फाईनल्ली...

मान्छेका सोक पनि अनेक क्या । हरेकलाई कसैको नोकरी स्वीकार्य छैन । धेरै पैसा, ठुलो घर, गाडी, राम्री वाईफ सबैलाई चाहिन्छ । जो हेर्यो विज्नेस गर्ने, आफ्नै व्यवसाय गर्ने, व्यापार नै अपार भन्न चहिँ सबैले भन्छन तर गर्ने भनेको एउटा दुईटाले मात्र । अब तँपाईलाई लाग्दै होला म पनि आँफै विज्नेस गर्छु, धनी बन्छु भनेर । यदि धनी हुनै नपाएर हो भने चहिँ छोड दिनुस । पैसा भनेको, धन भनेको हातको मैला हो । एकदम फोहरी कुरा । अनि फोहर बटुल्लु भनेको विग्नेस हो । अरे यार आयोग तयारी गर्नुस, दुईचार वर्ष घोटेर पढ्नुस, कमाउनुस् न के फोकटमा टाउको दुखाउने रहर यार? मलाई सोध्नुस क्या विज्नेसमा के के हेडेक हुन्छ भनेर । सुरुमा देख्दा पैसैपैसा, हुने बेलामा लोन र क्रेडिट, कतै जाँउ टायम छैन, जति बेलै टेन्सन, खाली प्रोफिट लस मात्र याद आउने । यस्तो तनाब साला के लाईफ चुज गरेछु यार । कहिले काहिँ लाग्छ क्या मलाई पनि । चट्ट भ्याकेसनमा कतै घुम्न जान पाईयोस, काम टेन टु फोर गरेर बेलुका फेमेलीसँग बस्न पाईयोस । मलाई पनि त रहर लाग्छ । शनिबार छुट्टीको दिन फेमेलीसँग कतै घुम्न जान पाईयोस, बुढाबुढीले कहिले सेल्फी खिच्ने, कहिले टिकटक बनाउने के मेरो चहिँ मन लाग्दैन होला? गाईज  बर्षौ बितिसके मैले राम्ररी बुढीसँग कतै घुम्न जान पाएको छैन । उनीसँग पहिले जस्तो माया पिरतीको कुरा गर्न नपाएको त कति भयो कति । सुन साईली चालिस कटेसी रमाउला भनौ भन्दा पनि खै के भन्नु न बिदेश गएको छु न त कन्ट्राक्ट सकेर फर्किउला भन्नु छ । विजी लाईफ । त्यही भएर त विजिनेस । कम्पनीको नाम लाईफ केयर तर न आफ्नै लाईफ फ्रि न केहीको केयर । गाह्रो छ हजुर गाह्रो छ । धन्न कपाल चहिँ झर्न थालेको छैन यार नत्र कस्सम म फिल्ममा देखिने विजी विज्नेसमेन नै देखिन्थे होला ।

तर मैले सोचि सकेको थिए । म सँधै भरि यसरी विजी हुने काम अब कम गर्नु पर्यो भनेर । त्यही भएर सबै भन्दा पहिले मैले पैसा जुटाएर एउटा सर्कल बनाउनु थियो । यस्तो सर्कल जस्ले काम भनेको अटोमेट गरि रहोस । कुरो कम्पिटिसनको आउछ क्या । साला केही दिन रेस्ट लियो फर्केर आउदा मैदानमा अर्कैले रैला गरिरहेको हुन्छ । त्यही भएर मैदान रुङ्न भए पनि छिरिक्क हल्लिने उपाय हुदैन । अब कम्पिटिसन नै गर्ने भने पनि ठिकै छ । अब मलाई रेस्ट लिनु छ त्यही भएर कम्पिटिटर पनि आफै बनाउछु । जसले गर्दा साला कोही मेरो ओसियनमा ईन्ट्रि नै लिन नपाओस । रिसोर्स र पैसाको खासै बाल थिएन मलाई । समुन्द्रै त नभनौ तर पैसाको पोखरी अनि मान्छेको भिडको कमि त मलाई हुने कुरा थिएन । त्यही भएर ईन्सिचिउटका सेलेक्सनमा नपरेका क्यान्डिडेडलाई भेला पारेर अर्को कम्पनी रन गर्न तिर लाग्नु बेस्ट थियो । तर अब त्यो काममा मेरो अर्को ह्यान्ड पनि चाहिएको थियो । राईट ह्यान्डमा अंकित अनि अब कम्पिटिटर भनेपछि लेट्स से लेफ्ट ह्यान्ड । त्यसको लागि सिम्प्ली द बेस्ट अनुप । किनकी उसलाई मैले सुरु देखि नै धेरै सपना देखाउदै आएको थिए । अब मैले उसलाई प्रोपरलि मोबिलाईज गर्नु पर्ने अवस्था आएको थियो । कम्पनी दर्ता गर्नको लागि गए काठ्मान्डौ । केटाहरु सँग कुराकानी गरियो । सबै चाजो पाँजो मिलाईयो अनि तयार गरियो अर्को कम्पनी “गुड लाईफ कम्पनी प्राईभेट लिमिटेड ” जसको काम ए टु जेड सबै लाईफ केयर कै थियो । सुरुमा मैले अनुप र अंकितलाई राखेर मैले सबै प्लान बताए । सबै काम सेम हो । अब तिमीहरुले एक आपसमा कम्पीटिसन गर्ने हो भनेर बताए । एकदम बराबरीको कम्पिटिसन भनेर बताए । सुरुमा मैले के भने भन्दा काम एक महिनामा अंकितले आफु बराबर अनुपलाई बनाउने । अनि अनुपलाई गुड लाईफको सिईओ बनाउने । सबै काम अनुपले लाईफ केयर सँग कुनै पनि कन्टेक्ट नदेखाई सुरु गर्नै, सबै यति स्मुथली गर्ने कि देखिनु पर्यो । अनुपको अब लाईफ केयरबाट लिनु दिनु केहि छैन भनेर । काम गर्ने कुरामा लाईफ केयरले पुरानै तरिकाले एक्सपान्सनमा जाने तर गुडलाईफले कन्ट्राक्टमा स्टाफ राख्ने अनि पेल्ने भन्ने कुरा आयो । सिधा सिधी कोर कुरा सेम तर फरक प्रिन्सिपलमा काम गर्नु पर्ने । फरक पनि हुनु पर्यो अनि मार्केटमा ईक्वीलिविरियम पनि रहनु पर्यो । रिटेलमा अरुको ईन्ट्रि मलाई नभएको देख्नु थियो । त्यही भएर मैले १५ पर्सेन्ट ईक्विटी अनुपलाई दिएर कम्पनी रन गराउनु थियो । पर्सनल्ली यो डिलमा अनुपलाई मालामाल हुने हन्रेड पर्सेन्ट चान्स थियो । त्यो कुराले अंकितले भाउ खाला भन्ने पिर पनि थियो तर जसले जति खोके पनि यो काममा मैले अंकितबाट त्यो आउटपुट पाउनेवाला थिईन । त्यही भएर अनुप नै बेस्ट थियो । पैसाको खोला फेरी बग्यो । यस्तो तरिकाले मैले भेकेन्सी आउट गरे कि सबैले त्यसमा ईन्ट्रेस दिए । सेलरी भनेपछी त के छ र फाला फाल मान्छे आउने । खयर मलाई बाल थिएन । सिधा कुरा सुरुमा भाडामा स्टोर लिने । अनि सबै भने जसरी नै काम सुरु गरियो । स्टोर बन्न थाल्यो । पृथ्वीनगरमा एउटा स्टोर बन्न थाल्यो । तर यो पल्ट मैले कार्पेन्टर पनि हायर गर्ने भए । भाडामा लिएर सटरमा फर्निचरको लागि सप्लायर्स खोजे अनि कार्पेन्टर हायर गरे । कार्पेन्टर हायर गर्दा पुराना जो जो कार्पेन्टर थिए । उनीहरुलाई नै काममा लगाए । बास्तबमा त्यसरी राख्नु मेरो रहर भन्दा बाध्यता थियो । किनकी उनीहरुको काम गराई एकदम स्मुथ प्लस एकदम महंगा थिए । म  स्टोर एक्पान्ड गर्न लाई पछि नहट्ने नीतिमा थिए अनि त्यस पछि कार्पेन्टर त चाहिन्छ चाहिन्छ । अनि धमाधम उनीहरुलाई काममा लाउन थाले । हरेक स्टोरले एक बर्षमा नौ जना दिन्छ । उनीहरुलाई एउटा एउटा स्टोर दिने अनि एक्सपान्सन गराउने । यो आईडिया अनुसार त कार्पेटरहरुको सुपथ तेल निस्किने अनि खर्च भनेको सेलरी बेसमा हुन्छ । सुरुमा ४ जना कार्पेन्टर थिए । एउटा स्टोरलाई उनीहरु मिलेर जसरी हुन्छ काम त मजाले