म अस्पतालमा पुगे । केशब बाहिर डाक्टरसँग कुरा गरिरहेकाे थियाे । म दौडिदै गए अनि सोधे "भाई कता छ? कस्ताे छ उसलाई ?" आशु बगिरहेका थिए र मन हतारिदै थियाे मेराे । आलाेककाे घटना जब मैले सुने तब मलाई मन थाम्न गाह्राे भयाे र म तुरुन्तै आएकाे थिए । म अगाडी अगाडी आए अनि केही पैसा खाेजेर मेराे श्रीमान पनि आउनु भयाे । म त्यहाँ पुग्दा आलाेक अचेत नै थियाे । डाक्टरसँग कुरा बुझ्दा उसकाे रगत धेरै बगेकाे हुनाले रगत खाेज्नु पर्ने भयाे । O"-VE" रगत धेरै कम मात्र पाईने रहेछ तर हामीसँग समय कम्ति थियाे । रगत कसै गरि पनि खाेज्नु पर्ने तर अफसाेच हामी कसै सँग पनि रगत उ सँग नमिल्ने भयाे । परिवारमा सबैकाे रगत जाँच गरियाे । कसैसँग नमिल्ने रगत । सम्झिदा पनि कहाली लागेर आयाे । कतै बुझ्दा पनि रगत छ भन्दैनन् । ब्लड बैङ्कमा फाेन गर्दा भर्खरै एकजनालाई चाहिएर लगिसके भन्छन त कुनैले छैन भन्छन । मेराे छाेराेकाे भाग्य। "के गरिस आलाेक तैले ?" मैले रुदै रूदै बरबराउन थालेछु । ढाेका बाहिरबाट यसाे हेरे सुति रहेकाे थियो बिचरा । चाहे जति नै ठूलाे समस्या परेपनि सँधै हासिरहने मेराे छाेराेकाे याे हाल देख्दा मन चुडिएर आउदाे रहेछ । अन्तिम पल्ट फाेनमा कुरा गर्दा उसलाई मैले गाली गरेकाे थिए तर याे दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेकाे थिईन । बिचरा मेराे छाेराे मेराे आलाेक... म उसलाई हेर्दै भकान्निएर आउदै थिए ।
"बसुन्धरा बिष्ट हजुर हाे?" कसैले मलाई पछाडी बाट आवाज आयाे । आँशु पुछ्दै म पछाडी फर्किए ।
"हजुर मै हु । " मैले भने ।
" महेश सरले फाेन गर्नु भएकाे थियाे । हजुरकाे छाेरालाई रगत चाहिएकाे थियाे रे । रगत दिनलाई आएकाे म ।" उहाँले भन्नु भयाे ।
"हजुर । कहाँ देखी आउनु भएकाे हाेला? लाैन मेराे छाेराेलाई बचाईदिनु पर्याे बाबु .." मैले रूदै भने ।
"म माेरङबाट आएकाे । मेराे साथी महेश जी ले रगत चाहिएकाे छ, अर्जेन्ट भनेर भन्नु हुदै थियाे । " ति अन्जान मानिसले भने ।
उनले फाेन गरे र एकछिन पछि एक जना मानिस त्यहाँ आए । उनकाे नाम महेश रहेछ । गाेराे, हसिलाे र उज्यालाे मुहार भएकाे त्याे मानिस साच्चै मेराे लागि देउता नै बनेर आएका थिए । उनी त्याे मानिसकाे छेउमा आए अनि रगत निकाल्नकाे लागि जाने तयारी गर्न थाले । उसलाई जाँदै गर्नु भनेर म भएकाे ठाँउमा आए।
"बाबु हजुरले मेराे छाेराकाे लागि ठूलाे गुन लगाईदिनु भएकाे छ । तँपाईलाई के भनेर धन्यवाद गराै बाबु । साँची बाबु काहाँ देखी हुनुहुन्छ ? " मैले साेधे।
"के गुनकाे कुरा भयाे र हाै । हजुरहरुलाई समस्या परेकाे रहेछ त्यही देखेर सानाे सहयाेग मात्र त हाे नि। समस्या पर्दाकाे सहयाेग बुझ्नु न ।" उनले मुस्कुराउदै भने । "म त छुट्टीमा घर आएकाे थिए । हस्पिटलकाे मेनेज्मेन्टबाट साथीले कल गरेकाे थियाे । रगत कतै पाईएन भन्ने सुनेर साथीलाई बुझ्दा यहाँ आईयाे हाै ।" उनले भने । न नाता न केही सम्बन्ध मानिसहरुमा एउटा हुदाे रहेछ केही खास कुरा जसलाई मानवता भनिन्छ ।सायद यसैलाई भन्छ हाेला।
"कस्ताे छ अहिले हजुरकाे छाेरालाई ?" उनले साेधे ।
"खै, हाेस आएकाे छैन रे । १२ नम्बर काेठामा छ ।" मैले भने।
