मलाई आश लाग्नै छाडेकाे थियाे । फेशबुकमा भेटुला र च्याटिङ्ग गरेर उसलाई पटाउला भनेर । अब कलेज लाग्छ अनि उसलाई भट्ने साेच्दै दिन काट्दै थिए । शनिवार या शुक्रवार म त्यति पक्का त छैन तर त्याे दिन दाई उसकाे गर्लफ्रेन्डलाई भेट्न भनेर उसकाे घरनै जानु भएकाे थियाे । किनकी उसकाे ममीकाे शुक्रवार र शनिवार नाईट सिफ्टमा ड्युटी पर्थियाे । दाईकाे माेवाईलमा धेरै केटीहरु सँग कुराकानी हुने भएकाेले प्राय दाई "बचाउ अभियान" कै कारण माेवाईल नलिई  भेट्न जाने गर्नुहुन्थियाे ।दाईलाई आधारभुत आवश्यकतामा  गाँस,वास,कपास तथा सहवासमा खासै केहीकाे कमी भन्ने कुरा चाहिँ थिएन । खैर छाेडाै दाईकाे कुरा, यस कथाकाे हिराे म हु मेरै कुरा तिर जाै । माेवाईल भेट्टाए र फेशवुक खाेले । मनाेज दाईकाे फाेटाेमा बधाईवाला कमेन्टकाे नाेटिफिकेशन रहेछ । काे रहिछ भनेर हेरे । एमिटी कलेजकी एउटी केटीकाे कमेन्ट रहेछ । मैले प्राेफाईल हेरे  । उमेर हाे हजुर माथिका चार ‌ओटा पाेष्टहरु चाप्रीवाला पाेष्ट(Broken heart, Emo, Tattoo wala kt Nihureara baseko black and white photo) अनि तल चाही एउटा वर्थडे वाला Wish गरेकाे फाेटाे अनि लेखेकाे थियाे "Happy Birthday Asmi" अनि फाेटाे थियाे उहि मेरी सपनाकी रानीकाे । उज्यालाे मुहार र डिम्पल परेका गाला अनि जस्ताे मैले उसलाई देखेकाे थिए त्यही पहिरन ।(Schoole Dress) । म फेरी दुविधा मै थिए फाेटाे सेभ गराै दाईकाे फाेन । नाम भेटिएकाे थिएन आज नाम भेटियाे त्याे पनि आधा हाे कि पुरा केही थाहा छैन ।बाेलाउने नाम नै पाे हाे की असली नाम हाे त्याे नि थाह छैन । फेशवुककाे आईडी खाेजे अस्मी नाम मा । अहह केही फेला परेन । किस्ता किस्तामा यसरी त कहिल्यै केही परेकाे थिएन तर मलाई उसलाई चिन्न यसरी नै परेकाे थियाे । मैले त्यही केटीकाे आईडीमा रिक्वेस्ट पठाए । केही बेर पर्खिए । एकछिनमा नाेटिफिकेसन आयाे । खाेलेर हेरे गाँउकाे एउटा हाेलसेल पसलेले फेसबुक पेज बनाएकाे रहेछ अनि ईन्भाईट गरेकाे रहेछ । के पर्खिएर बसेकाे हुन्छ मान्छे त्यसलाई पेजकाे चिन्ता दुईचार शब्द गालि बरबराउदै  रिजेक्ट हाने त्यसकाे ईन्भाईटलाई । मलाई फेरी अर्काे नाेटिफिकेशन आयाे । मनाेज दाईकाे फाेटाेमा फेरी कमेन्ट गरेकाे भनेर अनि फेरी हेरे त्यही केटी थिई । रिक्वेस्ट एसेप्ट हाेला जस्ताे लागेन अनि उसलाई मेसेज हाले "HI" लेखेर । केही बेरमा रिप्लाई आयाे अनि उ सँग कुरा गर्न थाले । उ ईलाम देखी आएकी रहिछ र हाल १२ मा पढ्ने गरेकाे भनेर उसैले भनि । म कुरा घुमाउदै घुमाउदै उसलाई अस्मीकाे बारेमा साेध्न खाेज्दै थिए डाटा सकिएछ ।२० रुपियाका ४० एम्बी डाटाले भ्याएन नाम साेध्न ।

डाटा तानेर फेरी म अनलाईन आएकाे उसले मलाई एसेप्ट गरिछ तर अघि अफलाईन भईसकिछ । त्याे दिन डाटा नास मात्र भयाे काम दिएन । कलेज लाग्ने बेला भएकाे थिएन तर हामी घर गएका पनि थिएनाै किनकी दाईलाई यतै चिठ्ठा परेकाे थियाे हप्तामा २रातवाला । दाईकाे खर्च पानी मजाले व्यवस्था राम्रै रहेकाे भएकाले  गाँउ जाने कुरै थिएन । दाई नभएकाे बेला म फेशवुक खाेल्थिए र त्यही केटी अर्चना सँग जिस्किन्थे तर अस्मीकाे कुरा साेध्न चाँही सकिरहेकाे थिईन ।