमल जी पनि आउनु भयाे । म एकदम एक्टिभली काम गरेर ईम्प्रेस गर्दै थिए । अनि कमल जी हात खुट्टा धाेएर आउनु भयाे र एकछिन गफगाफ भयाे । खाना तयार भएकाे हुनाले खाना खाने तयारी सुरु भयाे । अस्मिकाे ममीले खाना पस्किन थाल्नु भयाे र मलाई पनि बस्न भन्नु भयाे । सबै जना बसेपछि म अस्मिकाे छेउमै बस्ने नियतले लास्टमा हात धुन गए अनि अस्मिकाे छेउमा बसे । खाना खान थालियाे र मैले अचार बनाएकाे भनेर एकछिन कुराकानी भयाे । मलाई त लाज लाज लाग्याे ।
"आलाेक खाना चाहिँ मिठाे बनाउछन जस्ताे छ । खै बुढीलाई चै सुखैले राख्ने रहेछन है । " अस्मिकाे ममिले भन्नु भयाे ।सबै जना हाँस्याै । म लजाए जस्ताे गरे । अनि टेबल तल मेराे दाईना खुट्टाले अस्मिलाई चलाईदिए । उनी चाँही खुट्टा पछाडी पछाडी लान्थिन । कुरै कुरामा मैले कुरा निकाले।
"आजकाे काम केे भयाे नि । सबै सकियाे हाेला है ?" मैले भने ।
"ए त्यस्ताे धेरै त केही थिएन जग्गा नाप्न अमिन बाेलाएकाे रहेछ । त्यही यसाे के कसाे गर्छन भनेर गएकाे थिए । लगभग सकियाे काम । " उहाँले भन्नु भयाे ।
मलाई जग्गाकाे बारे केही थाह थिएन त्यसैले बढ्ता बाेलेर ईम्प्रेसन बिगार्न मन लागेन । मन मनै साेचे आज रुममा पुगेर चाहिँ सबै डिटेल बुझ्नु पर्याे भन्दै । अनि खाना खाई सकेर म हात धाेएर भित्र आए यसाे हेरेकाे एउटा.....
0 Comments