बिपना‍..

 अनि कि.. मान्छेलाई कहिल्यै पैसाले पुग्छ? तँपाईलाई कति पैसा भए देखि चहिँ ईनब हुन्छ होला? त्यसको कुनै लिमिट छ कि नाई? कुरो यस्तो हो क्या । यदि तँपाईलाई पैसाले पुग्छ, यति भए अरु चाहिँदैन भन्नु हुन्छ भने म त भन्छु त्यो साईकोलोजिकल ईकोनोमिक डिसअर्डर हो क्या ।  कुरो यस्तो हो । मान्छेको मन भनेको अत्ति अपराधी जिनिस हो । साला भयो कहिल्यै भन्दैन अनि । हुन त सम्पतिको लागि मलाई त्यति धेरै वाल लाग्ने चहिँ हैन । मतलब त्यस्तो डिसअर्डर नै चहिँ होईन । अ.. के भनौ । यो छोरा मान्छेको लाईफमा एउटा ट्राङ्गल हुदो रहेछ क्या । टेस्ट (स्वाद), अनि अर्को त्यहि त हो नि, के भनि रहनु । अनि अलिकति सम्पति । बिन्दास रलाईफ कटाउनको लागि बास्तबमा दुईओटा चिज अनि त्यसलाई अर्फोड गराउन सक्ने हो भने लाईफ सफल भयो भन्दा हुन्छ । मतलब म त अझ के भन्छु भने । खाना बार्ने खाले केही रोग लागोस या राति गर्ने काम हुन्छ नि । त्यही क्या । बेला बेला दिउसै गरिन्छ । अबस्था र परिस्थिति बिचार गरेर क्या । तास खेल्ने । भनेको चहिँ हैन है फेरी । त्यो गर्न नमिल्ने अबस्था आयो भने चहिँ म बाच्नुको खासै उपलब्धी देख्दिन । यहि दुई थोक अर्फोड गर्न सक्नु हो भने मलाई अर्थोक चाहिन्छ जस्तो लाग्दैन । त्यस बाहेक अरु हुन्छन नि । स्टाटस, पावर, त्यो पनि चाहिन्छ । अब चाहिन्छ त । गर्नु के । संसारको नियम, पालना गर्नै पर्यो । नत्र त यो समाजले हामीलाई एसेप्ट पनि कहाँ पो गर्छ र । हुन त यो समाजले एसेप्ट गर्ने नगर्ने भन्ने कुरा कुरो कत्तिको ठिक र बेठिक हो भन्ने कुरो । यस्तो रहेछ । ठिक र वेठिक भन्ने कुरा चहिँ कुन कन्डिसनमा काम हुदै छ भन्ने कुरो । यदि कुनै पनि काम अरुले गरेको र आफुले गरिदैछ भने त्यो वेठिक हो भन्नु पर्छ । तर त्यही काम अरुले पनि गर्न थाले भने त्यो अटोमेटिक राम्रो हो क्या । एक्जाम्पल । चुरोट खानु राम्रो? हैन नि? सबैले नराम्रो नै भन्छन नि ? तर त्यही नराम्रो भन्ने मान्छे सँग बसेर चुरोट तान्दिनुस सबै आँफै राम्रो  । एउटामा लाग्ने नियम अर्कोमा नलाग्ने भन्ने त हुदैन नि ? सबै उस्तै हो । जब सबैले गर्छन त्यो राम्रो, जुन गदैनन् त्यो नराम्रो । यो त यस्तै रहेछ । बास्तबमा कुनै पनि काम आफैमा नराम्रा हुदैनन् क्या । लौ छोडदिउ । राम्रा नराम्रा कुरा । सायद तँपाईले बुझ्नु नै भयो होला । छोड दिउ । धेरै आउटअफ सिलाबस कुरा नगरौ । मैले के पो भन्दै थिए ? यो ठिक बेठिक भन्दा अगाडी ... एकछिन ल सम्झिईहाल्छु ।


अ.. कुरो हाम्रो एच.आर सँगको कुराकानीमा थियो । बेला बेला कुराकानी हुँदै गर्थियो । कुराको के छ र । उनीहरुले नगरेको तरिकाले काम गरिदै थियो । मेरो ईन्क्वाईरी अनि मेरो काम गराईको चर्चा परिचर्चा राम्ररी चल्न थालेको थियो । मेरो कामको हल्का ट्रेलर कतै कतै बोर्डर पारी चल्न थालेको थियो । खुशी नै लाग्थियो । यो टपिक सम्झिरहनु होला । पछि कुरा गरौला । कुरो यस्तो क्या । मलाई मनलागेको पुरा गर्न भनेको अब अरु दुई थोक चलाउने रहर । जति गरेपछि मेरो एउटा सोलिड विजनेस साईकल रेडी हुन्थियो । अब काम भनेको प्रोडक्सनको काम सुरु । स्टोर आफ्नै भए पछि सामान पनि आफै प्रोडक्सन गरेर बेच्ने हो भने त मार्जिन झन धेरै हुने भयो । प्लस आफ्नै मार्केट आफ्नै प्रोडक्ट । सानो दामी देखिन्छ । यो चहिँ मेरो धेरै अगाडी देखिको ड्रिम थियो क्या । जब म खलिफामा थिए, तब त्यहाँ खलिफाको ब्याट्रि, सर्फ, चामल, आदि ईत्यादि सबै पाउथ्यो  । हुन त त्यो त बस कभरमा उनीहरुको नाम अनि प्रोडक्सन अर्कैको