सपना..

जिन्दगीले भन्दा राम्रो ज्ञान अरु केहीले दिन सक्दैन । किनकी जिन्दगी आफैमा अपरिभाषित छ । जुन कुराको कुनै परिभाषा हुदैन त्यसबाट सिकिने हरेक कुराको अर्थ अनेक लाग्छ । जस्तो एउटा चियाको कप । जब त्यो भरि हुन्छ तब त्यो भरि नै हो । त्यसमा कुनै दुविधा छैन तर जब त्यो आधा हुन्छ तब परिभाषा बिहिन हुन जान्छ । किनकी देख्नेले त्यसलाई आधा खाली देख्छन अनि त्यही कपलाई आधा भरिएको पनि । मान्छेको जिन्दगी पनि यस्तै रहेछ । खै अरुले कसरी गर्छन त्यो मैले सोधेको छैन तर म भन्छु जिन्दगी अपरिभाषित छ । किनकी देख्दा जस्तो सजिलो जिन्दगी त कसैको पनि नहुने रहेछ । खै तँपाईहरु बुझ्नु हुन्छ कि नाई तर मैले भोगेको जिन्दगी र तँपाईले बुझेको मेरो जिन्दगीका के कति दरार रहने छन त्यो पछि समिक्षा गरौला  म मेरो जीवनको कथा सुनाउने फेरी अनुमति चाहन्छु  ।

छानबिन सकियो । सबै कुराको टुङ्गो लाग्यो । मेरो सोधपुछ तथा कानुनी छिनोफानो पनि आयो । सबै तिर सोधिएछ मेरो परिवारीक स्थितिको बारेमा अनि सबै कुरा हेरेर मलाई बाल सुधार गृह पठाईने भयो । अदालतले मैले गरेको अपराधको आधारमा भन्दा पनि गरेको प्रकृतिको आधारले मलाई सजाय दिने भयो । नेपालको कानुनले ६ महिना सम्म कैद दिने या माफी दिने पनि चलन रहेछ तर मलाई गुनासो छैन । त्यो राक्षस त्यसरी नै मरेको ठिक, बरु मलाई माफी नदिए केही भएन त्यसको मरण त जसरी मर्यो उचित तरिकाले नै मर्यो मलाई त्यसमा गुनासो छैन । फैसला लागेपछि मलाई बाल सुधार गृहमा लगिने भयो । हुन त बाहिर मेरो न कोई थियो न केही थियो । बिग्रेको मान्छे अनि भत्केको घर.. कतै केही नभएको मलाई त्यसमा के को डर जता जे गर भने पनि चुपचाप लागेर गए । सुनेको पनि थिईन वाल सुधार गृह भनेर तर मलाई लगियो । मलाई लगेर त्यहाँ केही सोधपुछ गरियो । कागज बनाउन थालियो अनि मलाई लगेर मेरा लुगाहरु सबै फुकालेर राखियो अनि अर्को कपडा दिईयो । नुहाएर मलाई त्यो कपडा लगाए । फेरी नयाँ कपडा, मलाई आमाको याद आउन थाल्यो, नचाहदा नचाहदै मलाई मेरो रोदन थाम्न सकिन म रुन थाले । डाको छोडेर रुन थाले किनकी मेरो यो संसारमा कोही थिएन भन्ने मलाई त्यति बेला अनुभव भएर आएको थियो । “आमा... आमा..” भन्दै म रुन थाले । बाल सुधार गृहमा प्रायः सबै १८ वर्ष भन्दा कममा बालकहरु थिए । म रोएको देखेर त्यहाँको एक जना ईन्चार्ज आएर मलाई नरुन भन्न थाल्नु भयो । म फकिए, रुन छोडे अनि मलाई लगेर बस्ने ठाँउ देखाईयो । म गए अनि एउटा कुनामा टुक्रुक्क बसे मलाई त्यति बेला त्यही राक्षसलाई मारेको याद आउदै थियो । सबै जना बाहिर थिए । म सोच्न थाले मेरा बितेका दिनहरु मलाई झलझली ति घटनाहरु आखाँ अगाडी आउदै थिए । आफु त्यति सम्म निर्मम भएको सम्झिदा आफैलाई ग्लानी पनि हुन्थियो तर मनमा अर्को कुरा के आउथ्यो भने यदि म त्यो मान्छेलाई फेरी पनि जिवित बनाउन सक्थे भने अझ क्रुरताका साथ फेरी पनि मार्थे होला । त्यही सोचेर मलाई कुनै गुनासो हुदैन थियो । अनि एकछिनमा केही केटाहरु आए । 

