बिहानै आँखा खुल्याे तर उठ्ने मन र आँट दुबै थिएन । दाई कति बेला ड्युटी जान्छ र उठ्नु भई रहेकाे थियाे । हिजाेकाे तमासा सम्झिदा लाज नि लाग्छ । अस्मिले ठिक गरिन जस्ताे नि लाग्छ । तर मैले पनि ठिक त गरेकाे थिईन र यहि कुराले अलिकति ग्लानि पनि हुदै त थियाे । फाेन निकाले अनि कल गरे । धेरै हिम्मत जुटाए अनि अस्मिकाे ममीलाई कल गरे । फाेन गयाे तर उठेन । लगातार चाैथाे पल्ट कल गरे तर अह फाेन उठेन । फेरी काेशिस गरे तर याे पल्ट फाेन स्विच अफ भन्याे । मलाई फेरी रिस उठ्याे । फाेन साेन फुटाईदिनु जस्ताे भएर आएकाे थियाे तर कुरा यस्ताे हाे क्या । रिसकाे पनि एक किसिमकाे भेल्यु हुदाे रहेछ क्या। नाेकिया फाेकिया भए रिसकाे चटाराेमा झटाराे जान बेर नि लाग्दैन थियाे हाेला । तर iPhone पर्याे नसकिदाे रहेछ ।

गुगल खाेले अनि सर्च गरे । सगाेत्री के हाे भनेर बुझन मन लाग्याे । साेधी,खाेजि अध्ययन र अनुसन्धानबाट कुराे छर्लङ्ग भयाे । सगाेत्री हुनु भनेकाे मेराे प्रेम कथामा लाग्ने फुल स्टप रहेछ । केस अनि केस माथिका केसकाे स्टडी गरे । नेपाल र ईन्डियामा बिशेष गरेर हाम्राे आसपास याे कुरामा विहे नसम्भव नै रहेछ । सुरुमा यसाे बुझे धार्मिक कुरा मेराे लागि मार्मिक बन्दियाे । चल्दैन त अब गर्नु के ? सायद यहि अवस्थाकाे लागि एउटा गित बनेकाे हाेला । न बिर्सिए तिमीलाई, न पाए तिमीलाई.... फिल अलिक आएन यसलाई हल्का माेडिफाई हान्दिउ ।

न Get तिमीलाई..
न Forget तिमीलाई.... हाे.....
न Get तिमीलाई..
न Forget तिमीलाई....
बिना Reason दिल मा Decorate तिमीलाई ।

BUT... ये दिल है कि मानता नही

फेरी गुगल हाने । आफु त BSC हाे नि । थोडी बिज्ञानकाे अगाडी यस्ताे कुराले राेक्छ र? यही साेचेर मैले रिसर्च गर्न थाले । थेसिस नै लेख्ने गरि मलाई स्टडी गर्न मन लागेर आयाे । मलाई तर्कहरु भेला गर्नु थियाे किनकी म कुनै पनि मुल्यमा अस्मि गुमाउन चाहन्न थिए । मैले सुरुमा सर्च गरे । Wikipedia मा हेरे पहिला । सिधै लेखेकाे थियाे कि "नेपालीहरुमा सगोत्रीमा बिहे गर्ने चलन छैन ।" नपत्याए हेर्नुहाेला आफै । कुरा चित्त बुझेन मलाई मैले फेरी सर्च गरे । अनेक अनुसन्धानबाट कुराे यस्ताे पत्ता लाग्याे कि सगाेत्रीहरूकाे DNA मा धेरै सिमिलारिटीहरु हुने र त्यसमा हुने रिलेसनले जिनेटीकल्ली नै असर गर्ने भन्ने कुरा एक हैन एक सय ओटा Artical भेटिए । म निरास भए । म पुरै बरबादै भए । किनकी मेराे अब सर्वस्व नै लुटीएर आएकाे थियाे । मलाई अघि सम्म पनि यति खिन्न लागेकाे थिएन । अब मेराे याे संसारमा केही रहेन । म बरबाद भए । म लुटिए । एकदम स्याड स्याड गित मनमा बज्न थाले ।


