गोप्य कुरा..

अनि कि । कलेज लाईफको कुरा क्या । भर्खर प्लस टुमा ज्वईन भएको बेलाको कुरा हा । हामी त्यतिबेला सबै जना प्राय गाँउबाट आएका थियौ । केही तराई, कोही पहाडबाट अनि सबै जना शहरमा लगभग फस्ट टायम नै हो भन्दा हुन्छ । हाम्रो गाँउबाट म थिए अनि अर्को भनेको अर्जुने । शन्तपुरमा हामी सबै अर्फोड गर्न सक्ने खाले भएरै होला हामी श्री लक्ष्मी प्रतिष्ठान उच्च मा. वि.मा  पढ्ने भएका थियौ । सुरुमा म र अर्जुने रुम लिएर बस्ने भन्ने कुरा भएको थियो । अनि गाडीमा सुरुका केही दिन धाएर त्यतै रुम लिने सल्लाह भएको थियो । दुई दिन जति धाए पछि अर्जुने त्यस्की फुपुको घरमा बस्ने भयो । अनि मैले बस्नु पर्दा कि त एक्लै बस्नु पर्ने या अरु कोही सँग रुम लिनु पर्ने भएको थियो । हुन त अब सल्लाह सँगै बस्ने भएको छ, म सँगै बस् भन्न नि मिलेन । तर त्यो राणालाई सम्झिने हो भने, धोकेबाज त त्यो त्यही बेला देखी रहेछ क्या । हुन त त्यसले २ महिना जति साईन्स पढेर कर्मस पढ्ने भनेर फेकल्टी चेन्ज पनि गरेको हो । के कुरा गरिरहनु र । अनि मैले बस्नको लागि मेरो ग्रुपका केटाहरुले राखे भन्दा हुन्छ । यस्तो थियो । बाल्मिकी खरेल, विवेक बस्नेत दुई जनाले एउटा रुम लिएका रहेछन अनि म उनीहरु सँग एउटै बेन्चमा बस्ने साथी । सुरुमा क्या । म सुरु देखि भन्छु ल । यस्तो भयो । म कलेज जाँदा प्राय बिहानै पाँच बजेको गाडीमा जानु पर्थियो । अनि पुग्दा ७ बज्ने । सुरु सुरुमा त फस्ट पेरियोड सद्ईिसकेको हुन्थियो । अनि हतार हतार एटेन्डेन्स गराउनु भन्दै गएर भन्थे । ईगंलिस पढाउने म्याम थिईन । भर्खरै बिहे गरेको म्याम अनि किन लेट भन्दा मेरो समस्या बुझिथिईन । “ईट्स ओके । आई केन अन्डरस्टेन्ड ।” भन्ने क्या । अनि त्यतिबेला ति म्याम पनि भर्खर नै ज्वईन भएकी थिईन रे । हुन त पुरानो टिचर तर बिहे भएर चहिँ भर्खर मात्र ज्वईन भएको क्या । त्यही स्कुलबाट एस.एल.सी दिएकाहरु चहिँ कहिले मिस अनि सरी म्याम भन्दै रेला गर्थे अनि थाह भयो भनौ न । अनि बिहानै कलेजबाट फर्किदा बेला बेला भाडा मात्र पुग्ने पैसा हुन्थियो तर रुम खोज्नु पर्ने भएकाले म तुरुन्तै फर्कन पनि मिल्दैन थियो । खाजा खाउ भन्दा पैसाले दिदैन थियो । अरु केटाकेटीहरु पुरै नारिदै क्यान्टिन जान्थे । सुन्दा पनि क्या राप्चिक लाग्छ है “क्यान्टिन” भन्दा ? आफु सँग पैसा नभएरै पनि चुप लागेर बस्नु पर्ने पिडा थियो । बाल्मिकी भनेको किताब पढेर बस्ने मान्छे अनि विवेक भनेको बोका क्या । केटी पछ्याउदै लेडिज ट्वाईलेट सम्म जाने लेभलको बोक्स । जे होस केटाहरु एकदम मिल्ने क्या बाल्मिकी धेरै म सँग मिल्ने तर विवेक भने प्रायः घुमिरहने भएकाले क्यान्टिन जौ भन्दै आएको बेला मैले नजाने भने । अनि उसले किन कि किन भनेपछि मैले मेरो समस्या सुनाए । उसले भन्यो बरु भरे रुममा खाना खाउला । कोठाको टेन्सन नलिउ जौ क्यान्टिन भन्न थाल्यो । अब करै गरेर मर्नै खोजे पछि म पनि गए । क्यान्टिनमा जे होस राम्रै भिड थियो । अनि विवेकले त्यो दिन नलगेको भए सायद म कुन दिन चहिँ पुग्थे कोनि अनि त्यो घटना पक्कै पनि हुदैन थियो क्या । विवेक बास्तवमा केटीहरुमा ट्रई गर्ने मात्र थियो । बा पाई पो हाल्छ कि भन्ने कुरा नि । अनि म चहिँ सोझै थिए भनौ न । त्यति बेला कलेजका स्टुडेन्टहरुको खाजा खाने बेला भएको हुन्थियो अनि स्कुलकाहरु भर्खर आउने बेला भएको हुन्थियो । त्यही दिन मैले एउटी फुच्चीलाई देखे । आई मिन । हामी पो कलेजका त । स्कुल लेभलका त फुच्चा फुच्ची भईहाले नि । बाई द वे । उ चहिँ टेन क्लासको स्टुडेन्ट क्या अनि क्लास टेनकाको चहिँ बिहानै देखी एक्सट्रा क्लास के के हुदो रहेछ । अब शहरको सिस्टम । हाम्रो तिर एउटा किट किटे डट बोकेर एसेलसी दिन जाँदा नि भएकै थियो । तर जे होस मलाई त फाईदै भयो । जे होस मज्जाको जिउडाल अनि लजालु चेहरा । पहिलो नजरमै गित गाँउ गाँउ लाग्ने फेस । सिलिक्क कपाल, गोरी, अनि हुनु पर्ने कुरा सबै ठिक्क ठिक्क । तर विवेकेको नजर त्यता जाँदैन थियो । उसलाई सिधा सिधी एटिएम केटीको खोजी रहेछ । खर्च बोकिदिने अनि थापिदिने । अनि प्रायः मिल्दो ठाँउ कुनै नछोडी ट्राई गर्ने क्या । अनि त्यो दिन चहिँ मेरो पैसा लिएर गएर एउटी केटीलाई खाजा खान जौ भन्दै बस्यो अनि मलाई पनि बोलायो । म यता एउटी फुच्चीमा अलमलिई रहेको मान्छे । विवेकेलाई त्यहाँ सर्पोट दिनकै लागि भए पनि म गईदिनु पर्यो । म चहिँ बेला बेला जाँदाजाँदै पनि हेर्दै गए । सुरुमा बोल्न आट पनि आएन । राम्री केटी देख्दा त्यस्तै हुदो रहेछ क्या । अनि गएर बसे छेउमा अनि चाउमिन खाएर म बसे । उ चहिँ घर कता के भन्दै सोधिरहेको थियो । जे होस अरु भन्दा पनि एउटा च्यानल फिट गरेर विवेके फर्कियो । अनि मैले दर्शन गरेर । अनि कलेज सकेर फर्किने बेलामा स्कुलको एसेम्ब्लीमा पनि मैले त्यही केटीलाई देखे । मेरी वालीलाई  भनेको है । जे होस राम्री क्या । मैले उसलाई हेर्दै जादै थिए उसले पनि मलाई हेरी । राम..राम..राम.. सानो लाज लागेन । अनि वाल्मिीकी म र  विवेक लखर लखर उनीहरुको रुमतिर लाग्यौ । उनीहरुको त्यहाँबाट अलिकति पर मात्र थियो त्यही भएर रुममा पुगेर विवेकले खाना बनाउन थाल्यो । खाना बनाउने पालो सिस्टम, अनि विवेकेलाई विहान विहान । किनकी त्यसको पनि कारण रहेछ । बेलुका विवेकेको ठेगान नहुने । लुत्त निस्केर गएको मान्छे एकै चोटी राति फर्किने बानी । अनि त्यही कारणले