एकदिन उसकाे साथीहरुकाे बारेमा साेधे, उसले भन्न थालि ब अलिअलि गर्दै गर्दै अस्मी तिर लैजान थाले । उसलाई मैले मेराे परिक्षाकाे दिन उ सँगै भएकाे कुरा बताए र रिमाेट काण्ड पनि सुनाए । उ हासेकाे Emoji हाल्थि सायद दह्रै हाँसाे उठ्याे हाेला । उसकाे आईडीकाे लागी पहिले अर्चनाकाे सबै Friend List हेरे तर अस्मीकाे कुनै ID नभएकाेले उसकाे वास्तविक नाम साेधे । उसकाे नाम अस्मिता रहेछ । कुरा अलिअलि गर्दै जादै  थियाे मैले उसलाई भेट्न भनेर जिस्काई हेरे ।सुरुमा त हाबीजावीका कुरा गर्थि तर २पल्ट कर गरे हुन्छ भनि । सब्जी किन्न जाने भन्दै उसलाई भेट्न गए त्यही दिन। म उ भएकाे ठाँउमा पुगे अनि हामी हिड्दै हिड्दै गफ गर्दै बजार तिर गयाै । मैले उसलाई अलिअलि गर्दै अस्मिकैबारे कुरा निकाल्ने गरि कुरा गर्थिए । कुरा गर्दै जाँदा हामी धेरै नै खुलेर कुरा गर्न थालेका थियाे । मैले उसलाई खाजा खान जाै भनेर भने । उसले नजाने भन्दा भन्दै पनि मैले जिद्दी गरेरै लिएर गए किनकी मलाई उ मार्फत अस्मीकाे पुरा जानकारी लिनु थियाे । खैर म उसलाई लिएर पार्टिसन बाला हाेटलमा खाना खान लगे । उ त्यहाँ अलि सजिलाे महसुुस गर्दं थिई र सबै कुरा भन्दै थिई । मैले २ प्लेट माेमाे मगाए । अनि खादै कुरा गर्न थाल्याै ।

अस्मीकाे घरमा जम्मा ३ जना रहेछन ।उ एक्ली छाेरी अनि उसकाे बुवा नगरपालिकामा कार्यरत हुनुहुदाे रहेछ । उसकाे ममी गृहणी अरे भन्ने कुरा आयाे । कुरै कुरा मा उसले अस्मीकाे काेही केटा साथी छैन किनकी उ अरु सँग बाेल्ने गरेकै छैन भनेर उसले भनिन । उ सिङ्गगल भन्ने सुनेर त मलाई के भयाे भयाे मैले खुशी थाम्न सकिन मेराे प्लेटकाे एक पिस मैले अर्चनालाई खुवाए । उसले लजाउदै खाई तर खाई सकेपछि मैले के गरेकाे हाेला भनेर आफैलाई लाज लाग्याे । खाई सकेर हामी बाहिर आयाै । मलाई त्यतिबेला साच्चै सलमान खान बिच बजारमा नाचे जसरी नाँच्न मन लागेकाे थियाे । सायद रियल लाईफ र फ्लिममा यही फरक हुन्छ हाेला । बेलुका फेशबुक खाेले । अर्चनासँग कुराकानी हुन थाल्याे । म उ सँग आभार थिए किनकी उसले मलाई ठुलाे गुन लगाएकी थिईन त्यही भएरै म उनीसँग खुलेर कुरा गर्न थाले । बैशाख २ गते उसकाे जन्मदिन रहेछ र उसले फेशबुकबाटै मलाई निम्ताे गरिन । उनकाे काेठामा सानाे भाेज जस्ताे राख्ने कुरा भएकाे उसले बताईन । उसले आफनाे सबै साथीलाई पनि बालाएकाे भनेर बताईन । अस्मीता पनि आउने भएकाले मैले भाेली पल्ट गएर धरै त हैन ५८५० रुपैया चस्मा देखी जुत्ता सम्म सबै किने । त्याे दिन पनि आयाे । म एकदम चकाचक भएर भए अर्चनाकाे काेठामा । उसले मलाई हातमा  समातेर भित्र लगिन । सबै जना आएका रहेछन । केटीहरु मात्र । अनि म चै एक्लै एउटा केटा । सबै जना केटी भएकेा ठाँउमा मलाई एक्लै केटा हुँदा लाज पनि लाग्याे । एकछिन गफ गाफ भयाे अनि मैले अर्चनालाई मात्र चिनेकाे भएकाले उ भएतिरै भान्सा तिर लागे । उ बसेकाे घरमा भान्सा चाँही Common Kitchen थियाे । अरु उता गफ गरिरहेकै थिए म भान्सामा गए । पुग्ने बितिकै मलाई हर्टएटेक हाेला जस्ताे भयाे किनकी अस्मिता पनि त्यही थिईन । उनी खाना तयार गरिरहेकी रहिछन ।मलाई लाज लागे जस्ताे भएर आयाे । बिस्तारै पछाडी सर्दै त्यहाँबाट जान आटेकाे उसले देखी हालिन । "अपुई तिमी पनि आएका छ? के छ खबर  ?" उनले साेधिन । मलाई खुशीले सम्हालिन गाह्राे भई रहेकाे थियाे । मैले उसकाे जवाफ दिनै आएन । मैले अनायसै भनेछु ।"