अनि खाना खाई सकेर म हात धाेएर भित्र आए यसाे हेरेकाे एउटा.....

सानाे कागजमा मैले मेराे नम्बर दिएर त्यहाँबाट हिडे । अनि मैले मेराे हुनेवाला ससुरासँग कुराकानी मिलाउनकाे लागि पुराना पुराना तुलसी घिमिरेले बनाएका फिलिम हेर्न थाले । आफुलाई उहाँ कै भाकामा ठाल्नकै लागि गाेरखापत्र र कान्तिपुर पनि हेर्न थाले । समसामहिक घटना तथा समाचारमा पनि आर्थिक समाचार, बिहान बिहान कान्तिपुर एफएमएममा भक्तिसन्देश । गितमा नारायण गाेपाल देखी नातिकाजीका गित तथा गजलहरु खाेजि खाेजी हेर्न थाले अनि बेला माैकामा गएर गफ पेल्न थाले ।करिब ४ दिन सम्म म कहिले मडिङवाक गर्ने निहुमा धाए र अस्मिलाई फाेन गर्ने ईसारा गर्थे तर आएकाे चाहिँ थिएन । हरेक दिन त्यसरी  नै धाउन पनि मलाई भित्रैबाट के भन्लान भन्ने पिर पर्थियाे । त्यस पछि म २ दिन त्यता गईन । शनिवारकाे दिन चहिँ म मन्दिर गए किनकी मलाई थाह थियाे कि ससुरा सुड्डा मन्दिर जान्छन भनेर । मलाई मन्दिरका देउता भन्दा मन्दिर जाने मान्छे पटाउनु पर्ने थियाे । एकछिन चेब्राई पारेर कुरा गर्दै कुरा गर्दै म गेट सम्मसँगै गए । दर्शन र साहित्यकाे कुराकानीमा उहाँकाे अलि बडी नै चाख थियाे त्यसैले त्यहाँ सम्म पुग्दा नसकिने कुरा जानि जानि निकाले । उहाँकाे मनाेबिज्ञान बुझ्न मलाई गाह्राे थिएन र त्यही गफ क्नटिनिउ गर्नै भए पनि उहाँले मलाई घर जाै भन्नु भयाे जुन म सुन्नैकाे लागि गफ निकालेकाे थिए । गफ हान्दै हान्दै हामी घर पुग्याै । अनि त्यही ठाँउमा बसे जहाँ म पहिलाे पल्ट आउदा बसेकाे थिए ।

यसाे भित्र बिचार गरेकाे सासु (हुनेवाला) भित्रै हुनुहुन्थियाे । म भित्र गए अनि पछाडीबाट ‌आँखाँ छाेपिदिए । मलाई त्यसपछि आफैलाई कस्ताे कस्ताे लाग्याे । मैले के गरेकाे हाेला भनेर ।

 मैले त्यसाे गरेपछि उहाँले भन्नु भयाे । "काेहाे हाै मेराे आँखा छाेप्ने ?"  
मैले आवाज बदल्दै भने "लाै चिन्नु त म काे हाे भनेर । "
"खै चिनिन हाै । बाेली नै बद्लेर बाेले पछि काहाँबाट चिन्नु । " उहाँले हात हटाउदै भन्नु भयाे । "ए आलाेक पाे रैछाै त। म त कस्ले छाेप्याे भन्छु नि । " 

"कमल सरले छाेप्नु हुन्थ्याे हाेला अरु बेला आज त काे हाे काे हाे भयाे हाेला है ?" मैले जिस्काउदै भने ।
"के काे उहाँले गर्नु नि यस्ताे । जवानी मै पनि कहिल्यै गर्नु भएन अब त बुडेशकाल लागि गयाे नि बाबु " उहाँले हाँस्दै भन्नु भयाे।

मलाई पनि यही माैका थियाे बाेल्ने धेरै  नसाेचि भनि हाले । "अलि ज्यान घटाउने हाे भने त बुढेशकाल के काे हुन्थयाे । जवानी नै जवानी हाे नि । बिहान बिहान यसाे हल्का अब एक्सर्साईज हान्ने हाे नि । " मैले भने ।

