मेरा दिन सँधै झै बितिरहेका थिए । बिहानै उठ्याे नुहायाे,खाना बनायाे, पुजापाठ गर्याे, नानी र वहाँलाई खाना खुवायाे र नानी लिएर वहाँ अफिस जानुहुन्थियाे । म घर सफा गर्थे र खाना खान्थे र यसरी नै मेरा दिन बित्दै थिए । नानी जन्मिने बेला सम्म म स्कुलमा पढाँउथे तर उ जन्मे पछी मैले  मेेराे सबै काम छाेडेर उसलाई हुर्काउनकाे लागि लागे । नानी ७ महिनामै जन्मेकाे हुनालेे उसलाई सानै  देखी मैले सानै देखी केयर पर्ने थियाे । आमाकाे माया नै यस्तै हुदाे रहेछ । सन्तानकाे लागि त संसार पनि सानै लाग्दाे रहेछ । मेरा दिन यसरी नै बित्दै थिए । मेराे लागि याे संसारमा उ नै मेराे अमुल्य सम्पति हाे । मेराे छाेरा अर्पण जसकेा लागि पुरा जिन्दगी म अर्पण गर्न तयार छु ।

परिवार सानाे छ, नानी स्कुल जान्छ र उहाँ हाम्राे भविष्यलाई कल्पना गर्दै दिन रात नभनि मिहनेत गर्नु हुन्छ र म घर सम्हाल्छु । साथीहरु बेला बेला आएकाे बेला भन्छन "अर्चना तँलाई त कति आनन्द छ है । सेटल भै हालिस अब त । कति राम्राे परिवार छ तेराे " । मलाई खुशी लाग्छ जब उनीहरुकाे कुरा सुनेर । हुन पनि हाे यति माया गर्ने पति पाएकाे छु मैले । मैले केही पुगेकाे छैन भन्नु पर्दैन । म खुशी छु मेराे जिन्दगीमा । हिजाेकाे कुरा हाे । म घर सफा गर्दै थिए अचानक मेराे हातमा एउटा पुरानाे फाेटाे पर्याे जुन हामीले धरान जाँदा खिचेकाे थियाै । हामी ट्युसन पढ्ने त्याे ग्रुपकाे त्याे फाेटाेले मलाई मेराे पुरानाे यादलाई झकझकाई दिएकाे थियाे । सबैकाे अनुहार सर्रसर्ति हेरे । कति प्यारा थिए ति सबै । बिचरा म । म आफैलाई हेर्दै थिए । पछाडी तिर हेरे उषा,रक्षा, नरेश अनि  मेराे नजर अनायसै उ माथि गएर टक्क राेकियाे । आलाेक। 

कहाँ छन हाेला ति सबै अहिले । नरेशले गाँउमा आफ्नै पुस्तैनी जग्गामा फार्म गर्दै छ अरे भन्ने सुन्थे । उषा प्राय आउदै जाँदै गर्छे तर बाँकी साथीहरुकाे केही अत्ताेपत्ताे छैन । आलाेककाे आगमनले मेराे जिवनमा धेरै ठुलाे परिवर्तन आएकाे थियाे । पहिले पहिले हामी साथी मात्र थियाै तर बिस्तारै हामी एकदम नजिकिदै गएका थियाै । हामी अलग अलग कलेजमा पढ्थ्याै तर हामी एकै ठाँउमा ट्युसन पढ्न थाले पछि हाम्राे घनिष्टता बढ्दै गएकाे थियाे । उ म सँग फेसबुककै माध्यमबाट चिनजानमा आएकाे थियाे । सुरु सुरुमा अलि अलि कुरा गर्दै जादाँ हामी एक आपसमा धेरै खुल्न थालिसकेकाे थियाै । यसै क्रममा एक दिन हाम्राे भेटघाट भयाे । मलाई अझै याद छ जुन दिन मैले उसलाई भेटेकाे थिए तबकाे कुरा हाे । हामी गफ गर्दै गर्दै खाजा खादै थियाै । त्याे दिन मैले उसलाई पहिलाे पल्ट भेटेकाे थिए । उसकाे बाेल्ने तरिका कति मिठाे थियाे । हुन त त्याे दिन हामीले एक अर्काकाे बारेमा कुरा कानी गर्दै थियाै । तर मलाई उसमा राेशनकाे चेहरा देखिन्थ्याे । जब उसले मलाई कुरै कुरामा उसकाे प्लेटबाट माेमाे खुवाएकाे थियाे तब मलाई मेराे अगाडी राेशननै भएकाे जस्ताे लाग्थियाे । राेशन मेराे ८ कक्षा देखीकाे बिएफ थियाे । 

