२०४५ साल असार २६ गते । हाम्राे बिहे भएकाे दिन । जिन्दगीमा म सायदै म त्यति खुशी थिईन हाेला । याे त्यही दिन हाे मैले उर्मिलालाई सिन्दुरले काेरेर र मंगलसुत्रले बेरेर मैले उनलाई सात फेरामा सात जन्मसँगै रहने कसम खाएर मैले उनलाई मेराे घरकी र मेराे भाग्यकाे लक्ष्मी बनाएर भित्र्याएकाे थिए । ५ जना दाजुभाईमा म जेठाे छाेराे र दुई जना बहिनी भएकाे मेराे परिवारमा सम्पुर्णकाे जिम्मेवारी म र मेराे आमालाई थियाे । उमेरमा म सानै थिए तर कहिल्यै मैले मेरा भाई बहिनीलाई बुवाकाे कमी हुन दिएकाे थिईन। मलाई याद छ । मेराे बुबाल‍े मलाई अन्तिम वचन माग्दै भन्नु भएकाे थियाे  "कमल, तैँले कहिले पनि आफ्ना भाई बहिनीलाई बुवा नभएकाे कमि हुन नदिनु । तेरी आामालाई कहिल्यै दुख हुन नदिनु । मलाई त तिमीहरुलाई सुख दिएर राखुला भनेरै दिन रात नभनि तिमीहरु देखी टाढै रहेर कमाउन लागे तर म तिमीहरुलाई देखेरै मर्न पाए " । बेला बेला झल्काे आउछ  बुवाकाे त्याे काप्दै गरेकाे ओठ र ति शव्द शव्द र बुवाले त्याे समय गर्नु भएकाे त्याग । बुवा त्यस वेला पञ्जावमा गएर काम गर्नु हु्न्थियाे र वहाँकाे त्यतिवेला क्यान्सरले गर्दा मृत्यु भएकाे थियाे । बुवाले हाम्राे जिन्दगीमा समय बिताउन नपाउनु भएकाे भएपनि हाम्राे लागि घर र जग्गा जाेडेरै वित्नु भयाे । सम्पति चाहे जति सुकै किन नहाेस बुवाकाे छत्र छाँया नै मात्र हुनु पनि जिवनमा ठुलाे साैभाग्य हुन्थयाे हाेला तर हामीलाई त्याे जुरेन । कक्षाा १० सम्म मैले जेन तेन पठेर मैले मेरा छ जना भाई बहिनीलाई पढाउथे । कुनै बेला यस्ता पनि थिएकी म हेडसरकाे घरमा घाँस काट्ने, दाउरा जंगलबाट ल्याईदिने आदि काम गर्दिन्थे । ७ कक्षाा सम्म म स्कुल जान्थे तर मैले वहाँकै आडमा जिल्ला स्तरिय परिक्षा र एस एल सी स्कुल नै नगई वहाँ सँग विहान बेलुका पढेर दुई वर्ष परिक्षा फेल गर्दै तेस्राे डिविजनमा पास गरेकाे थिए । श्रम कार्यलयमा मैले पिउनकाे जागिर गर्न थाले पछि मेराे विहे उर्मिलासँग भएकाे थियाे । 