"खै हाै बाबु बिहान बिहान गराै त भन्याे नि तर के गर्नु के ले के ले अल्झाएर यस्तै त हाे नि हाै ।" उहाँले भन्नु भयाे ।

"काँहा त्यस्ताे भनेर हुन्छ हाै । भाेलि देखि चाहिँ थाल्नु पर्छ । म पनि त यतै आउछु त बिहान बिहान । तँपाई पनि तयार हुनु हैत त्यसाे भए । यस्ति राम्री मान्छे स्लिम हुने हाे भने त कमल सर आफै गित गाउदै नचाउनु हुन्थियाे हाेला" मैले फुर्काउदै भने । कमलजीकाे मुहारमा मुुसुक्क मुस्कान आयाे । मतलब कुराे पच्याे ।मलाई अब डेल्ली आउने बाहना तथा अस्मिलाई भेट्ने चाहना पुरा भएकाे थियाे । YESSSSSSS भन्नु जस्ताे भएर आयाे पनि तर देखाउन भएन । उनीहरू कै छाेरी ताकेर यहाँ सम्म उनीहरु कै साथ र सहयाेग पाउनु सानाे कुरा हाे त ? म आएकाे थाह पाए देखी नै अस्मि भित्रबाहिर गर्दै मलाई हेर्दै यता उता गरि रहेकी हुन्थिईन । आँखा छलेर म उनलाई फ‌्लाईङ किस त कहिले आँखा झिम्काउथे । उनी लजाउदै नहेरे जस्ताे गर्थिन । मलाई रमाईलाे लागिरहेकाे थियाे । तर उनलाई छुन नपाए पनि उनलाई भरपेट देख्न चाहिँ पाईएकाे थियाे । एक किसिमकाे सन्तुष्टी मिलिरहेकै थियाे ।

त्याे दिन देखी बाहाना बाहाना बनाउदै करिब ३ हप्ताकाे अनवरत मिहनेतले उनीहरुलाई मैले म माथिकाे बानी पारेरै छाडे । सासुलाई बजार जान त कहिले ससुरालाई गफ गर्नैकाे लागि पनि बेला बेला फाेन आउन थाल्याे । म फाेन आयाे कि हतार हतार ठिक पर्थे अनि  उठाउथे । फाेन राख्दा बेला बेला काेठामा चाबिलाई पनि सकेकाे हुन्थे । साच्चै भन्ने हाे भने हाम्राे खर्च पनि हव्वातै घटेर आएकाे थियाे किनकी सब्जी किन्नु लगभग पर्दैन नै थियाे । माछा मासु पाकेकाे बेला निम्ताे आएकै हुन्थियाे । लाईफ एक हिसाबले बिन्दास थियाे । दाई आफ्नै तालमा म आफ्नै तालमा । बेलुका बेलुका मात्र देखादेख हुने । करिब एक घण्टा चाहि म्याथ र फिजिक्स पढ्ने बेलामा दाईसँग कुराकानी हुन्थियाे । अस्मिसँग ट्युसन आउदा जाँदा चाँहि हातमा हात मिलाएर गईन्थयाे तर घरमा चाँही चिनजान नभए जस्तै नै हुन्थियाे ।

बिहानै कल आयाे । म उठेकाे पनि थिईन । नम्बर हेरे ससुरा बा काे नम्बर रहेछ । के परेछ भन्दै उठाएकाे अस्मि बाेलिन। "आलाेक सुन्नु न हिजाे राति देखी मलाई सञ्चै छैन,ज्वाराे पनि आएकाे छ । आज त कलेज पनि जान्न हाेला । कस्ताे साह्राे भएकाे छ ।  रात भर कहिले बिहान हुन्छ भन्दै बसे, राम्ररी सुत्नै  सकिन। "उनले भनिन् ।