कुरा कक्षा ८ मा हुँदाकाे हाे । सरस्वती पुजाकाे अघिल्लाे दिनकाे कुरा थियाे । हामी सबै जना स्कुलमा सरसफाईमा लागिरहेका थियाै। सबै जना टिचरले दिएकाे अनुसार काम गरिरहेकाे थियाै । राेशन त्याे बेला ९ मा पढ्थ्याे । उ सँधै मलाई जिस्काई रहन्थियाे । सुरु सुरुमा मलाई उसले जिस्काउदा रिस रिस उठेर आउथ्याे तर बिस्तारै उसले जिस्काउदै गर्दा रमाईलाे लाग्न थालेकाे थियाे । उ हरेक बाहानामा मलाई जिस्काई रहन्थियाे र म सँधै उ देखी लजाउथे । सरस्वती पुजाकाे अघिल्लाे दिन त्यसरी नै म उसँग काेठामा एक्लै भेटिए । उ मेराे छेउमा आएर बस्याे । मलाई साह्रै लाज लागेर आयाे । म उठेर जान आटेकाे मात्र थिए उसले मेराे हात समायाे । मैले छूटाउन काेसिस गरे तर मैले सकिन । उसले भन्याे । 

"बस न एक छिन ।"

"नाई बस्तिन म जान्छु बाहिर" मैले भने ।

उसले गाेजीबाट एउटा कागज निकाल्याे अनि हातमा दियाे । मलाई साह्रै लाज लाग्याे । म त्यहाँबाट भागे  । त्याे कागजमा के छ भनेर मैले हेर्न सकिन । मेराे मुटु जाेर जाेर ले धड्किरहेकाे थियाे । मैले त्याे कागज फ्रककाे गाेजीमा हाले अनि साथीहरु सँग गएर काम गर्न थाले । मेराे पुरा ध्यान मेराे गाेजीमा थियाे । कतै त्याे कागज खस्याे भने मान्छेले मलाई के भन्छन भनेर । च्यातेर फाल्न भनेर निकाले तर सकिन । हेर्ने पनि आट आएन । घर पुगे र सबै भन्दा पहिले ढाेका थुने अनि खाेलेर हेरे । उसले मेराे लागि प्रेम पत्र लेखेकाे थियाे ।

(Love Letter in Nepali)

-----------------------------------------------------------------------------------------------------------------------------


मेरी प्यारी अर्चना,


धेरै अगाडी देखि मेराे मनकाे कुरा तिमीलाई बताउन चाहन्थे तर तिमीले के साेच्छाै भनेर बताउन सकिरहेकाे थिईन ।म तिमीलाई एकदमै मन पराउछु । I LOVE YOU SOO MUCH. यदि तिम्राे मनमा यदि काेई अरु नै छ भने भाेलि तिमी मलाई फर्केर पनि नहेर्नु म कहिल्यै तिम्राे अगाडी आउने छैन । 


तिमीलाई मुटुमा सजाएर राख्ने मान्छे ।

-----------------------------------------------------------------------------------------------------------------------------