“ओए फुच्चे, नाम के हो तेरो?” एउटाले सोध्यो । म बोलिन किनकी म बोल्ने मुडमा थिईन । अनि फेरी अर्कोले अझ हेपेर बोल्यो । मलाई धेरै पल्ट तिनीहरुले नाम सोधे तर म बोलिन । म निहुरिएर बसि रहे । यहाँ दादागिरी चल्दो रहेछ मैले त्यही बुझे । किनकी मलाई त्यो बुझ्न कुनै धेरै समय लागेन । मैले चाहदा मात्र म ति चार जनालाई त्यही एकै पटकमा धरासायी गर्न सक्थे तर मेरो मन र दिमाग त्यहाँ कुनै अरु तमासा गर्नमा थिएन । म चुपचाप निहुरिएर बसिरहे । म बस्ने कोठामा अरु ३ जना रहेछन उनीहरु आए अनि आपसमा गफ गर्न थाले । कुराकानी मैले उनीहरुलाई नहेरी निहुरिएरै सुनिरहे । सबै जना मजाका थिए । मलाई उनीहरु सँग कुनै आपत्ति थिएन । अनि एक जना कमल भन्ने मेरो समकक्षीले मलाई बोलाए  ।

“तिम्रो नाम के हो?” उसले सोध्यो ।

“रबि” मैले सानो आवाजमा उत्तर दिए ।

“अनि आजबाट आएको ? के भएर तिमीलाई यहाँ ल्याएको ?” उसले सोध्यो ।

मैले केही बोलिन किनकी मलाई केही बोल्न मन थिएन । उसले फेरी भन्यो “अघि तिमीलाई अरु केटाहरुले केही गरे कि नाई?”  मैले टाउको हल्लाए नाई को ईसारामा । अनि उसले भन्यो “ति केटाहरु एकदम खराब छन । त्यो मोटे छ नि त्यो रोशन भन्ने त्यो चहिँ मोनिटर हो क्या । खालि अरुलाई दुःख मात्र दिन्छ । कहिले त्यसको कपडा धोईदे भन्छ कहिले भाडा मोल भन्छ । तिमीलाई त केही भनेन नि?” उसले फेरी सोध्यो । मैले टाउको मात्र हल्लाए । म घुडामा टाउको निहुरिएर बसेको थिएन । अनि उसले मलाई बाहिर जान भन्यो । मलाई कतै जान मन थिएन । उ गयो । म सोची रहे । अब के गर्ने यहाँ के हुन्छ मलाई केही थाह थिएन त्यही भएर म पर्खि रहे कति बेला त्यो केटा आउछ भनेर । अनि उ आए पछि मैले उ सँग कुराकानी गरे । उसले त्यहाँको सबै कार्यतालिकाको बारेमा बतायो । अनि सबैको बारेमा परिचय दियो । को को राम्रा को को नराम्रा सबै भन्न थाल्यो । अनि कोठाको अरु सबै आए पछि फेरी सबै सँग परिचय गरियो । अनि त्यसरी नै त्यो दिन कट्यो ।