मैले तिम्राे नाम थाहा पाए ,अस्मिता हाे " । यति भन्ने बितिकै उ हाँस्न थालिन । अनि "पागल" भन्दै बाहिर गईन । मलाई के गराै गराै भई रहेकाे थियाे अर्चनाले मलाई बाेलाईन । म गए र बेडमा गएर बसे । म अस्मिलाई हेरी रहेकाे थिए । उसले पिलिक्क म तिर हेरिन । अनि फेरी नहेरे जस्ताे गरिन । मैले यता उति हेरेकाे त्यहाँ क्याल्कुलेटर रहेछ ।मैले उठाएर उसलाई देखाए । उनी हाँसाे थाम्न सकिनन र हाँसीन  र सबैले उनीतिर हेरे के भयाे भन्दै । उनी लजाईन ओठ टाेक्दै औला उठाउदै "पख तँलाई "भने जस्ताे ईसारा गरिन । त्याे देखेर मलाई साह्रै हाँसाे लागेर आयाे । त्यस पछी हामीले अर्चनाकाे Birthday मनायाै र खाना खान थाल्याै । म उसलाई सकेसम्म जिस्काउथे । उनी त्यसरी जिस्किदा जिस्किदै म सँग धेरै खुल्न थालि सकेकी थिईन । खाना खाई सकेपछी उनी म तिर हेरीरहेकी थिईन । अरु सबै जना गफ गर्दै खाना खादै थिए । मैले उनलाई बाहिर आउन ईसारा गरे । उसले टाउकाे हल्लाउदै नाई भनेर जवाफ दिईन । म बाहिर गए । एकछिन मैले बाहिर पर्खिए उनी बाहिर आईन । मैले उनकाे हात समाएर उनलाई बाहिर लगे । उनी पनि म सँग गँगै आईन । मैले जाै बाहिर एकछिन फ्रेस हुन भनेर । अनि हामी बाटाेमा हल्लिदै हिड्दै कुरा गर्न थाल्याै । मैले भने "त्याे दिन किन नाम न भनेकाे तिमीले मलाई ?" उनी हाँस्न थालिन अनि चिन्दै नचिनेकाे मान्छेलाई किन नाम भन्ने भन्दै अनि नाम कसले भन्याे भने र साेधिन । मैले धेरै मिहनेत गरेर पत्ता लाएकाे भनेर कथा बनाई बनाई उनलाई सुनाए ।उनी हाँस्न थालिन । मैले उनकाे डिम्पल साह्राे राम्राे छ तिमीलाई त म डिम्पल नै भनेर बाेलाउछु भने । उनी पनि मलाई त्यसरी नै "क्याल्कुलेटर" भनेर बाेलाउने भन्दै हाँस्न थालिन । हामी हाँस्दै हाँस्दै जाँदै थियाै तब अर्चनाकाे काेठा नजिकै पाेलकाे बत्ती नभएकाेले अध्याराे थियाे । मलाई अचानक के भयाे भयाे । म राेकिए र उ तिर फर्किए । उनि के भयाे भन्दै साेधिरहेकी थिईन मैले उनकाे गालामा हात राखेछु ।हल्का उज्यालाेमा  म उनलाई देखीरहेकाे थिए । उनका आँखाँ ठुला भएका थिए र म बिस्तारै उसकाे काप्दै गरेकाे ओठ तिर आफ्नाे ओठ लैजान थाले । उनी लठ्ठ परि रहेकी थिईन । म पनि डराउदै डराउदै उसलाई Kiss गर्न जादै थिए । मेराे लाईफकाे पहिलाे मन परेकाे मान्छे र पहिलाे किस । ओहाे म कति भाग्यमानी रहेछु । मैले उनकाे गाला र त्यसमा बडेकाे तापक्रमकाे अनुभव त मलाई भई रहेकै थियाे तर अचानक पछाडीबाट बाईककाे बत्ती बलेकाे आयाे र त्याे उज्याले ले देखिनु अगाडी नै म पछाडी सर्नु पर्याे । कस्स्म मैले मन मनै त्याे बाईकवालालाई  नेपालीमा हुने हरेक शब्द र वाक्यले रित पुग्ने गरि गालि गरे । सके सम्मै सरापे । खिन्न मन लिएर हामी अर्चनाकाे काेठामा फर्कियाै । हामी एकछिन एक अर्कालाई हेर्न सकिरहेकाे थिएनाै  यतिकैमा हाम्राे जाने बेला भयाे । हामी त्यहाँबाट निस्कियाै । अस्मिकाे घर मेरै काेठा तिरबाट जानु पर्ने रहेछ । अर्चनाले नै मलाई उनलाई घर सम्म छाेड्न रिक्वेस्ट गरिन। मैले हुन्छ भने । हामी दुई जना र विर्तामाेडकाे राति ९ बजेकाे सुनसान सडक । 

अनि के भयाे हाेला ?