उसकाे याे पत्रले मलाई अचानक गर्मी भएर आयाे । डर लागे जस्ताे भयाे र के गर्ने गर्ने भनेर एक छिन त केही गर्नै सकिन । त्याे पत्र कुनै कलमले नभएर उसले रगतले लेखेकाे थियाे । मैले त्याे पत्र च्यात्न सकिन । त्याे रात मलाई खाना खान मन लागेकेा थिएन । त्यसै सुते । ममीले कर गर्दा पनि टाउकाे दुखेर खान मन लागेन भनेर टारे । भाेली पल्ट बिहानै उठेर म नुहाए र किताबकापी पुजा गरेर स्कुल गए । उसले मलाई गेटमै पर्खि रहेकाे थियाे मैले देखीहाले । तर म साथीहरु सँग छेलिदै उसलाई नदेखे जस्ताे गर्दै कटे । म जता गयाे तेतै आउथ्याे तर मलाई लाजले उ तिर हेर्न सकिरहेकाे थिईन । उसले त्यसरी नै मेराै पिछा गरि रह्याे तर पुजा सकिउन्जेल मैले उ तिर हेर्नै सकिन । मेराे याे हर्कतले अर्कै अर्थ लगाएछ । अचानक उसले मलाई समाएर स्कुलकाे चाैरीमा लग्याे  । म उसले जता लग्याे त्यतै गए । उसले म तिर हेर्दै भन्याे । 

"तिम्राे जवाफ पाए मैले । यदी मैले तिमीलाई कुनै पनि कारणले सताएकाे रहेछु भने मलाई माफ गर्दिनु आज देखी म तिम्राे अगाडी आउदिन । "

उसले म तिर नहेरी नै एकै पल्टमा भन्याे । मलाई नराम्राे लागेर आयाे । मेराे मतलब त्यस्ताे केही थिएन । मैले बाेल्न पनि केही सकिन । मैले उसकाे पत्र खाेले र त्यसमा ओठमाे छाप बस्ने गरि लगाए र उ जाँदै गरेकाे बेला उसकाे हातमा त्याे पत्र थमाए । म सरासर घर तिर जान थाले । मैले पर पुगेर फर्केर हेरर् उ मलाई हेरेर हाँसी रहेकाे थियाे । यसरी हाम्राे प्रेम कथा सुरु भएकाे थियाे । म उसलाई औधी मन पराउन थालेकाे थिए । ११काे परिक्षा दिएर उ र उसका साथीहरु घुम्न ईलाम गए । त्याे बेला उसले मलाई पनि लाने भनेकाे थियाे तर घरबाट मलाई जाने अनुमति भएन । त्याे उ सँग कतै घुम्न जाने माैका मैले गुमाएकाे थिए । स साह्रै दुखी थिए । उनीहरु चार जना गएका थिए । २ दिन सम्म उ नहुने भएकाले मलाई साह्रै खल्लाे भएकाे थियाे । २ दिन पछि उ आउने कुराले म एकदमै खुसी थिए  । भाेली पल्ट उ सँग भेट हुन्छ भनेर म प्रतिक्षामा थिए । बेलुका बुवा आएर भन्न थाल्नु भयाे । म त्यतिबेला टिभी हेरीरहेकाे थिए ।

"त्याे खाेला पारीकाे दाहालकाे छाेराे पनि हिजाे बाईक एक्सिडेन्टमा मर्याे अरे । साथीहरु सँग घुम्न ईलाम गएकाे थियाे अरे ट्रकले किचेर बाईक एका तिर र मान्छे अर्काे तिर भएकाे थियाे अरे"

म झसङ्ग भए। सुरुमा मलाई हाेईन जस्ताे लाग्याे । म जुरुक्क उठे अनि काेठा तिर लागे । मेराे हाेशले ठाँउ छाेडेकाे थियाे । मैले भगवानसँग याे सबै गलत हाेस भनेर बिन्ती गरे तर मेराे बिन्ती चडेनछ् । म कसैलाई केई सुनाउन सक्दिन थिए । मैले रातभर राेएर त्याे रात कटाए । करिब महिना दिन सम्मै मैले आफुलाई सम्हाल्न सकिन । मैले धेरै मुस्किलले आफुलाई सम्हालेकाे थिए । उ मेराे हेरेक यादमा जिवन्त थियाे ।