बाल गृहमा त्यहाँको बेग्लै संसार हुदो रहेछ । बिहानै उठ्ने समय अनि त्यस पछि कसरत अनि प्रार्थना । त्यस पछि पढाई अनि खाना खाने समय सबै थोक हुदो रहेछ । सोही अनुसार म पनि त्यही संसारमा अलि अलि घुल्न थाले । कमल, भविन, जीवन अनि म हाम्रो कोठाको मिल्ने साथीहरु थियौ । म र जीवन हत्याको कारण थियौ भने  भविन र कमल लागुपदार्थ र अरु त्यस्तै कारणले परेका रहेछन । काठ्मान्डौमा त्यस्तै गिरोहको कारणले उनीहरु फसेका रहेछन । बालक हुनु पनि कष्टकर छ नेपालमा । त्यसरी फसाएर यिनीहरु यहाँ थुनिएका छन अनि उनीहरुलाई लाउनेहरु आनन्दले घुमिरहेका छन । चल्दो रहेछ । अनि हामी एक आपसमा भएका घटनाहरु साटासाट गर्थिउ । हुन त हामी सबै टुहुरा नै थियौ तर मैले जति गम्भिर अपराध अरुको थिएन । त्यसरीनै दिन बित्न थाल्यो । एकदिन भबिन रुदै रुदै आयो । 

“के भयो? भबिन किन रोएको तँ?” मैले सोधे ।

उ रोई मात्र रह्यो । औलाले बाहिर देखाउदै रुदै थियो । ४ जना त्यही केटाहरु आए ।

कोठामा म अनि भबिन थियौ ।

“जे होस मजा आयो आज यो सँग पनि । टाईट रहेछ मुलाको..” त्यही मोटेले भन्यो । 

“दाई यो नयाँ केटोलाई पनि ठोक्दिम न साला अस्ती नाम सोध्दा पनि भन्दैन थियो त ।” अर्कोले भन्यो । 

अनि अर्कोले मेरो कट्टु फुस्कायो । अनि हाँस्न थाल्यो । मलाई रिस उठ्यो । मतलब यि केटाहरु आफु भन्दा सानालाई यौन शोषण गर्दा रहेछन अनि भबिनलाई पनि त्यही गरेको रहेछन ।

 मैले भने “हेर् म सँग रेला नगर । म सँग जोगिई है ।”

“के गर्छस? मादर... के गर्छस ? धेरै भएको तँ? चिनेको छस मु.. म को हो ? ” रोशन भन्ने अर्को मलाई धकेल्दै आयो । 

“हेर त न छो मलाई, अनि बोल्दा बिचार गर है । तेरो बारेमा सबै म ईन्चार्जलाई भन्दिन्छु । तैले गलत गर्दै रहेछस । ” मैले भने ।

सबै जना हाँस्न थाले ।

“जा भन.. के भन्छस भन.. कसले के गर्छ ? साला आएको एक हप्ता भएको छैन हामीसँग ठुला कुरा गर्छस? माचि.. साला । रन्...को छोरो ।” उ बोल्दै थियो । आमाको अपमान गरेर बोल्न थाल्यो मैले उसको छातिमा कुईनोले दिए । अनि चिउडोमा बक्सिगंले हाने । उसको बोली पुरा हुन नपाउदै  मैले उसको भेष्टको कलरमा समातेर झुकाए अनि घुडाले नाकमा दिए । उसको नाकबाट रगत बग्न थाल्यो र उ नाक समातेर कुनामा गयो । एउटा कुदेर बाहिर जान खोज्दै थियो मैले तुुरुन्त छेकेर उसको ढाडमा घुडाले हानेर लडाए अनि ढोका बन्द गरे । चुकुललगाए लागेन अनि भबिनलाई ढोकामा बस्न लागाए । मलाई ति केटाहरुको ब्यहोरा देखी अगाडी देखि नै चित्त बुझेको थिएन । त्यही भएर त्यो लडेको केटाको अनुहारमा बक्सीगंले प्रहार गर्न थाले । करिब २० देखी २५ पल्ट मैले उसको अनुहारमा हानी रहे । अनि दुईओटाले मलाई समातेर छुटाए । मैले ति दुईओटा मध्ये एउटालाई नाईटोमा खुट्टाको औलाले हाने त्यो त्यतै पेट समातेर बस्न थाल्यो । अनि अर्कोलाई मैले लक लगाए लडाए । उसले मेरो भेष्टमा समातेको थियो त्यही भएर मेरो नजिक थियो । हात समातेर घुमाए अनि पछाडी कुहिनोले ढाडमा हाने । फेरी उसलाई घाँटीमा समातेर निर्चोन थाले । मलाई मेरो आँखामा त्यही जडिया भएको ख्याल आई रहेको थियो मैले फेरी उसलाई फर्काएर नाकै नाकमा हान्न थाले । उ रुन थाल्यो । “चुप लाग.. रोईस भने म तँलाई मारिदिन्छु । यो भन्दा अगाडी यसरी नै मैले मेरै बाउलाई मारेको छु ।.. चुप चाप थापिरह..” उ रुन छोड्यो तर मैले उसलाई लगातार हानी रहे । उसको दातबाट रगत बग्न थाल्यो तर घाँटीमा थिचेर मैले लगातार हानेको हुनाले उसको बोली आएको थिएन । 