भात पकाउने जिम्मा बिहान दिए पछि ढुक्क । अनि गफ गर्दै गर्दै खाना बनाईयो । त्यो कोठामा दुई ओटा खाट थियो । अनि एउटा ग्यास चुला सेट । कोठा ठुलै थियो । अनि विवेकेले नै मलाई यतै बस्ने त ? भनेर गफै गफमा अफर गर्यो । सुत्ने कुरामा अलिक अफठ्यारो हुन्छ कि जस्तो लागेको थियो । तर मिल्छ भन्ने कुरा भए पछि हामीलाई बालै भएन । अनि मैले सबै चाजो पाजो मिलाएर त्यही सर्ने भए । अनि कलेज जाँदा आउदा हामी सँगै । एउटा पढन्दास, एउटा बोका अनि म चहिँ नोथिंग । प्रायः म र विवेके भनेको क्यान्टिन जादाँ पनि सँगै तर पुगे पछि उ चिक्ससँग अनि म एक्लै । एकदिन हिम्मत गरेर म त्यो फुच्ची बसेको ठाँउमा गएर बसे । कस्तो लाज लाग्दो रहेछ यार । यसो हेर्छु । उसले पनि देख्छे । लाज लागि हाल्छ । चाउमिनको जात सस नहालि मिठो नहुने । हाल्दा पनि त्यसिमाझ्याक्ने बोतल ठोक्दा हातबाट खुन झर्ला माल झर्दैन । अनि लजाउदै त्यो दिन त सस् नि नहाली लाज सँग मुसेर चाउमिन खाईयो । अनि लजाउदै लजाउदै नाम चहिँ सोधे । “सिम्रन” रहेछ उसको नाम । अनि त्यसरी नै अलि अलि गर्दे उसलाई बानी पारियो । मैले भनेको थिए नि अगाडी नै । क्यान्टिनमै खाजा खाएरै पट्याएको थिए भनेर । कुरो यस्तो क्या ।यता कलेजमा यस्तै थियो । हाम्रो घरमा घरबेटीको ३ जना थिए क्या । एउटी बुढी आमै, बुहारी अनि छोरा । छोरा आर्मी अनि घरमा प्रायः सासुबुहारी मात्र । लुगा सुकाउन माथि जादाँ पनि पानी चुहियो भने सानो कराउदिन थिई बुढी । लास्ट ल्यागंल्यागे । रुम बाहिर जुत्ता चप्पल धेर भयो भने भुत्तभुताउदै हिड्ने बुढी । बेला बेला त त्यहाँबाट बसाई सर्नु जस्तो लाग्ने क्या । अनि एकपल्ट ति बुढीको भाईको घर पनि त्यही नजिक भएकाले त्यतै बस्ने गरि गई । हामी त्यो बुढी नभएको बेला चहिँ बिन्दास गित बजाउदै बस्थिउ । त्यति बेला अजब प्रेम कि गजब कहानी भन्ने फिल्म आएको थियो क्या । अनि पुरै फिल्म रात भरी नोकिया फोनमा त्यो स्पिकर जोडेर हेरियो । विवेके त्यतिबेला बाहिर गएको थियो । अनि फिल्म हेरेर सुतियो । करिब एघार बजे राति तिर म ट्वाईलेट तिर गए । साला बल जलेको रहेछ । अध्यारोमा छाम्दै बाहिर निस्किदै थिए सडि तिर विवेके ढोकियो । मुतेर निक्दिैमात्र छु विरालोको चालमा विवेके माथिबाट तल झर्दै थियो । म ठोकिए । मतलब कुरो बुझ्न टाईम लागेन । माथि भ्याएर आयो भनेर । कसैलाई नभन है नभन भन्दै मलाई साउती मार्दै भन्यो । अब कसलाई के भन्नु र ? थाह नपाए जस्तो त गर्नै पर्यो । सँगैको साथी पढन्दास एउटा अर्को घरबेटी सँगै लडन्दास । अनि म चहिँ साला खच्चड नै थिए । न यता त उता, गेडे जिन्दगी । अनि बिहान खाना बनाउदै गर्दा,

“ कति बेला आईस विवेके राति?”