जब मैले आलाेकलाई भेटे तब मलाई मेराे राेशनकाे फिर्ता आएकाे अनुभब भएकाे थियाे । म उसँग नजिकिने काेशिस गर्थे । उ पनि मेराे काेठामा पनि आईरहन्थियाे । उ आउदा मलाई बेग्लै आनन्द आउथ्याे । एक रात म एक्लै थिए किनकी मेराे साथीकाे दिदीकाे विहेकाे कारणले उ घर गएकी थिई । मैले आलाेकलाई बाेलाए । सायद उसलाई म सँग बस्न असहज भएर हाेला मेराे साथी अस्मिलाई पनि बाेलाउन भन्दै थियाे । मैले कल गरे उसकाे घरमा तर उसकाे आमाले नपठाउने कुरा गर्नु भयाे । त्यतिकैमा हामी जिस्किन थाल्याै । चल्दा चल्दै मैले उसकाे हात समाए । अनि मैले उसलाई राेशनकाे सबै कुरा बताए । मैले उसलाई मेराे कथा सुनाउदै गर्दा मेराे आशु बग्न थालेका थिए । उसले मेरा आशु पुछ्न थाल्याे ।हामी एउटै बेडमा थियाै । अचानक लाईन गयाे । तब अध्याराेमा म उठ्न लागेकाे थिए उसले मलाई अंगालाेमा हाल्याे र मलाई Hug गर्याे । मैले पनि बिस्तारै आफ्नाे हाेश गुमाउन पुगेछु । उसका हात बिस्तारै चलमलाउदै मेरा शरिरलाई चलाउन थाल्दै थियाे । उसले मलाई चुम्न थाल्याे र यतिकैमा हामी बिच पहिलाे पल्ट संसर्ग हुन पुग्याे । मैले उसलाई राेक्न सकिन किनकी मैले उसलाई आलाेक नभएर राेशन देख्थे । पहिलाे पल्ट मैले मेराे कुमारित्व उसैलाई सुम्पिन पुगेकाे थिए । 

भाेली पल्ट बिहानै उ उठेर आफ्नाे काेठा गयाे तर मलाई हिजाेकाे कुराले केही हद सम्म गुनासाे गराएकाे थियाे । तर दिन बित्तै जाँदा उ र म बिच धेरै पल्ट सम्बन्ध भएका थिए । हामी बिच कहिल्यै पनि प्रेमकाे कुरा हुदैन थियाे किनकी म उसलाई हैन राेशनलाई मन पराउथे । कुरा तबकाे हाे जब हामी BSC चाैथाे बर्षमा थियाै । हामी तिन जना एकै क्याम्पसमा थियाै । म, आलाेक र अस्सिता । हामी तिन जना चाहीँ प्लस२ देखी सँगै थियाै । मेराे र अस्मिकाे प्राय कुराकानी हुदैन थियाे । हामी एकै कलेजकाे भए पनि हामी बिच कहिल्यै धेरै कुरा हुदैन थियाे । यतिकैमा दिन हरु बितिरहेका थिए । हाम्राे क्याम्पसकाे पनि दिन सकियाे । परिक्षा पछि हामी छुट्नेे बेला भएकाे थियाे । हामी त्यहाँबाट घर फर्किने बेला भएकाे थियाे । मैले फेरी त्याे रात आलाेकलाई बाेलाए । हामी खाना खायाै र उसले मलाई मेराे सामान प्याकिङ्ग गर्न भरपुर मद्दत गर्याे । काम सकेर हामी कुराकानी गर्दै थियाै फेरी हामी याैवनकाे मदहाेसीमा डुब्न पुग्याै ।