"के भयाे त हाै अचानक। आराम गर त्यसाे भए राम्ररी म आउछु न त ल अवस्था मिलाएर । " मैले भने ।

मलाई औडाह भयाे । म एकछिनमा गए मडिङवाक गर्दै । गए उनकाे ममी याेगा गर्दै हुनुहुन्थियाे । म एकदम नर्मल भएर कुरा गर्न खाेज्दै थिए तर मेरा नजरले मेरी अस्मिलाई खाेज्दै थिए । म उहाँसँग कुरा गर्दै थिए र बेला बेला अलि ठुलाे आवाज पारेर कुरा गर्दै थिए किनकी म चाहन्थे कि उसले म आएकाे थाह पाओस भनेर । नभन्दै उनी देखा परिन पनि मलाई अलि सन्चाे भयाे । किनकी म उसैलाई देख्न पाउने भनेरै आएकाे थिए। हामी घरमा खासै बाेल्दैन थियाै । त्यसैले म उनलाई ईसारा मै साेधे कस्ताे छ भनेर । उनले पनि टाउकाे हल्लाउदै ठिक छ भन्ने प्रतिक्रिया जनाईन । मलाई हलुका भयाे । म अलि हलुङाे भएर याेगा गर्न थाले । 
"तिमी आएरै चहिँ अलि याेगा गर्न एक्सर्साईज गर्ने बानी चै हुने रहेछ हाै बाबु । नत्र त खै के गर्नु र बुढेशकालमा जस्ताे लाग्दाे रहेछ के ।" उहाँले भन्नु भयाे ।
"लाै त्यस्ताे कुरा गरेर हुन्छ  काहीँ ? आमा छाेरी आजकल दिदीबहिनी जस्ता देखिएर हिड्छन अरूहरु तपाँई चाहिँ बुढेशकाल र के काल भन्नु हुन्छ । अब देखी त्यस्ताे कुरा गर्ने नै हैन । " मैले सम्झाउदै भने ।

एकछिन गफ गरियाे चिया र पार्लेजी बिस्कुट हानेर रुम तिर लागियाे । कलेज प्राय म ढिलै जान थालेकाे थिए किनकी पहिलाे कल्लास ईङलिस अनि सेकेन्ड नेपाली हुन्थियाे । साडे ७ तिर तयार भएर कलेज पनि गईयाे । बेलुका ट्युसनमा उसलाई भेट्ने ईच्छाले मलाई दिन नकटेकाे हाे कि स्लाे माेसन भएकाे हाे पत्ता लाउनै गाह्राे भएकाे थियाे तर मरितरी घिस्रिदै दिन कट्याे । म उनलाई भेट्न हतारिदै हाम्राे सँधै भेट्ने ठाँउमा पर्खे । घडी हेर्दै  बसे तर साडे पाँच भयाे उनी आईनन् । भाेली पल्ट पनि म उनकाे घर गए तर उनलाई देखीन । ४ दिन देखी मैले उनलाई देख्न पाएकै थिईन । उनी काेठा मै हुन्थिईन तर त्यहाँ जाने कुरा भएन । अर्चनालाई साेध्न मन लाग्याे । "अर्चना आज त म आईन हाै । आज किन किन सञ्चै छैन यार । " मैले भने ।

"के भएछ त हाै। आज त अस्मि पनि आईन । तिमी पनि आएनाै । दुबै जना बिरामी भएछाै त अनि ।" उसले भनिन ।

"ए हाे र उसलाई के भएछ फेरी । आईनन् है उनी पनि ?" मैले थाह नपाए जसरी नै साेधे । अनि यस्तै उस्तै कुरा गरेर फाेन राखे । करिब ४ दिन लाग्याे उसलाई निकाे हुन । पाँचाै दिन म उनकाे घर गएकाे बेला उनी आईन ।

त्याे दिन शनिबार थियाे । ‌म उनकाे ममीसँग कुरा गरिरहेकाे थिए । उन‌ले भनिनि। "दादा सुन्नुस न , म त चार दिन भाे कलेज नि गएकाे छैन । क्लासमा कति धेरै पढाई भई सकेछ ।तँपाईकाे पढाई भएकाे भएकाे मलाई सिकाई दिनुस न प्लिज।"