“रवी... छोडदे मर्छ यो फेरी ” भन्दै भबिनले मेरो हात समात्यो । म झस्किए । अनि म उठे । उसको हालत बिग्री सकेको थियो । 

“कसले तँलाई अगी रुवायो देखा? ” मैले जंगिदै सोधे । उसले ईसारा गर्यो रोशन तिर । यहाँ कोई करायो या बाहिर गयो भने सम्झी मैले त्यसलाई मारे । चुपचाप जो जाहाँ छ त्यही बस्ने । ” मैले भने ।

अनि गएर त्यो मोटेलाई समाते । उसले मेरो हात छुटायो । मलाई फेरी रिस उठ्न थाल्यो । मैले उसको दाईने गालामा बक्सिगं हाने । उसले पनि मलाई पेटमा लात हान्यो । म लडे । मलाई अब सहि नसक्नुको रिस उठ्यो । मैले उफे्रर उसको टाउकोमा किक हाने । उसलाई नराम्ररी लाग्यो । अनि उसको र मेरो फेरी ह्यान्ड टु ह्यान्ड कम्बेट पर्न थाल्यो । धेरै दिन पछाडी मलाई कम्बेटको चान्स परेको थियो । मैले दिल खोलेर त्यसलाई पिट्न थाले । अलि अलि गर्दै उ रगतम्मे हुदै जाँदै थियो । अनि फेरी मैले उसको आँखामा प्रहार गरे । उ चिच्यायो । मलाई त्यो हजम भएन मैले उसलाई मुन्टोमा समातेर अगाडी अडाए अनि गला दबाउन थाले । “तँलाई अघि नै भनेको थिए आबाज ननिकाल भनेर । काल खोजिस हैन ? मार्दिन्छु म तँलाई अब.. ” उसको दुईओटा पाखुरामा घुडाले थिचेर मुखै मुखमा मुक्का हान्न थाले । बाहिर बाट ढोका ढकढकाउन थाले । कतै न कतै बाट कुरा पुग्यो नै । तर मलाई पुगेको थिएन । मैले तत्कालै त्यहाँ बाट त्यसलाई उठाएर उसको सुतेकै अबस्थामा हात टाड पारेर घुडाले हानेर हात भाँचिदिए । अनि बाहिरबाट ईन्चार्जले ढोका खोलेर मलाई तानेर छुटाए अनि अफिसमा लान थाले ।