मेराे जिवनमा त्यस दिन देखी बदलिन थालेका हुन । जब मेराे बिहे भयाे तब उर्मिलाकाे काकाकाे छाेराले ठुली बहिनीकाे हात माग्नु भयाे । हाल उनीहरु अमेरिकामा बस्छन । माईलाे र साईलाे भाई दुवै जनाले आई ए पढेर उनीहरु पनि अमेरीका नै गए । कान्छाे भाई धनकुटामा स्कुलमा हेडमास्टर भएकाे छ । कान्छी बहिनी एम वि विएस गरेर काठ्मान्डाैमा बस्छिन उनकाे पनि दुई छाेरा छन। यि सबै भयाे त बस उर्मिलाकै कारण । हुन त हामी पहिलै देखी भाँडाकुटी खेल्दाकाे साथी हाै । उनी हाम्राे हेडसरकी सालीकी छाेरी हुन । म जब हेडसरकैमा बस्थे त्यतिवेला देखी हाम्राे प्रेम चलेकाे हाे । एस एल सी दिएर शहर आउदा उनकाे लागि केटा हेर्न आएका बेला कता कताबाट कुरा पुगेछ र मलाई आमाले चिठ्ठी लेखेर पठाउनु भएकाे थियाे । मैले जागिर खाएर गाँउ फर्केेकाे पछि जागिरे केटाेलाई दिउ छाेरी भनेर सबै जना मानेका थिए । बिहे पछी हाम्राे जिन्दगीमा सबै थाेककाे पुगिसाेरी भएकाे थियाे तर सन्तान हुन सकेकाे थिएन । म जागिर गर्न शहर आउनु पर्थियाे र हप्तामा एक दिन साईकल चडेर घर जान्थे । करिव ४ घण्टा साईकल कुदाएर घर पुग्दा जब म उर्मिलालाई देख्थे त मेरा सारा थकान आपसे आप हराउथे । दशैकाे छुट्टीमा जब म घरमा थिए तब उनीले बच्चा नजन्माउदा मानिसहरुले के के भन्थे भनेर भनेकी थिईन । मलाई त्यसबेला साह्रै नराम्राे लागेर आएकाे थियाे । उनकाे आँशुले मलाई पाेल्थियाे । यही कुराले मलाई पाेलिरहेकाे थियाे र उनले पनि त्यही साल स्वस्थानीकाे ब्रत राख्ने भनेर कुरा गर्थन । उनकाे मनकाे शान्तिकै लागि भए पनि लाै न त भनेर मैले भनेकाे थिए । खै व्रत कै प्रभाव भनाै या दशैकाे भनाै उनले त्यही साल मलाई बुवा बन्ने खबर दिएकी थिईन । साउन ७ गतेकाे दिन अन्तयमा हाम्राे छाेरी जन्मिन र हामीले उनकाे नाम राख्याै अस्मिता । उ जन्मेकाे  बेला जब खवर हामीले दियाै तब सबै जना न्वारनकाे दिन सम्म सबै तिरबाट भेला भएका थियाै । कति रमाईलाे दिन थियाे त्याे । न कुनै दशै न तिहार तै पनि हामी सपरिवारलाई एक जुट गराएकी थिईन हाम्री छाेरीले । मैले त्यही दिन कसम खाएकाे थिएकी उनले मागेकाे खण्डमा म ज्यान दिन तयार छु भनेर । म उनकाे हरेक साना साना कुरालाई पुरा गर्न लाग्थे ।

हाम्री छाेरी सबैकी लाड्ली छिन । उनी साच्चै उर्मिला जत्तिकै लक्षिणकी छन । शान्त स्वभाव,थाेरै लज्जा र आदर सहित बाेल्ने उनकाे यि गुणकाे प्राय सबैले चर्चा गर्छन । हेर्दा हेर्दै उनी पनि ठुली भई सकिछन । तर भनिन्छ नि बाबु आमालाई आफ्ने छाेरा छाेरी सानै नै लाग्छ भनेर । उनी बि एस सी तेस्राे वर्षमा पढ्दै गर्दा उनलाई हेर्न जव कुटुम्ब आएका थिए तब मलाई अनुभव भयाे कि अब त बेला भएकै हाे । हुन पनि त हाम्री छाेरी २५ वर्ष लागि सकेकी थिईन । एक्ली छाेरी बिहे गरेर दिउ त याे घर पनि के घर जस्ताे हाेला भन्ने आउथ्याे तर के गर्ने चलन नै त यस्ताे छ कि छाेरी भए पछी अर्कालाई दिएर पठाउनै पर्ने । त्यस रात मलाई राम्ररी निन्दा पनि परेन । मलाई याे संसार नै कति रित्ताे लाग्न थालेकाे थियाे कि याे त बस त्यही बुवाले बुझ्न सक्नुहुन्छ जसकाे छाेरी माग्न आउछन । त्याे कुटुम्बलाई मैले त्यसबेला हाम्राे अहिले बिचार छैन भनेर पठाए । मैले यस बिषयमा छाेरीलाई साेध्ने निर्णय गरे । मलाई थाह छ कि आफुले चाहेकाे मान्छे सँग जब विवाह हुन्छ त जिन्दगी कति मुल्यवान भई दिन्छ भनेर र मैले उनलाई सबै थाेक सम्झाएर साेधे के तिमी कसैलाई मन पराउछाै भनेर । उनले त्यस वेला शिर निहुराएर मात्र बसिन र उनकाे याे खामाेसीकाे अर्थ बुझ्न मलाई कुनै समस्या भएन । त्यस बेला मैले केही अरु प्रश्न गरिन र साेध्ने काम मैले उर्मिलालाई दिए ।

जव मैले उनकाे जवाफ सुने तब न निश्तव्द भए । एउटा गहिराे भार पर्याे मलाई मैले केटाकाे नाम सुने र मलाई पुग्याे । मैले भन्न सके त बस "याे बिवाह त हुन सक्दैन उर्मिला" भनेर । उर्मिला भन्दै थिईन कि केटाकाे कुल राम्राे छ यता उता सबै तर मलाई त्यहाँ भन्दा बडी अरु केही सुन्नु जरुरी नै लागेन ।