मलाई दादा भनेकाे सुन्दा त सुरुमा चस्स भएकाे थियाे । उनले पहिलाे पल्ट मलाई उनकाे घरमा हुँदा बाेलाएकी थिईन । मन मनै साेधे । सिदै बुढा भनेर त कस्ले पाे बाेलाउछ त भनेर । मैले उनलाई साेधे के के पढाई भयाे भनेर । उनले भन्न थालिन । उनकाे ममिकाे छेउमा उनलाई नजान्ने प्रमाणित गर्नै भए भरका प्रश्न साेधे । उनलाई जवाफ आएन अनि मैले भने। " तिमीले त सबै बिर्सेछाै । यि सबलाई याद गर्ने सजिलाे उपाय छ के तर यसरी उभिएर त कसरी भन्न सक्नु र हाै । कपिमा भए बुझाउन सक्थे । जाउ त लेउ । " मैले भने ।
"माथि नै हिड्नुस न त स्टडी रुममै । " उनले भनिन ।
"त्यही त । जाउ सजिलैमा बसेर पढ, ठाँउ हुदाँ हुदै के यता र उता ल्याउनु पर्याे त ।" उनकाे ममीले भन्नु भयाे । हामी माथि गयाै । अनि उनलाई सिकाए जस्ताे गर्दै उनीसँग उपद्राे गर्न थाले । उनी चाहिँ ममी आउनुहुन्छ भन्दै डराई रहेकी थिईन । अलि सिकाउथे पनि । त्याे दिन त्यसरी नै बित्याे । दिन यसरी नै बित्त्न थाले । अब मलाई उनकाे घरमा गएरै बाेल्ने बाहाना खुलेकाे थियाे । दिन कति छिटाे बित्दा रहेछन । यसरी नै गर्दै गर्दै हाम्राे परिक्षा पनि आयाे । 

करिब ४ महिनामा मैले अस्मिकाे परिवारमा यस्ताे छवि तयार पारे कि उनीहरूले मलाई परिवारकाे एउटा सदस्यकै रुपमा लिन थालेकाे थिए । मलाई त्यहाँ आउन, जान र खान खासै बाहाना नचाहिने नै भईसकेकाे थियाे । अस्मिलाई मैले म माथिकाे आदत यति मजाले हालेकाे थिए कि उ पनि मलाई नदेखि उसलाई दिन काट्नै गाह्राे हुन्छ भन्थिईन । म उनकाे ममीकाे पनि प्रिय भईसकेकाे थिए, उनकाे बुबा प्रायः कसैसँग पनि आफ्नाे दुःख देखाउनु हुन्न थियाे तर मसँग उहाँले हरेक कुरा सेयर गर्नु हुन्थियाे । बेला बेला मलाई नराम्राे पनि लाग्थियाे । उहाँहरुकाे त्याे माया, स्नेह र परिवारकै दर्जा पाएकाे र उनीहरुकै छाेरीसँग घरैमा गरेकाे हर्कतले कतै म गलत त गरिरहेकाे छैन भनेर । 

हुन त मेराे त्यस अवधिमा मैले रिलेसन अरु धेरै सँग राखेकाे भए भनि मैले अस्मिलाई नै चाेखाे माया गरेकाे थिए । मैले सम्बन्ध राखेकाेहरुमा यदि काेही आश्वासनमा थियाे भने त्याे बिनिता थिई जसले मलाई बिहे गराै भनेर प्राय हरेक दिन कुरा निकालिरहेकाे हुन्थियाे । उसकाे प्रस्तावलाई टार्नु बाहेक म सँग बिकल्प थिएन किनकी उ सँग मैले शारिरक आवश्यकता मात्र आदानप्रदान गरेकाे थिए। मेराे मनले त बस अस्मिलाई नै माया गर्थियाे, गर्छ र गरि रहनेछ ।