मनले मान्दै मान्दैन थियाे । उसकाे घर जाने बाटाे हिजै मात्र मेटिएकाे थियाे । फ्रेस मुडमा जाने हिम्मत र नैतिकता दुबैले दिएकै थिएन । दाई स्कुल पढाउने ड्युटीमा बिजि । बिहानै देखी ट्युसन जान्थियाे र एकै पल्ट राति आउन थालेकाे थियाे । यसाे गाेजिमा हेरे पाँच सय रहेछ । लिएर गए गंगा दिदीकाे हाेटेल तिर । जब दुखाई गाँउले हुन्छ नि गाईच तब देशी माल‌ले निकाे हुन्छ भनेकाे सुनेकाे थिए त्यही भएर कम्तीमा कडा लाग्ने भनेर मगाए काेदाेकाे देशी औषधी। एक पल्ट खाए । तिताे भयाे । एकछिनमा मासु आयाे । फेरी खाए । अलिक चिल भयाे ।अनि फुल चार्ज भए पछि पैसा दिए अनि गुट्का खादै लरबरिदै गए अस्मिकाे घरमा ।

म सरासर भित्र गए । काेही थिएन । अस्मि भित्र सुतिरहेकी थिईन । म गए भित्र । चुकुल लगाए ।
"ममी मलाई डिस्टर्व नगर्नुस त" उनले मतिर नहेरी भनिन।

म केही बाेलिन । एकछिन उभिई रहे । उनले म तिर हेरीन । जुरुक्क उठिन अनि साेधिन ।
"किन आउनु भएकाे तँपाई? "

"लिन आएकाे तिमीलाई .. " मैले भने ।

"कस्ताे लिन आउनु भएकाे ? के काे लागि लिन आउनु भएकाे ?" उनले साेधिन ।

"तिमीलाई स्वास्नी बनाउनलाई लिएर जान आएकाे । किन आउथे नत्र?" मैले भने ।

"कुरा बुझ्नु न हाै । याे हुन सक्दैन । फेरी पिएर आउनु भएकाे हाे तँपाईले? गई हाल्नुस त तँपाई । तँपाई र मेराे बिच जे जति भयाे भयाे अब अरु केही हुन सक्दैन । " उनले भनिन।

"माया गर्छाै कि गर्दैनाै मलाई ?" मैले साेधे

उनले केही बाेलिनन्

"अस्मि भागाै न हामी । छाेड्देउ सबै कुरा म तिमी बिना बाँच्न सक्दिन । म तिमी बिना अरु कसैकाे बारेमा साेच्न नि सक्दिन । प्लिज तिमी म बाट टाँढिन नखाेज न । तिमी छैनाै भने मलाई याे संसारमा केही चाहिदैन । अस्मी प्लिज " मैले उनलाई समाते र भने ।

"मैले अगाडी नै भनेकाे थिए । ममी बाबाकाे मर्जिबिना म केही गर्दिन भनेर । तँपाई किन जिद्दि गर्नु हुन्छ? ममी बाबा मान्नु हुन्न के । हाम्राे बिहे हुनै सक्दैन ।" उनले भनिनि।

"मान्नु हुन्छ के । हामी भागाै न किन मान्नु हुन्न त्यस पछी ?" मैले फकाउदै भने ।

"सगाेत्रीहरु भागे पनि बिहे स्विकार हुदैन । याे सब कुरा तँपाई साेच्दै नसाेच्नुस ।" उनले भनिन

"हाम्राे बच्चा हुने भयाे भने चहीँ स्विकार भई हाल्छ नि ।" मैले भने ।

"छिः त्यसताे सम्म गिरेर त के बाँच्नु । नाई हुदैन ।कि तँपाईलाई त्यही कुरा चाहिएकाे हाे म बाट? बरु म तँपाईसँग गर्न तयार छु तर त्यस पछि बिर्सिदिनुस तँपाई मलाई । म ममि बाबालाई चित्त दुखाएर म तँपाई सँग खुसी हुन सक्दिन ।" यति सुनेपछि मलाई एक दम पिडा भएर आयाे । किनकी मैले कहिल्यै पनि उसलाई त्यस्ताे साेचेकाे थिईन ।

"तिमी सँग गर्नै नपाएर यति सब गरेकाे जस्ताे लाग्याे तिमीलाई । के भन्न खाेजेकाे तिमीले ? म माया गर्छु तिमीलाई अनि कुरा बुझ तिमी एक हप्ता लिउ,साेच, फकाउ कसरी हुन्छ तिमी म सँग भागेरै हुन्छ कि कसरी हुन्छ बिहेकाे लागि रेडी हाेउ । यदी सक्दैनाौ भने बिर्सिदेउ मलाई, यदि तिम्राे जवाफ NO हाे भने मलाई बाँच्नु छैन । त्यसकाे लागि तिम्राे कसम अस्मि आठाै दिनमा म मरेकाे पाउने छाै ।बुझ्याै ? " यति भनेर म बाहिर निस्के ।

