लाईफको दोस्रो ट्राजिडीको लागि मलाई आईतबार पर्खनु परेन । वि.एस.सी तेस्रो वर्षको परिक्षा दिएर हामी फुर्सदमै थियौ । कन्यामबाट उनलाई हेर्नका लागि केटा आएको कुरा मेरो कानमा पर्यौ । मैले आफ्नो तर्फबाट उनीहरुलाई मन जित्न गर्नु पर्ने सबै थोक गरेको थिए तर कहिल्यै उनीहरूलाई हाम्रो कथा थाह थिएन । मलाई उनीहरुले सायद त्यसरी हेरेका पनि थिएनन् होला तर मलाई त्यो कुराले पिरोल्न थालेको थियो। जब आँफुले चोखो माया गरेको मान्छेलाई कसैले माग्छ नि त्यति बेला कस्सम त्यसलाई अपाङै हुने गरि धुलाई गर्न मन लाग्दो रहेछ के । मलाई नि त्यस्तै भएको थियो तर अस्मिको घरबाट त्यो बेला बिहे नगरिदिने भनेर कुरा टरेको रहेछ । मनमा एउटा डर थियो ।आज त टर्यो , भोलि कस्ले देखेको छ र ? कहिले सम्म ?
मलाई मनले भन्थियो कि म गएर उसको घरमा कुरा गरिहाल्नु पर्छ भनेर तर दिमागले फेरी भन्थियो कि पाल्छस कसरी ? दाई भन्दा अगाडी के आधारले म बिहेको कुरा घरमा भन्न सक्नु होला ? तर उम्काउनु पनि त सक्दिन थिए । करिब एक हप्ता पछि मलाई राति खाना खाने गरि आउनु भन्ने कुरा आयो । निम्तो मलाई मेरी सासूको तर्फबाट आएको थियो । जति बेला कल आएको थियो त्यतिबेला म चामलमा पानी हाल्नै मात्र लागेको थिए तर कल गरेपछि म उता जाने भए । दाई एक्लै खाना पकाउदैन नै थियो त्यसमा कुनै संकै थिएन । त्यसैले मैले जानकारी गराए अनि राम्रो लुगा लगाएर, स्मार्ट भएर गए । मनमा मलाई आज उसँगको कुरा सबै भनुम भनुम लागेर आएको थियो । निस्किनु अगाडी ऐना अगाडी उभिए अनि कसरी भन्नु होला भनेर तयारी गरे । मन मनै सोचे कि म उसको ममीलाई भन्छु भनेर । अनि म गए ।
माहोल सँधै भन्दा अलि फरक भएको गन्ध आईरहेको थियो किनकी म अरुबेला जाँदा कमल जी को प्रस्तुति आज अलि फरक थियो । उहाँ सँधै देख्ने बितिकै मलाई के छ कसो छ सोध्ने मान्छे आज सुनसान देखेर मलाई मनमा डरको चिसो पस्न थालेको थियो । मलाई लाग्यो कि कतै हाम्रो बारेमा थाह भएर त हैन कतै भनेर । तै पनि मैले उहाँलाई बोलाए । उहाँ बोल्नु भयो तर मनमा मलाई त्यो बोलाईले सन्तुष्टी दिएको चाहिँ थिएनै । म उठे अनि भान्सा तिर गए ।
"ए आई पुग्यौ? के छ खबर?" अस्मिको ममीले सोध्नु भयो ।
"सबै ठिकै छ त । के भयो आज ? सबै सुनसान छ त । अस्मि खै त ? " मैले सोधे ।
"खै के भन्नु र मैले । बाबाले सल्लाह गर्ने भनेर तिमीलाई बोलाउन लाउनु भयो । केही भन्नु भएकै छैन । हिजो अस्मिले तिमीहरु बिचको सबै कुरा भनिन् । त्यही कुराले आज तिमीहरू सँग कुरा गर्ने भनेर बोलाउनु भएको छ ।" उहाँले भन्नु भयो । तर त्यो कुरा सुनेर मलाई त चक्कर लागेर आयो ।चारै तिर अध्यारो जस्तो भयो । हुन त म त्यही कुरा बताउन चाहन्थे तर मलाई के भयो भयो साह्रै डर लाग्यो । मेरा सास आधा आधा चल्दै थियो । खाना खाने बेला पनि भयो र उहाँले अस्मिलाई बोलाउनु भयो । हामी सबै जना बसेर खाना खान लाग्यौ । खाना खाने बेलामा हाम्रो के कस्तो छ परिवारको भनेर सोध्न थाल्नु भयो । कुल कुटुम्ब सबै सोध्न थाल्नु भयो । मलाई त्यो बेला थाह भएका सबै थोक सोध्नु भयो र मैले बताए पनि । कुरै कुरामा हामीले खाना खाई सक्यौ र उहाँले सबै जनालाई लिभिङरुममा आउनु भन्नु भयो।