"परिवारमा कस्ताे कसै सँग नमिलेकाे है ? गाह्राे हुन्छ नि हाै । साची के भएर यस्ताे भयाे ?" उनले साेधे ।
सुरुमा अनकनाउदै भन्न खाेजिन तर बिस्तारै कुराकानी मै उ आफ्नै जस्ताे लागेर आयाे । कुरै कुरामा उसकाे कुरा मैले सबै भनि दिए । हामी आए पछी केशब ड्युटीकाे लागि जाने भयाे । अस्पतालमा म र बुबा थियाै । घरमा सबै लठिभद्र थियाे । डाक्टरलाई साेध्दा आज चाँहि बस्नै पर्छ भन्ने कुरा आयाे । त्यही भएर बुबा सामान लिन र घर तिर बस्तु भाउ हेर्नलाई जाने हुनु भयाे । औषधीहरु सबैकाे व्यवस्था मिलाएर भरे आउने भन्दै मलाई अस्पतालमा राखेर बुबा जानुभयाे । त्यतिन्जेल महेश जी पनि त्यहि हुनुहुन्थियाे ।
"अनि खाना खानु भयाे त हजुरले ? " उनले साेधे ।
"छैन नि । अब खानु पर्ला । अघि सम्म त केहीकाे चाजाे पाजाे नमिलेर मर्नु जतिकै भएकाे थियाे । बल्ल त आाराम भयाे ।" मैले भने ।
उनी मुस्कुराए । अनि एकैछिन ल भन्दै उनी फाेनमा कुरा गर्दै त्यहाँबाट हिडे ।
म एकटकले आलाेकलाई हेरी रहेकाे थिए । डाक्टर आए अनि चेकअफ गर्न काेठामा छिरे । म पनि भित्र गए । सर्सर्ति हेरे अनि जाचेर केही कुरा नर्सलाई भन्न थाले । सायद उनीहरुकाे केही टेक्निकल कुराकानी थियाे हाेला। कुरा गरिसकेर मलाई भन्न थाले । "नसामा कट लागेकाे छ । केही दिन चाँही अलिक गाह्रै हुन्छ । भाेलि डिस्चार्ज गर्दा हुन्छ । " उनले भने अनि हिडिहाले ।
म छेउमा गए । आलाेक निदाईरहेकाे थियाे । उठाउन मन लागेन म बाहिर गए र बसे । महेश जी मलाई खाेज्दै रहेछन । मेराे लागि खाना लिएर आएका रहेछन । "पर्दैन थियाे नि बाबु किन दुःख गर्नु भएकाे ? " मैले भने ।
"के दुःख र हाै । भोकै बस्नु भयाे भने फेरी छाेराे निकाे हुदाँ हजुरलाई ननिकाे हाेला नि त फेरी । लाै खाना सेलाउछ । खाई हाल्नुस । म एक छिन पर्खिउला यता " उनले भने ।
खैर ठिकै छ । म पनि खाना खान गए । बाहिर फार्मासी नजिकै छाता र टेबल राखेकाे रहेछ त्यही बसेर खाना खाए । खाना खाउन्जेल एक मनमा आयाे । आखिर याे मान्छेले यत्राे सबै किन गर्दै छ? एक अन्जान मानिसकाे लागि उसले यत्राे सबै गर्नुकाे कारण केहाे भनेर मनमा संका पलाउन थाल्याे। खाना खाईसकेपछि म गए । अनि कुरा कुरा मै मैले साेधे जुन कुरा मेराे मनमा आएकाे थियाे । कुरा बुझ्दै जाँदा थाह भयाे । उनी बास्तवमा पुलिस रहेछन र हाल छुट्टिमा रहेकाले गर्दा साथी सँग आएका र गफ गर्नै भनेर बसेकाे रहेछन । तर मलाई त्याे कुराले केही आपत्ती थिएन किनकी उनी म सँग कुनै पुलिस नभएर एक नातेदारकै रुपमा प्रस्तुत भएका थिए ।
सगाेत्री, अस्मी सबै कुरा मैले भनि सकेकाे थिए तर मलाई मनमा एउटा गाँठाेले गहिरै पिराेलेकाे थियाे । मनले त कसैलाई नभन्नु भएकाे थियाे तर मैले त्याे कुरा घर बाहिर कसैलाई यदि भनेकाे थिए भने त्याे बस् महेश लाई भनेकाे थिए । उनले सबै कुरा सुनि दिए र मलाई एक खालकाे हलुङाे महसुस त भयाे तर पनि मैले गर्न सक्ने कुरा केही थिएन । याे कथाकाे अनत्य शायद त्यसरी नै हुन्थियाे हाेला जसमा एक प्रेमी र प्रेमीकाकाे बिछाेड हुन्थियाे र कथा बियाेगान्त हुन्थियाे हाेला । तर कथा पुरा भयाे र कथाकाे अनत्य महेश जी बाटै भयाे । आलाेक र अस्मीकाे विवाह ।
0 Comments