गर्थे । सुरु सुरुमा त धमाधम काम सक्ने उग्रिने मात्र थियो । केटाहरु सोच्थे सहि काम पाईयो । एउटा काम २ हप्तामा सक्ने अनि आराम गर्ने । म केहि भन्दिन थिए । काम नभए बरु अफिस आएर ल्याप्चे लगा अनि फिल्म हेरेर बस तर अफिस चहिँ आईजो भनेर । उनीहरु गर्ने पनि त्यसरी नै हो फेरी । अनि बिस्तारै स्टोर एक्सपान्ड हुन थाले पछि त मुत्न पनि पाउन छोडीहाले नि । उनीहरुलाई कुनै स्टोरमा काम हुन्जेल, स्टोर मै खाने,बस्ने,सुत्ने, हग्ने, मुत्ने सबै व्यवस्था मिलाईयो । अनि कन्सट्रक्सन टायम भरी स्टोर एरियामा कसैलाई आउन र त्यहाँबाट बाहिर जान सबै रोक लगाएर काम गराउन थालियो । साला एउटा कुरा रियलाईज भयो क्या । जब काम सेलरीमा हुन्छ नि तब काम छिटो सक्ने अनि रेस्ट गर्ने तिर लाग्दो रहेछन । तर जब काम हाजिरामा हुन्छ नि तब त लर्याङतर्याङ् क्या । तर ठिकै छ । ३ हप्तामा काम सकेर स्टोर रेडी । सेलरी अनि ओ.टी. सबै दिएर काम लगाईयो अनि काम सकेर स्टोर पनि ओपनिङ गरियो । चलाउनलाई मलाई केही बाल थिएन । मैले स्टोर दर्ता गराउदा ससुराको नाममा दर्ता गराएर चलाएको थिए । अनि १५ पर्सेन्ट त्यसमा सेयर अनुपलाई दिएर दर्ता गराएर चलाएको भएकाले त्यसमा मेरो उपस्थितिको जरुरी थिएन अनि अर्को कुरा पृथ्वीनगरमा मलाई कसैले चिन्ने पनि थिएन । त्यही भएर त्यहाँ स्टोर चले पछि फेरी अलिक पर अर्को स्टोर खोलियो । त्यहाँ चहिँ लाईफ केयरको । दुई महिनाको अन्तरमा स्टोर ओपन गरेर त्यहाँ एउटा अर्को कम्पिटिटर  बनाईयो । अब कथाले नयाँ मोड लिन थालेको थियो । किनकी मार्केटमा मेरो अनि मेरो बिरुद्ध पनि म, मतलब मार्केटमा मात्र म, अर्थात मार्केट नै मेरो । म नै मार्केट हु भन्दा हुने अवस्था अनि यो अबस्थामा पुग्नको लागि अब मेरो पहिलो तयारी । त्यसैले यो मेरो अर्को टार्गेट बन्न थाल्यो । मलाई फेरी यही कुराले अल्झाउने जस्तो लाग्न थाल्यो । तर मैले सिस्टम तयार गरिसकेको थिए । अब जे सुकै होस म केही समयको लागि रिफ्रेस हुनको लागि मार्केटको टेन्सन नलिने सोचेर फाईनान्स गंगालाई जिम्मा लाएर टिकासँग एक महिनाको लागि भेकेसनमा जाने भए । म बाहिर हुन्जेलको लागि मैले सुरुमा लाईफ केयरको सबै टिमलाई केही सर्तमा बाँधे । जसमा सिधा सिधी कुरा यो थियो कि, म नहुन्जेल पनि सिस्टम जसरी चलेको थियो त्यो यथावत रहनु पर्यो । कुनै पनि कामले मेरो पर्खाईमा बाटो हेरेको हुनु भएन । म जसरी गर्थे त्यो काम अंकितले पुरा रुपले गर्नु पर्यो अनि कुनै पनि डिसिजन लिदाँ उसले आफु नभएर म भएर लिन पर्ने । कुनै पनि गुनासो एक महिना सम्म मेनेज्मेन्टमा आउनु भएन ।