भाली पल्ट हामी आफ्नाे गन्तव्यमा लाग्याै । बेला बेला हामी सम्पर्कमा रहन्थ्याै तर केही समय पछी आलाेक पनि हरायाे । उसकाे सम्पर्क पुरै हरायाे । मैले साथीहरुलाई साेध्थे तर उ कसैकाे सम्पर्कमा थिएन अरे । कुराे त्यस्तै ६ महिना पछिकाे हाे मलाई स्वास्थ स्थिति ठिक लागिरहेकाे थिएन । आमा र म जचाँउन अस्पताल गयाै । लक्षण अनाैठाे थियाे । डाक्टरले पनि यकिन साथ यसै हाे भन्न सकेनन् । भिडियाे एक्स रे गरियाे । जब त्यकाे रिपाेर्ट आयाे तब मेराे त जिन्दगीमा प्रलय नै आयाे । किनकी मेराे पेटमा बच्चा थियाे । अवस्था यति पुगेकाे थियाे कि त्यसकाे पतन गराउन नि मिल्ले थिएन । मजबुरन मैले उसलाई जन्म दिनु अलावा म सँग कुनै उपाय थिएन । तर म कुन मुख लिएर अब घर जाउला मलाई त्यतिबेला कुनै पनि निर्णाय लिने क्षमता थिएन । म त फेरी अर्काे गहिराे सद्मामा पुगेकाे थिए । मलाई घर त लगियाे तर म माथि मेराे बुवाआमाले हिनता जनाउनु हुन्थियाे । मलाई अनेकाै मानसिक यातना दिईन्थ्याे  तर म केही बाेल्न सक्दिन थिए । यसरी नै मेराे मावली पट्टीबाट एक जना मानिसलाई ल्याईयाे । उहाँकाे उमेर र मेराे उमेरमा केही फरक थियाे । धेरै हैन म उहाँ भन्दा १९ बर्ष कान्छी रहेछु । कुराे बुझ्दै जाँदा थाह भयाे कि उहाँकाे पहिलाकाे घरजम बच्चा नभएकाे भनेर पत्नी पाेईला गएकाे रहेछ । मेराे सबै कुरा सुनेर सहमतिमै मलाई स्विकार्ने सर्तमा उहाँलाई ल्याईएकाे रहेछ । मेराे भाेली पल्ट नै मन्दिरमा लगेर बिहे गरियाे । बिहे गरेकाे एक महिना मै मेराे छाेराे जन्मियाे । तर उहाँले कहिल्यै पनि छाेरालाई पराईकाे नजरले हेर्नु भएकाे छैन । लेखान्तमा यही नै रहेछ । भएर पनि म मेराे छाेरामा आलाेककाे कुनै पनि अस्तित्व देख्दिन । जब उ मेराे जिवनमा थियाे तब उ मेराे राेशनकाे रुपमा थियाे । आज मेराे जिन्दगी छ त मेराे पति संग छ । म परिभाषित गर्न सक्दिन । आलाेक र म बिच गलत भयाे या सहि तर मिठा नमिठा जस्ता भए पनि मेराे जिवनमा भरिएका रङ्गहरु आफैमा अलाैकिक नै लाग्छ ।

दिनहरु यसरी नै बित्दै थिए । मैले कहिल्यै पनि आलाेकलाई खाेज्न चाहिन । तर अचानक एक दिन खबर आयाे कि उ अस्पतालमा छ अरे भनेर । उसले राति हातकाे नशा काटेर उ गम्भिर अवस्थामा छ अरे भनेर । मलाई विस्वास लागेन किनकी उ त्यस्ताे मान्छे थिएन । आखिर के कुराले उसलाई यस कदम उठाउन बाध्य बनायाे त मलाई आश्चर्य लाग्याे ।खबर त आयाे तर म जान सक्दिन थिए । उसकाे अवस्था गम्भिर छ भन्ने सुन्दा त सुरुमा नराम्राे लाग्याे तर  मलाई उ सँग भेटेर बाेल्नकाे लागि केही थिएन । साथी कै नाताले जाँउ कि भनेर मैले धेरै साेचे तर अहहह म जाँदिन । उ मेराे अतित हाे । मेराे जिन्दगीमा उसले अनेकाै रङ्ग भरेकाे थियाे तर पनि म उसलाई मेराे जिन्दगीमा वापस ल्याउन चाहन्न । म उसकाे लागि प्राथना गर्छु । हे प्रभु उसलाई केही नहाेस । उसकाे जिवनमा सँधै सुख हाेस । उसकाे आगामी दिन शुभ रहुन ।