ड्युटी सकेर केही दिन छुट्टी मनाउनकाे लागि म घर आएकाे थिए । साथीकाे कल आयाे । म मन नहुदा नहुदै पनि गए । एउटा भाईले हातकाे नसा काटेकाे रहेछ । अलिकति प्रकृया पुराउनै भए पनि गएर बुझेर आईयाे । रगत नपाएर तनाब भएकाेले साथीहरु सँग बुझ्दा साथी मनाेजकाे रगत मिल्ने भयाे मैले कल गरेर बाेलाए । आजकलका केटाकेटीकाे बुद्धि देखेर पनि अचम्म लाग्छ । केटाले केटी र केटीले केटा नपाए आत्माहत्या गर्ने अरे । जिन्दगीमा एक जनाकाे लागि बुबा,आमा, दाजु भाईकाे सबै त्यागेर जान कसरी आउछ अचम्म लाग्छ याे कुराले मलाई । फसादै पर्याे भन्ने साेचेर मैले रगत त खाेजीदिए तर पछि थाह भयाे कि काहानी यस्ताे रहेछ भनेर । सुरुमा रिस पनि उठिरथ्याे  तर जब उसकाे आमालाई देखे  तब खै साह्रै माया लागेर आयाे । छाेराेकाे मायाले हाेला हतार मै आएकी ति बिचरी आमा, खाली खुट्टै थिईन । दया लाग्याे भनाै या माया उनकाे छाेरा प्रतिकाे स्नेहले म उनलाई आफ्नाे आमासँग तुलना गर्न पुगेछु । त्यही भएरै पनि काम सकिए पछी सर्रक्क हिड्न मन लागेन । हतार हतारमै आएका उनीहरु आमा दिउसाे रुङ्ने पालाेमा बस्ने भईन र सबै जना गए पछि मैले खाना खाएकाे छ छैन भनेर साेधे । भाेकै रहेछ मान्छे त्यही भएर खाना ल्याईदिए । 

बिस्तारै उनले मलाई खुलेर कुरा गरिन । एउटा दर्दनाक कथा, र कथा पछाडीकाे अर्काे कथा जसले मलाई एउटा कथालाई पुर्णता दिनकाे लागि बाध्य बनायाे । मानिस एउटा यस्ताे प्राणी हाे जसमा माया, प्रेम, समजदारी, धाेका र अपराध गर्ने कला हुन्छ । 

२०५०साल मंसिर ३ गते बिहिवारकाे दिन उनकाे विवाह भएकाे थियाे । एउटा सम्पन्न परिवारमा उनकाे विवाह हर्षाेउल्लासका साथ सम्पन्न भयाे । उनकाे दुलहा गाँउकाे मुखियाकाे एक्लाे छाेराे , एकदमै पढेलेखेकाे गाँउकाे स्कुलमा सरकारी शिक्षक र त्याे बेलामा माेटर साईकल र घरमा टिभि छ अरे भन्ने कुरा बिहे भन्दा ३ महिना अगाडी देखी चर्चा हुन थालेकाे थियाे रे गाँउमा त्याे बेलामा । कान्छी छाेरीकाे धुमधामका साथ बिहे गरिदिने भनेर परिवारका सबै कुटुम्बहरु भेला भएर गरिदिने बिवाह कस्ताे थियाे हाेला आँफै ईमेजिन गर्नुहाेला । 

मुखियाले आँफै बुहारी छानेर कुरा छिनेकाे, सबैले कुरा गर्थे रे त्याे बेलामा कान्छीकाे भाग्य दह्रै छ भनेर । मुखिनी आमै थला परेकाे पुग नपुग २ बर्ष पुगेपछी घरै नचल्ने भएर मुखिया बा बुहारीकाे खाेजीमा मैदान उत्रेका थिए रे । त्यसैले बिहे ठुलै धुमधाम गरिएकाे थियाे रे । बहुभतेरमा ४ ओटा खसि र १२ ओटा कुखुरा काटेर भाेज दिने परिवारमा छाेरी दिएकाेमा माईतमा पनि बेग्लै सान बढेकाे थियाे रे । घरमा आउनेले मुखमा कान्छीकाे यस्ताे उस्ताे भनेर गुण बखानका चर्चा नभएकाे दिन हुदैन थियाे रे । 