अस्मिको ममिले सबै भाँडा बेसिनमा राखेर आउनु भयो । कोठा सुनसान थियो । म वान सिटर सोफामा थिए । अस्मि त्यही भएको लोबेडमा थिईन र दुई जना एक तिर सोफामा ।
"तिमीहरु एक आपसमा मन पराउछौ अरे भन्ने कुरा आएको छ । के यो कुरा साँचो हो?" कुरै कुरामा यो प्रश्न ठाडियो ।
मैले पनि सबै थोक भने । हाम्रो काहानी कसरी सुरु भयो भनेर । उहाँहरु दुबै जनाले सुन्नु भयो । मैले अस्मिलाई कति माया गर्छु भनेर सबै बताए । उ बिना बाँच्न नसक्ने सबै कुरा बताए ।मैले सबै कुरा भनि रहेको थिए तर अस्मि निहुरिएर बसेकी थिईन । उनीले मलाई हेर्ने आँट गरेकी थिईनन् ।तर मैले सबै कुरा बताई सकेको थिए । मलाई सबै कुरा भन्न करिब १ घण्टा ३२ मिनेट लगेछ । उहाँहरूले मेरो कथा चुपचास सुनि रहनु भएको थियो । मेरो घाँटी सुकेर आएको थियो । सबै बताए अनि फेरी एकछिन सुनसान भयो फेरी । घडीको काँटा सर्क्क सक्रक गरि रहेको थियो । एक हिसाबले मलाई हलुङो पनि भएको थियो ।
उहाँले भन्नुभयो "हेर भाई । तिमी अस्मिलाई माया त गर्छाै तर तिमीहरुकाे यहाँ भन्दा अगाडी केही हुन सक्दैनाै । तिमी राम्राे मान्छे हाै तर सबै थाेक राम्राे भए पनि याे कहानीलाई यही सम्म मात्र सिमित हुन देउ । हरेक काहानीमा प्रेमीहरुकाे मिलन हुदैन र तिमीहरुकाे पनि त्यही काहानी हाे ।"
"मतलब के भन्न खाेज्नु भएकाे तँपाईले ? कि गाँउमा बस्ने भनेर कतै हामीलाई कम साेच्नु भएकाे हाे की ?" मैले सिधै साेधे ।
"कुरा धनी गरिब गाँउ शहरकाे हैन आलाेक । हाम्राे आफ्नै बाध्यता हाे । मलाई पनि तिमिहरुकाे कुरा थाह पाएर यसरी छुटाउन मन छैन । मेराे बाध्यतालाई बुझ । तिमीहरूकाे यही सम्म हाे जे जस्ताे भयाे भयाे अब बिर्सिदेउ हेर ।" उहाँले भन्नु भयो।
"के कमी छ म मा? किन तँपाई यसाे भन्दै हुनुहुन्छ ? के तँपाई बुझ्नु हुन्न कि हामी कति माया गर्छाै एक अर्का सँग ?" मैले साेधे ।
"मैले नबुझ्ने भए तिमीलाई यसरी बाेलाएर सम्झाउने थिईन हाेला। मैले तिमीलाई अझै पनि परिवारकै सदश्य सरह राखेर याे कुरा भन्दै छु । अनि अर्काे कुरा । मैले अस्मिकाे बिहे पक्का गरि सकेकाे छु । यहाँ भन्दा अरु केही साेच्ने .." उहाँ बाेल्दै हुनुहुन्थियाे मैले सहन सकिन ।
"कसरी गर्नु हुन्छ अरु सँग बिहे पक्का ? म याे हुन दिन सक्दिन । के लाग्या थियाे यसरी बाेलाएर मलाई ललाईफकाई गरेर जे भन्नु हुन्छ म त्यही मान्छु जस्ताे लाग्छ कि के हाे ? सिदा कुरा बुझ्नुस .. अस्मिलाई म छाेड्न सक्दिन । टाङ लडाउने कुरा नसाेचे हुन्छ । भगाएरै लान्छु के गर्नु हुन्छ ? " मैले रिस सहन सकिन सबै थाेक भने ।