मलाई लगेर पहिले त बेतको छडीले पिट्न थाल्नु भयो । म रुन थाले । 

“मैले झगडा गरेको हैन सर, त्यही हाम्रो कोठामा आएको थियो ।” मैले रुदै भने तर मेरो सुनुवाई भएन । मेरो सरिरमा छडीको डाम धेरै नै बस्ने गरी मैले पिटाई खाएको थिए । अनि धेरै नै भए पछि चहिँ रोकिएर मात्र मलाई सोध्नु भएको थियो । के भयो भनेर । मैले सबै कुरा भनि दिए । उनीहरुले भबिनलाई जबरदस्ती गरे अनि मलाई पनि गर्ने कोशिस गरेको  भनेर । अनि भबिनलाई बोलाएर सोध्नु भयो । उसले पनि त्यही कुरा बतायो । तर मैले ति ४ जनालाई गरेको धुलाई एकदम निर्घात थियो । मलाई एक हप्ता कोई सँग नबोल्ने भनेर सजाय दिईयो । मेडिटेसन गराउने भनेर मलाई मेडिटेसनको लागि अलगै अब्जरभेसनमा राखियो । मेरो काम भनेको बिहान उठेर एक्सारसाईज पछि मेडिटेसन मात्र हुन्थियो । मतलब मैले ध्यान गर्नु पर्ने थियो । कतै कोही सँग बोल्न नमिल्ने । खाना खाने बेलामा खाना खाने अनि मेडिटेसन । सुरुका केही दिन म निकै  गाह्रो हुँदा हुँदै गर्दै थिए तर अलिक पछाडी मलाई सहज हुन थाल्यो । सात दिन लगातार दिनको १५ घण्टाको मेडिटेसन थियो । मैले गरे । सुरु सुरुमा ढाड दुख्थीयो, अररिएर आउथ्यो तर पनि मलाई कुनै बाहाना थिएन । मैले गर्नै पर्ने थियो । म एकाग्र भएर गर्न थाले । मेरो ध्यान अलिक ठेगानमा आएको थियो । अनि हामी साथी साथी आपसमा मिलेर धेरै कुराकानी गर्न थालेका थियौ । ठुलो भएर यो बन्ने त्यो बन्ने भन्ने उमेर हाम्रो सकिएको थिएन । तर मलाई त बन्ने कुरामा केही पनि थिएन । बस मलाई त आमाको सपना पुरा गर्न बिदेश जानु थियो अनि धनी मान्छे बन्नु थियो ।

“विदेश जाने अरे? अनि बिदेश जान त अंग्रेजी जान्नु पर्छ त । तिमी त अंग्रेजी नै बुझ्दैनौ भने त्यहाँ कसरी काम गर्छौ र धनी हुन्छौ ?” कमलले भन्यो । 

मलाई त्यो कुराले मन छोयो । किनकी यो कुरा सत्य थियो । नेपालमा नेपाली बोलिन्छ अनि ईन्डियामा हिन्दी त्यस्तै अरु देशमा पनि त अर्कै भाषा होला नि । सबै तिर चल्ने त अंग्रजी हो । मैले अंग्रेजी सिक्न थाले । मलाई अब अंग्रजी सिक्नु थियो । त्यही भएर मैले मेरो जिन्दगीमा दुई ओटा चिजलाई प्राथमिकता दिएर अगाडी बढ्न थाले । मलाई कराते र अंग्रेजीमा एकदम लागि परेर सिक्न मन लागेको थियो अनि म त्यसैको लागि हरेक पल लागि पर्थे । बाल गृहमा पढाई हुन्थियो तर मलाई अरुमा कुनै दिलचस्वी थिएन । मलाई बस अंग्रजीमा मतलब थियो । म हरेक चिज अंग्रजीमा मात्र गर्न थाल्थे । बोल्दा, लेख्दा, कतिपय समय सोच्न पनि म अंग्रेजीमा कोशिस गर्थे । मेरो जिन्दगीमा एकदम कम थिए ईच्छाहरु अनि म ति कुरामा एकदम एकाग्र भएर लाग्न थालेको थिए । 