, म एक महिनाको लागि यो कम्पनीको नासो सबैलाई थमाएर जाँदै छु मतलब सिधा कुरा मेरो नासो सकुसल मलाई फिर्ता चाहिन्छ । कम्पनीको प्राईभेसी भनेको कम्पनीको ईज्जत, मान, प्रतिष्ठा अनि आब्रु हो मतलब जसरी एउटा युवतीले जवानीलाई बचाउनु पर्छ त्यसरी नै बचाउनु पर्ने अनि एक महिनामा कसैले गद्धारी गर्छ भने त्यसलाई म न आउन्जेल पर्खिने हैन । अंकितलाई पुरा अर्थोरिटी छ उसलाई जे गर्न मन लाग्छ गर्नु । भरसक प्राईभेसी र ईन्टिग्रीटीमा फरगिभ गर्ने हैन । तर अर्थोरिटीको भरमा कसैलाई अन्याय हुन दिने हैन । यो सबै कुरा मैले वान वाई वान पढेर सुनाए अनि कोर टिमलाई कम्पनी जिम्मा लाएर मैले अनुपलाई पनि एउटा होटलमा बोलाए अनि काम के के गर्ने भनेर स्टेपवाईज बुझाएर म र टिकाले ४० दिनको लिभ लियौ । साला ५ वर्ष पछाडी बल्ल बल्ल टाईम पाईयो यार बुढी सँग टाईम स्पेन्ड गर्न । यो हो एउटा बिजनेसमेनको लाईफ । जसमा दुःख, पिडा, चुनौति, तडप, तनाब, स्याकृफाईज, पैसा, ईज्जत, सबै थोक छ तर आफ्नो लागि टायम छैन । धेरै पल्ट भयो । ब्रान्डेड रक्सी खाईयो, राजाले गर्ने डिनर र सुपर पनि गरियो तर कस्सम त्यसमा त्यो टेस्ट थिएन जुन बुढीसँग दाल भात मुसेर खादाँ आउछ । 

साला त्यो लाईफको मेरो यति पखाई पछाडीको ४० दिन । जसको लागि मैले मेरो लाईफको सात बर्ष पर्खेको छु । जुन बेला मैले टिकासँग बोल्नको लागि बेलेन्स हाल्न सक्दिन थिए तब लाग्थियो कि कुनै दिन उसको लागि म जे भन्यो त्यो किनेर दिनेछु भनेर तर सोचेको थिईन यार त्यसको लागि मैले आधा राम वनबासको समय पर्खिनुपर्ला भनेर । सम्झिन्छु यार म त्यो दिन जब मैले टिकाको लागि काबिल बन्ने सोचेर विदेश भासिने डिसिजन लिएको थिए । कसरी एक पछिका एक दिन काटेको थिए । साला हिजो जस्तो लाग्छ यार ति दिन जब म पागल जस्तो भएर हिडेको जब एउटा राडाले मलाई ल्याम्म थाङ्नामा सुताएको थियो । गद्धारी देखियो, जोस जाँगर देखियो अनि एउटा सुनौलो भबिष्य देखियो । त्यसैलाई पुरा गर्न यहाँ सम्म आईयो । तर एक छिन । अझ धेरै छ यार काम । स्टोर खुलेको खुलै छन् । डिमान्ड भन्दा सप्लाई अझै कम नै छ । अलि र नासिर सँग गरेका प्रमिस पनि छन । काम त अझ धेरै छ यार ।

त्यैट मुला के सारो यार । म त ४० दिनको बिदामा भएको मान्छे यार । कति टेन्सन लागेको यार । अब म त्यतिन्जेल त्यही विक्रम हो जो सात बर्ष अगाडीको एउटा अल्लारे केटा थियो । त्यही केटा जसले एउटी फुच्चीको लागि एउटा सुन्दर भविष्य कल्पिदै दिनहरु गनेको थियो । जसले जवानीको गर्मीमा एउटी फुच्चीलाई लिएर बेपत्ता भएको थियो त्यसरी नै फेरी बेपत्ता हुने एउटा अर्को मौका मिलेको अवस्थामा मलाई बस् एउटा कुरा याद आईरहेको छ । साला त्यो बेला टिकाले पोखरामा एउटा बुटिकमा एउटा लेहंगा किन्न मन गरेको बेला मैले किन्न सकेको थिईन । मलाई त्यही कुराको झल्को आईरहेको छ । कस्तो छ होला त्यो ठाँउ अहिले । लेट्स सी यो भेकेसनमा म उनको के के ईच्छा पुरा गर्न सक्ने छु । अरु त के भन्नु गाईज दिस टाईम टिकाले कुनै यस्तो चिज भनोस त्यसको पसल नै किन्दिन मलाई अब वाल छैन । ओके गाईज सि यु आफ्टर फोर्टि डेज । ..

पिक्चर अभि बाँकी है नागा.. सकियो भनेर हराउने हैन ।