“खै एघार बजे तिर होला । केटाहरु तास खेल्न थाले पछि बस कि बस भन्छन यार । के गर्नु? ” उ म तिर नहेरी बोल्दै थियो । मन मनै म चहिँ “तास खेलिस कि के खेलिस मलाई पो थाह छ ” भन्दै सोध्दै थिए । अनि ईन्डारेक्टली त्यस्तै उस्तै कुराकानी गरियो । मतलब मान्छे यस्तो स्याल हुन्छन भन्ने सुनेको पनि थिईन यार मैले आफ्नै साथी त्यस्तै निस्किरहेको । साला यस्तो कन्डिसनमा त आफ्नो चिक्स पनि चिनाउन नहुने जस्तो लाग्दो रहेछ । साथी नै सन्जु जस्तो भए पनि कुन बेला कसलाई घपाघप गर्दिने हो टेन्सन हुदैन यार? गर्दियो भने त सिद्यो त । जे होस यता आईकन ४ ओटी भ्याईयो भन्थियो । एउटा त आफैले थाह पाईयो । अनि के कसरी गरियो भनेर पुरै ठुलै काम गरेको जस्तो गरेर मलाई सुनाउथ्यो । तर कस्सम यार आफुलाई भने त्यो कसरी गर्छन भनेर त्यही चलचित्रमा मात्र देखेको थिए । त्यो ठाँउ पनि कस्तो हुन्छ होला भनेर ईमेजिन गर्दा पनि कसरी जान्छ होला भनेर आफैलाई कन्फिउज हुने क्या । अनि त्यही विवेकेको कथा धेरै सुनेरै पनि होला कहाँ गएर चेक गरुम जस्तो हुन्थियो । आई मिन हुन्छ नि । अमिलो आप त्यसलाई तासेर नुन खोर्सानी सँग चाना चाना बनाएर चोब्दै खाँदा भन्ने कुरा सम्झिदा मुखमा पानी आउछ नि त्यस्तै वाला फिलिगंस् आउथ्यो नि यार । अब माग्दै जानलाई छिमेकीको घरमा पारेको मोई होईन । प्लस त्यसतो कुरा गर्नलाई मान्छे पनि त थिएन नि । अनि क्यान्टिनमा खाजा खान जादाँ बोलिने फुच्चीलाई यसो हेर्दा मान्छे त एकदम राम्री क्या तर म त उसलाई बिहे गर्ने भनेर सोच्न थालिसकेको थिए त्यही भएर त्यसो गरिहाल्न नि मन लाग्दैन थियो । अनि त्यतिबेला मिग ३३ एकदम चल्तिमा थियो । म अलि अलि त्यो सँग मिगमा पनि कुरा गर्थिए । खासै त्यस्तो केही थिएन अनि एकदिन शनिवारको बेला म लुगा धुदै थिए । फोन खाटमै थियो । विवेकेले भेट्टएछ । त्यसलाई मेरो फिलिगंस्को के वाल थियो र एकदम थेत्तरा कुरा गरेछ । पुरै त्यस्तै त्यस्तै क्या । अनि म आए पछि जस्ताको तस्तै फोन राखेर भित्तातिर फर्केर सुतिरहेको रहेछ । यसो मेसेज हेर्छु त सबै रंगिन छ । म्याकुरी पुरै कलरफुल रिप्लाई पनि पो छ त यार । म त छक्कै क्या । म त हेरेको हेरै ।  अनि हाँस्दै पो विवेके ल मुला गएर ठोक्दे पो भन्छ यार ।  अनि कोहो? काहाँको हो भनेर सोध्न थाल्यो । सुरुमा त रिस पनि उठ्यो । जेपाईतेई लेख्न आखाँ देखिनस् एले सोध्छस भन्दै गाली पनि गरे तर यता रंगिन कुराको भर्जिनिटी नागाले फुटाई हाल्यो बिस्तारै त्यही तालमा गफ दिन थाले । आज त के भयो र वालै भएन । राति ११ बजे सम्म दिनै भरी गई नै रह्यो । तर बिहान कलेज जाँदा पो लाजले भुतुक्कै । आउछे कि भन्दै हेर्छु । आईछ । तर छेउमा जान पनि लाज लाग्यो । तै पनि लजाउदै भए पनि गए । अनि छेउमा बसे । बोल्न केही आएको थिएन । अनि विस्तारै उसको हातमा टच भयो । म त भुनुनुनुनु रिगेंटा लागे