बुहारी भए पछि उनले बिस्तारै घरकाे जिम्मा पाउन थालिछन् । घरकाे राखन धरन, हली गाेठालाकाे खान्ते पिन्ते र ज्याला अनि ब्याजमा लगाएकाे पैसाकाे जिम्मा अलिअलि गर्दै सबै उनलाई लाउन थालेछन । एक हिसाबले घरकाे मालिकनी नै उनै थिईन रे । दिन बित्दै गए पछि बिस्तारै उनकाे पति मदिरामा  डुब्न थाले रे । बिहनै उठ्याे कि रक्सी नभई नहुने गरि नै उनी त्यसरी लिप्त हुन थालेछन । सासु पनि थला परेकी थिईन । घर व्यवहार सबै उनकाे थाप्लाेमा अनि पतिकाे बिग्रिदाे लक्षण र तनावकाे भागिदार हुन उनलाई एक वर्षमात्र लाग्याे रे । हरेक पल्ट सम्झायाे त्यति पल्टै बिग्रिदाे अवस्थाले दिएकाे तनाब अनि अलि अलि गर्दै सासुले नाति नातिनाकाे मुख हेर्ने रहर, रहर बढेर यातना बन्न थाले रे । कति पल्ट त सासुले कुरा गर्दा "खै कहाँबाट बाँझीसँग बिहे भयाे मेराे छाेराेकाे " भन्दै कुरा गरेकाे नि सुन्नु पर्थियाे रे । हुन पनि त हाे नि । एक हिसाबले नाति नातिनाकाे रहर हुनु उनकाे सासुलाई स्वभाभिकै हाे तर उनी एक्लैले पनि त याे कुरा सम्भव थिएन रैछ नि । छाेराकाे ताल त्यस्तै हाे । सबै कुरा, सुख सुविधा, परिवार ,व्यवहार, काराेवार उनलाई एक हिसाबले बाेझ बन्दै गएका थिए रे । 

कुराे त्यस्तै एक दिनकाे थियाे रे असारकाे महिनामा दिउसाे भरी खेताला र खेतीकाे काम गरेर थाकेर आयाे अनि सासुकाे जिउमा मालिस गर्नु पर्ने उनकाे दैनिकी नै थियाे रे । तै पनि कुनै दिन पनि उनले अनवरत सेवा उनले गरिरहेकै थिईन रे । त्याे दिन उनी त्यही निदाएकी थिईन रे । राति ससुराले उनलाई बिउझाएर सुत्न जानु भनेर पठाएका थिए रे । उनी काेठामा गए पछि उनकाे ससुरा पनि उनकाे काेठामा गएर उनी सँग जवरजस्ती गर्ने काेशिस गरेछन । मुख थुनेर उनलाई उनकै काेठामा जवरदस्ती करणी गरेछन । वंश अगाडी बडाउनकाे लागि छाेराे भएकाे र नभएकाे उस्तै भयाे भन्दै उनलाई त्याे रात जवरदस्ती बलात्कार भएछ उनकाे । 

आफ्नै घर उनकाे लागि अन्त्यमा नर्क बन्न पुगेछ उनकाे लागि । "याे कुरा बाहिर कतै नगएस ।तैले याे घरकाे उत्तरअधिकारीलाई जन्माउनै पर्छ, तेराे कर्तव्य हाे । " यस्ताे धम्कीले उनलाई पटक पटक याैन शाेषण गरिएछ । ति विचरीकाे पनि के गरून । पतिलाई याे कुरा भन्नै मिलेन । बाहिर कसलाई भन्न सक्नु? घरमा काेही नहाेस त ससुराले उनलाई खेलाैना बनाएका छन । माईत जाउन के भन्दै जाउन । उनी हरेक दिन मरे बराबरकाे जिन्दगी बाँच्न बाध्य थिईन  रे । केही महिनामा उनी गर्भवती भएकाे कुरा उनलाई थाह भएछ । एकदम हर्षाेउल्लास साथ उनकाे गाेदभराई गरिएकाे थियाे रे तर हरेक कुराले उनलाई तनाव र यातना बाहेक केही दिएकाे थिएन रे । सबै देखावटी हाँसाे, खुशी र उल्लासमा उनकाे त्याे जिन्दगीकाे अनुभव अवस्य पनि तितै थियाे हाेला । 