सरासर जाँदै थिए मेराे भेट उसकाे बुबा सँग भयाे । उनले मलाई देखी सक्दा मेराे कलरमा समातेर मलाई बाहिर निकाल्नु भयाे । "जाँड खादै तमासा गर्न तैले मेरै घर भेटिस ? कस्ताे चहिँ अपराधी निस्किस तँ ? गरि खान नदिने भईस हैन हामीलाई । निस्किहाल यहाँबाट । आईन्दा यता आउने हिम्मत नगर हेर । म मारिदिन्छु तँलाई । मलाई त्यति सम्म बाध्य न बना त। " उहाँले भन्नु भयाे र गेट बाहिर लगेर धकेल्नु भयाे । म लडे र उठे अनि कपडा टक्कटकाउदै भने । "मर्नु र बाँच्नुमा त्यत्राे मतलब भए छाेरी दिए भई हालाे नि । मर्न त उसकाे लागि अहिल्यै पनि तयार छु त । कि त मारीहाले नि भयाे त। यति साराे बेईज्त के काे लागि गरेकाे? सिधा कुरा .. छाेरी दिने भए देउ नत्र भगाएर लान्छु ।"मैले भने ।

भनि नसक्दै मलाई थप्पडकाे बर्षा भयाे । पल्लाे घरकाे दाईले आएर मलाई बचाए र मलाई त्यहाँबाट खेदाए । बेलुका दाई आए पछि मलाई दाईले केही भन्नु भएन । "ला घरमा कुरा गर ममि बाेल्दै हुनुहुन्छ ।" दाईले भन्नु भयाे । ममिले के भन्नु भयाे हाेला आँफै ईमेजिन गर्नुस ल। पेट भरीकाे गाली खाईयाे । उताबाट आउदै त थियाे तर मैले फाेन काटे अनि दाईकाे खाटमा थप्काईदिए ।

दाई बाथरुमबाट निस्किएर भन्नु भयाे । "तेराे तमासा धेरै भएछ भाई । तैले लिमिट नै ताेडिसकिछस । मेराे कुरा ध्यान दिएर सुन । अस्मिकाे घर गएकाे थिए आज। अघि उसकाे घरमा तैले दिउसाे तमासा गरिछस । बेलुका उसकाे बिहेकाे कुरा पक्का भयाे । उसाे अब एक हप्तामा बिहे छ अब। तँ पनि कुरा बुझ, बिर्सिदे उसलाई अब । अनि उसकाे बिहे अगाडी फेरी तमासा बनाउने चहिँ सपनामा पनि नसाेच। बुझिस?" दाईले भन्याे ।

म केही बाेलिन। म बेडमा केही बेर पल्टिए । खाना खान दाईले बाेलायाे तर म उठिन। उसले खाई सकेर उ भाँडा माझ्न बाहिर गयाे ।ममीकाे फाेनकाे कुराले मलाई धेरै नै घाेचिरहेकाे थियाे । मलाई के गराै के गराै भई रहेकाे थियाे । अनि साेच्न थाले ।

हाम्राे जात पनि सेम..
हाम्राे उमेर पनि सेम..
हाम्राे पढाई पनि सेम..
हाम्राे मन पनि सेम..
साला.. हाम्राे गाेत्र पनि सेम, डिएनए पनि सेम, बल्ड पनि सेम ..

यही ब्लड हैन जसले गर्दा मैले अस्मि पाउन सकिन? मलाई याे ब्ल्ड नै चाहिन्न भनेर मैले चक्कु लिए अनि देब्रे हातकाे नाडीमा च्वाट्ट पारे। मलाई पिडा त्यसले के दियाे हाेला जति परिस्थितिले दिएकाे थियाे । म केही बेरमै रगतम्बे भए र अलि अलि गर्दै सबै थाेक मधुराे देख्न थाले। तन्ना सबै भिजेछ क्यार ढाड तिर ताताे भिजेर आयाे । चक्कु हाँत बाट खस्याे र तल थालमा ठाेकिएर आवाज आयाे । एकछिनमा दाईले बाेलायाे । "आलाेक .. आलाेक.. सिट .. मेराे भाई के गरिस तैले याे ?" हाई भाेल्युम बाट लाे लाे हुदै हुदै म अचेत भए । मलाई भिजेकाे जस्ताे हुदै थियाे । माथिकाे सिलिङ हेर्दा हेर्दै धमिलाे धमिलाे हुँदै गयाे । सबै अध्याराे भएर आयाे अनि के भयाे मलाई केही याद छैन । त्याे दिनकाे याद मलाई यही सम्म छ ।