"हामी बाचुन्जेल नचिताउ आलाेक याे सम्भव छैन ।" उहाँले सम्झाउदै भन्न खाेज्दै हुनुहुन्थियाे।
"त्यसाे भए एैले नै मरे हुन्छ । " मैले केही नसाेची प्याच्च बाेलेछु ।
त्यति मात्र के बाेलेकाे थिए अस्मिले मलाई आएर थप्पड लगाईन । अचानक भयाे । मलाई त एकछिन के भयाे भयाे जस्ताे भएर आयाे । अचानक बिजुली चम्किदा फ्लास हाने जस्ताे भयाे । बाेल्न नहुने कुरा बाेलिएकाे रहेछ हेव्वी चड्कन भेटियाे । मलाई पसिनै पसिना भए जस्ताे भएर आयाे । म त्यहाँ बसि रहन सकिन । किनकी म उ बाट सपाेर्ट पाईएला भनेर आशा राखेकाे मान्छे ले झापड भेट्दा कस्ताे हुन्छ हाेला? म त्यहाँबाट सरासर निस्के । बाहिर जादाँ सम्म मलाई मैले बाेलेकाे कुरामा के गल्ति बाेले मलाई लागेकै थिएन ।
हाे त अनि । बाचुन्जेल सम्भव छैन रे । सम्भव नभए मरिदिहाले भै हाल्याे नि । नै आई रहेकाे थियाे मनमा। म सहन सकिन । त्यही भएर पिपलकाे रुखमुनि बसे । मलाई साह्रै रुन आईरहेकाे थियाे । पुरै बलिन्धार चुहाउन मन लागेर आएकाे थियाे । तर पिलपिल चुहिदै थिए आँखाबाट आँशु । उठे अनि गए नजिककाे हाेटेलमा । ८८४८ किने र एक्लै बसेर पिउन थाँले । जति पियाे त्यति मजा आउदै थियाे । मनमा एक बेचैनि थियाे । मजाले चडेपछि म फेरी गए उसकाे घरमा । मलाई अलि अलि याद छ। पुरै निन्द्रामा भएकाे बेला लाग्छ नि त्यस्तै ।
म गए अनि बाहिर बाट थर्काए । "ओए कम्मले , बाहिर आईजाे । तँले गर्न के खाेजेकाे ? **** मेराे बुढी हाे तेराे छाेरी बुझिस ? आईजाे बाहिर । " मैले भने । मलाई बाेल्न हुदैन जस्ताे लाग्दै थियाे मन मनमा तर आफै के के गर्दै छु आफैलाई कन्ट्राेल थिएन । घटना त्यस्तै उस्तै थियाे हाेस आउदा म पुलिस थानामा थिए । राति के के गरे याद राम्राे थिएन तर गमला दुईटा फुटाएछु, झ्यालकाे एक तिरकाे सिसा मजाले हिडेछ, ससुरा बा लाई ढुङाले हानेछु ।छातिमा सेन्टर निसाना पारेर लागेछ पनि ।बिहान सबै सपना लागिरहेकाे थियाे । चाैकीमा सबै जना थिए । म अपराधी बनेर बसेकाे थिए । दाईकाे राजनितिक चिनजानले २/४ ओटा कागजमा सहि छाप गरेर घर पुगियाे । रुममा पुग्ने बितिकै एटेक गरि हाल्याे ।
"हिजाे के गरिस तैले ?" दाईले साेध्नु भयाे ।
मैले सबै कुरा भने । दाईले सबै कुरा सुने पछि मलाई भन्नु भयाे । "मेराे भाई तेराे जति नै डिप लब परेपनि सम्भव छैन के । तँ कुरा बुझ न । फाेकटमा तमासा गरिस *** तैले । हुँदै नहुने काम गरिस यार। अगाडी नै थाह थियो भने म तँलाई यहाँ सम्म पुग्नै दिन्न थिए । "
"हैन समस्या चाहीँ के छ है । लु आँफै भन्नु के समस्या छ त्यस्तो? हिजो ति त्यसै भन्छन कारण चै के हो के?" मैले सोधे
"भाई सगोत्री पर्छन तिनीहरू कुरा बुझ न यार ।"
0 Comments