असाेज ११ गतेकाे दिन उनकाे सासु पनि बितिछन । नाति नातिना खेलाउने उनकाे रहर पुरा हुनै नपाई उनी संसार छाेडेर गईछन । काज किरिया सकेर महिना दिन पुग्न मात्र आटेकाे रहेछ । उनकाे ससुराले उनलाई चाैथाे महिना चल्दा सम्म पनि शाेषण गर्न छाेडेनछन । उनी हरेक कुरा सहन बाध्य थिईन । उनले धेरै साेचिछन । धेरै साेचेर उनी त्याे परिवार त्यागेर जाने कसम खाएर त्यहाँबाट राति भागेर उनी दिदीकाेमा गईछन । 

उनकाे दिदी जसले भागेर क्षत्रीसँग  गरेकाे भनेर उनलाई कहिल्यै माईत बाेलाईएकाे थिएन रे । कसैले उनलाई बिहे गरेर पछि फेरी साेधी खाेजी गरेन रे  र उनी आफ्नै परिवारमा बसेकी थिईन रे । राति उनी घरबाट त्यसरी आएकाेमा उनलाई सुरुमा त श्रीमानले नै खेदाए हाेला भनेर धेरै केही साेधि खाेजी गरिएन छ । तर एक दिन जब उनलाई खाेज्दै उनकाे ससुराले लिन आएका थिए त्याे दिन उनले दिदीलाई सबै हर्कत सुनाएर ति ससुरालाई आईन्दा यता नआउन भनेर उनकाे दिदी भिनाजुले खेदाएछन । करिब ४ पल्ट सम्म उनकाे ससुराले उनलाई लैजानकाे लागि अनेक प्रलाेभन लिएर आएका थिए रे तर उनकाे दिदी भिनाजुले उनलाई कतै जानु पर्दैन भनेर त्यही राखेछन ।  अन्त्यमा त्याे दिन पनि आएछ जब उनले एक छाेरालाई जन्म दिईन । 

लाख काेसिस गर्दा पनि फिर्ता लान नसकेकाे बुहारीलाई बदनाम गर्दै अनेक भएनभएकाे आराेप लगाएर उनलाई बदनाम गर्न थालेछन् । माईति पट्टी पनि "दुबै छाेरीहरु अल्छिनीहरु जन्मेछन" भन्दै गुनासाे गर्थे र बुबा आमाहरु । कथा केहाे , कुन अबस्थाबाट गुज्रिएकाे छ त्याे कसलाई मतलब छ र यहाँ ।यहाँ त जाे दिख्ता है त्यही विक्ता है । यही त छ नि नियम । मुखिनी आमैकाे वर्ष दिनकाे काम सकेर मुखिया बा ले फेरी अर्की बुहारी भित्राएछन । गाँउ भरि उनलाई गरेकाे बदनामीले उनलाई यति बिवस बनायाे कि उनले कुनै बाटाे देखिनन् । एउटा काजगमा सानाे सन्देश लेखेर उनले आफ्नाे छाेरा जिम्मा लाएर राति खेतकाे बिचमा कदमकाे रुखमा झुन्डिएर संसार त्यागिछन । 

त्याे दिन देखी त्याे सानाे बालक बसुन्धराकाे छाेराे बन्न पुग्याे र उसकाे नाम‌, कुल  सबै थाेक बदलियाे । बहिनीकाे अन्त्येष्टि गरेर सबै काम उनीहरुले नै गरेर उनीहरु बसाई सरेर पश्चिम देखी धेरै पुर्व लागेर अहिलेकाे ठाँउमा बसाई आएका थिए रे । त्यही बालक हाे आलाेक । जाे जातमा ब्राम्हण, गाेत्रमा अत्रि र थर मा मिश्र थियाे तर उसकाे अवस्थाले उसलाई विष्ट, क्षेत्री र काश्यप बनाएकाे थियाे ।