जस्तो भयो । उता यसो हेरेको रातै भएको रहेछ । साला यो नटी कुराको यस्तै हो के । अनि खासै कुरा केही नगरी बेलुका च्याट सुरु । विवेकेले मलाई पनि त्यस्तै बनायो । केटीको लागि ११ मेरो पनि बज्न थाल्यो । फस्ट यियरमा बोलेरै वित्यो भन्दा हुन्छ । अनि भ्यालेन्टाईन डे मा प्रपोज पनि गरियो । सबै सेटिगं मिल्यो । एकपल्ट दशैमा वाल्मिकी र विवेक दुबै जना घर गएको थिए । म चहिँ सामान लिएर जानु छ भनेर रुममै थिए । त्यही बेला मैले कुरा मिलाएर उसलाई बोलाएर दिउसै सिरानीमा भिडियो चलाएर हतार हतारमा चाख्न भ्याए । मैले त्यो विषयमा धेरै कुरा गर्न चाहिन तर काम तमाम गरेरै छोडे । साला.. के विधि मजा आएको यार । हैट दुई पल्ट पिङ खेलियो । काडाँ उम्रेको उम्रै भयो दुई दिन सम्म । त्यसरी पहिलो पल्ट भयो । अनि त्यस्ता दशै त समय मिलिसक्दा आउथे । सबै थोक राम्रै थियो । सेकेन्ड यियरको हिसानको एक्जाम । हिसान भनेको त्यतिबेला एकदम स्ट्रिक एक्जाम हुन्थियो बोर्ड एक्जाम भन्दा अगाडीको एक्जाम क्या । त्यो सकेर हामी धेरै दिनमा कुरा गरेका थियौ । एक्जाम भरी कुरा गर्न नमिलेको जोसमा कुरा गर्दा गर्दै शनिबार उसले घरमा कोई नहुने भएकाले आउनु भनि । मेरो पालो गए पनि । खेलियो । तर फर्किने बेलामा उसको दाजुले मलाई घरमा निस्किदै गर्दा भेट्यो । अनि मलाई कहाँ जान दियो के हो ? कहाँबाट आएको भनेर समाती हाल्यो नि । हुन त चिन्दैन थियो म कोहो भनेर तर मेरो राम्रो दशा लागेको थियो म भाग्ने भए । गेटमा खुट्टो अल्झियो । म लडे । अनि मलाई समातेर राम्रै धुलाई गर्यो । अर्काको बहिनीलाई घरमै बनाएर आउदा यो त हुने पक्का नै थियो । जे होस लडेड हात राम्रै तरिकाले लछारीयो । घुडामा पनि मजाले चोट लाग्यो । अनि जसो तसो भागेर रुममा त आईयो । एकदम निलाम्बे गाला अनि धसारिएर रुममा आउदा त सानो नराम्रो लागेको थियो । अनि दुई दिन जति रुममै बसेको थिए तर मैले गरेको काण्ड कहाँ यति मै सेलाउने थियो त । शिशिरेले मलाई बजारबाट लगेर चौरीमा राम्रै धोबी हान्यो नि यार । साला उसको बहिनीको को ईज्जतको कारण कुरा बाहिर ल्याउन सकेनन् त ४ जनाले ड्यामकिड्याम धोवी हान्दा त मेरो राम्रै तेल निस्केको थियो नि यार । अनि त्यही कारणले हात भाचियो । एक हप्ता हस्पिटल बसियो । अनि ग्याङफाईटमा कुटे भनेर घर फर्कियो । यो कुरा बुबा आमालाई चहिँ सबै गोप्य नै रह्यो । 


अब यो कुरा किन भनेको भन्दा नि । जब मैले भ्याकेन्सी दिएको थिए नि तब शिशिरेको पनि एप्लिकेसन आएको रहेछ क्या । सालेले त्यस्तो धोबी हानेको थियो यार । अहिले हुन्थियो भने र त्यस्का २०७ ओटै हड्डी नचल्ने बनाईदिन्थे होला तर के भन्नु । आफैले उपद्रो गरिएको थियो । एटिटिउड देखाईएन । त्यसै उसलाई रिजेक्ट गरिदिए । जे होस कुन जारले लग्यो कोनि सिम्रेलाई खासै मिहनेत चहिँ गरेन होला । न खुन खरावा न सोर सरावा.. विन्दास लाईफ ।