एक वर्ष काटेर मैले बालगृह छोड्नु पर्ने बेला हुन थाल्यो । त्यो बेला सम्म भबिन र कमल गई सकेका थिए । अनि म र जीवनको पनि पालो आयो । जीवन म भन्दा एक हप्ता अगाडी गयो अनि म पनि जान तयारीमा थिए । पालो आयो । जब मलाई त्यहाँबाट रिहा गर्ने भनियो तब मेरो चिनजान र संरक्षणको लागि कोई पनि थिएन । अलिकति आफन्त भनौ या नजिकको मान्छे भनेको कपिलदाई थियो । मैले उहाँहरु सँग कुरा गर्न भने । अनि त्यही अनुरोधमा कपिलदाईको बुबा बालगृह आउनु भयो । अनि कुराकानी गरेर मलाई त्यहाँबाट लाने भनेर कुरा गर्नु भयो । मेरो जिन्दगी फेरी त्यही पुरानो शैलीमा फर्कन थाल्ने भयो । तर मेरो यो संसारमा कोही छैन भन्ने पनि पक्का नै थियो । अब मैले संसार बनाउनु थियो । मलाई एउटा जुनुनले छाएको थियो कि अब मैले सपना पुरा गर्नु पर्छ भनेर तसर्थ म पुरा रुपले मेरो सपनालाई पछ्याउन थाले । म कपिलदाई सँग फेरी स्कुल जाने आउने गर्थे म कराँतेमा त्यसरी नै पुरा रुपले लागि परेको थिए । मलाई कपिलदाईको परिवारले सदस्यको रुपमा स्वीकार्नु भएको थियो । बेलुका घाँस काट्ने अनि बारीमा एकछिन काम सघाउने मेरा बस त्यति नै जिम्मा थियो अनि मलाई त्यसमा कुनै आपत्ति थिएन पनि । मैले फेरी स्कुल ६ कक्षा देखी दोहो¥याएर पढे । स्कुलमा जादाँ आउदाँ मलाई कहिल्यै कसैले राम्रो नजरले हेर्दैन थियो । धेरै पल्ट मलाई हत्यारा भनेर कुरा काटेको पनि सुन्थे । सहकक्षी साथीहरुको आमा बुबाले फलानो सँग हिमचिम नबडाउनु भनेर पनि भनेको सुन्थे तर मलाई फरक पर्दैन थियो किनकी मेरो बाँच्नुको उद्देश्य अब फरक थियो । सहानुभुति, दया, कृपा भन्ने कुराको कुनै आशा थिएन । कसैलाई दया, प्रेम, माया भन्ने कुरा मेरो दिलले बिर्सन थालेको थियो । घरमा अंग्रजीको फिल्म हेराई ,अंग्रेजी किताब पढाई अनि पत्रिका पनि अंग्रेजी सबै थोकको पराकाष्टा देखेर मलाई  घरमा जिस्काउनु हुन्थियो ।

“हेल्लो मिस्टर रवि.. वाट आर यु डुईगं?” प्रायः बुबाले मलाई देखि सक्दा जिस्काउने गर्नु हुन्थीयो । 

“जेठ भन्दा अगाडी के आउछ?” मलाई सोध्नु हुथियो । म हास्थे । किनकी मैले वाई भन्दा उत्तर बैसाख हुन्थियो अनि अलिक पछाडी मलाई जवाफ दिन आउन थाल्यो । “जवाफ ईग्लीसमा दिउ कि नेपालीमा? ”भनेर भन्थे । बुबा हाँस्नु हुन्थियो । 

दिनहरु यसरी नै बित्दै थिए । म बिहान ४ बजे देखी स्कुलको ग्राउन्डमा कराते सिक्थे । करिब ८ बजे सम्म म हरेक दिन अभ्यास गर्थे । एकदम अफ्ठ्यारो भन्दा अफठ्यारो काता र स्टन्टमा म पोख्त हुँदै जादै थिए । चार बर्ष मैले यसरी नै काँटे । अनि मैले एस.एल.सी पनि दिए । तब सम्म मैले करातेको ब्ल्याक बेल्ट सकिसकेको थिए । अब मलाई कोई सँग पनि कुनै फरक पर्दैन थियो । एउटा सपना पुरा भयो तर अब अर्को सपना पुरा गर्नु थियो त्यही भएर मलाई त्यो गाउँले अरु केही दिन सक्दैन थियो त्यही भएर मैले गाँउ त्याग्ने बिचार गरे । मलाई घरबाट बाहिर जाने अनुमति थिएन किनकी मलाई गाँउकाले गर्ने व्यवहार र मेरो रिसको कारण मलाई धेरै कुरामा पाबन्दी थियो । त्यो भन्दा पनि म प्रतिको माया थियो तर मायाले मेरो संसार थाम्दैन थियो त्यही भएर मैले मेरो जिन्दगीको अर्को कठिन निर्णय लिनु थियो ।  


बेलुका खाना खायौ । म सबैलाई नियाल्दै थिए । मेरो मन भित्रको समुन्द्रका छालले मलाई एकदम उखुम बनाएको थियो । खाना खादाँ सँधै मिठा मिठा गफ हुन्थे । बुबा प्रायः हसिला कुरा गर्नु हुन्थियो तर आज मलाई हाँस्ने कुनै मुड थिएन । म जबरदस्तीको हाँसो हाँस्दै थिए । आमाले मलाई खाना खाँदै गर्दा सोध्नु भयो ।

“ ऐ रवि के भयो ? किन खाना न खाएको? हैन के भयो यसलाई आज । खाउ कि नखाउ गर्दै खाँदै छ त ।” भन्दै अन्डाको उहाँले आफ्नो भागबाट चुडेर मलाई दिनु भयो । मेरो मन फेरी रुन थाल्यो । किनकी मैले लिएको निर्णयले त्यो ममतालाई पनि कुल्चेर अगाडी जाने थियो, त्यो बुबाको स्नेह, आमाको माया अनि दाजुको साथ सबै मैले त्यागेर अगाडी जाने निर्णय लिई सकेको थिए । एक पल्ट सोचे मतलब सोचे अब कुनै मुल्यमा पनि म त्यसबाट बिमुख हुने छैन । त्यही सोचेर खाना खाए पछि सबै जना सुत्ने प्रतिक्षामा रहन थाले । जम्मा जम्मी ६५०० रुपैया थियो मेरो जिन्दगी भरको बचत त्यही बोकेर सानो झोलामा दुई जोर लुगा हाले अनि एउटा पत्र लेखे ।

“प्यारो बुबा, आमा र दाजु..

मेरो जिन्दगीमा यदी कुनै मुल्यवान चिज छ भने त्यो तँपाईहरु नै हो । म एक टुहुरो बबुरोलाई तँपाईहरुले दिनु भएको ममताको म आजिवन ऋणी रहनेछु । तँपाईहरुको मायालाई त्यागेर जानु पर्दा यो मनमा भएको पिडा म बताउन सक्दिन । एउटा पुरानो वाचा पुरा गरेर फेरी फर्किने छु भन्ने बाचा गरेर म बिदाको अनुमति चाहन्छु  । हजुरहरुको माया र आशिर्वाद सदैब रहोस । 

रवि”

एउटा पत्र लेखेर मैले बुबा आमाको कोठामा राखिदिए अनि सामान बोकेर निस्के आफ्नो सपना पुरा गर्ने यात्रामा । न कुनै ठाँउ देखेको थिए न कतै चिनेको थिए । आमाको सपना पुरा गर्नुथियो त्यो संसारमा जहाँ उहाँ नै हुनुहुन्न थियो र त्यो संसार जसमा मेरो भन्ने केही नै थिएन तर सबैलाई जित्नु थियो जरुर ।  रातिको ३ बजे मैले घरबाट निस्किए, चिसो हावाको सिरेटो अनि पर पर कता कता कुकुर भुक्दै गरेको सुन्दै म बाटै बाटो लागे सपनाको खोजीमा गन्तब्य बिहिन बाटो । उमेरको जोस भनौ वा जिद्दीपन तर लिएको निर्णय पुरा नगरी सकिन मैले । म हिडे..