हुन्थियो । कतिपय केसमा जुन माल लुलु हाईपरमार्केट, हाईपर पान्डा, अल मिरा जस्ताको लागि बनेको हुन्थियो त्यही कम्पनीले खलिफाको लागि पनि बनाएको हुन्थियो । तर मेरो भनेको मैले कसैको मालमा आफ्नो नाम चिप्काएर बेच्नु भन्दा आँफैले सुरु गर्ने सोचेको थिए । अब प्रोडक्सनको लागि भनेको मैले गर्न सक्ने के हुन्थ्यिो भन्दा सबै भन्दा पहिले मैले गाँउमा धानको सेलर मिल बनाउने भए । राम्रै लगानीमा मैले ईन्डियाबाट सामान ईम्पोर्ट गर्नु थियो । त्यही भएर मैले बुझेर यता उताबाट ईन्क्विाईरी गरेर मिलको सामान सेट अप गरे । कसरी,कहिले,कहाँ भनेर सम्झईन ल । धेरै लामो बकवास हुन्छ फेरी । अनि मिल दर्ता, विजुली, स्ट्रक्चर यता उता गर्दा एकदम तरिकाले एक खोका आसपास ल्याम्म लाग्यो । लण्ड आफ्नै थियो त्यही भएर मलाई खासै टेन्सन थिएन । ७ कठ्ठामा पुरै मजाले मैले बनाएको त्यो स्ट्रक्चर देख्दा बाटो हिड्नेले चिमरियाको छोरोले हुटेल बनाउन आँटेको छ अरे भन्थे अरे । अब हुटेल, रक्सी, बेचेर बस्नको भ्याउने र ? हुन त त्यो पनि सोलिड ईनकम हुने बाटो हो है फेरी । अनि ६,७ महिनाको धमाधम काम पछि मिल रेडी भयो । उदघाटन पनि गरियो । सुरुमा जस्तो एकदम डेट फिक्स गरि गरि उदघाटन गरीरहन मलाई वाल लाग्न थालेको थिएन । ससुरा ड्याडले तिथि तोक्थे म त्यही दिनको साईतमा ठोक्दिन्थे । अनि त्यही फर्मुलाले धमाधम काम हुदै गएको थियो । अनि कुरो त्यस्तै त हो नि । अब मिल हालियो तर असुल्न पनि राम्रै एक्सरसाईज गर्नुपर्ने । अब काम भनेको धान व्यापारी सँग कुराकानी गर्नु बाकीँ । त्यही भएर अब मिसन धान ब्यापारी सँग रिलेसन सिप बनाउन थालियो । अब अरु कसैलाई पठाउ सबै प्याक छन । मार्केटिकमा पनि मान्छे ईनब थिएनन् त्यही भएर त्यही काम कै लागि अर्को डिपार्ट रेडि गर्न पर्ने कुरा थियो । तर कसलाई राख्ने ? मैले अब फेरी भ्याकेन्सी निकाल्नु पर्ने थियो । प्रोडक्सन मेनेजरको लागि एउटा एकदम नयाँ डिपार्टमेन्ट बनाएर मैले । त्यही भएर मैले भेकेन्सीको लागि सबै स्टाफको प्रिफरेन्सबाट सुरुमा ल्याउन भने । आउने भनेको खासै चित्त बुझ्ने खाले थिएनन् । के गर्ने यार । स्टाफको जात नै यस्तै क्या । काजगमा मास्टर, डिग्री, के के गरेको तर काम भने न कम्पुटर राम्ररी आउछ । न एक्सिपिरीयन्स छ । ए बाबा होला । मेरो कम्पनी कसैले नचिनेको, नदेखेको होला । तर यस्को मतलब कागज जोखेर राख्ने पनि त हैन । अनि करिब करिब ३० जना आए । सबै फुस्राहरु पछाडी एउटा आयो । आलोक बिष्ट भन्ने मान्छे । एकदम बिन्दास टाईपको अनि कुरा मजाले खेलाउने खालको । गफ गर्नलाई सिपालु । ट्रम्स कन्डिसन सबै भने । उसलाई मैले लाईफ केयरको बारे खुलेर कुरा गरेको थिईन । उसलाई पनि मैले सुरुमा सेलरी दिन त्यस्तै उस्तै हो भाई । मिलेर काम गरौ अनि खाउला भन्ने जस्तो कुरामा कन्ट्रक गरेर काममा राखे । उसलाई मैले ६ महिना काम सिकाउने अनि त्यतिबेला डेलीअलाउन्स मात्र दिन्छु भन्दा उसले एकदम जोस जाँगर सहित मलाई साथ दिने कुरा गर्यो । उसको भर्खरै बिहे भएको रहेछ । जे होस पछि कुरा गर्दा उसको लभ स्टोरी रमाईलो रहेछ । पाटी मजाको क्या । अनि म मिलको तर्फबाट एकदम फुलटाईम भएर लाग्न थाले । जसरी हुन्छ मैले मिलको लागि दुरुप्त गतिमा काम थाल्नु थियो । अनि यता उता गरेर ४३ जना धान व्यापारीसँग कुरा गरेर मिल चलाउने भईयो । क्यास भनेको सबै सहकारीको थियो । त्यही भएर मैले पैसा भनेको घुमाउनलाई फ्रि स्टेट बनाएर भए पनि गर्नु पर्ने थियो । अनि धान भनेको सबै उनीहरु सँग उठाएर त्यसलाई प्रोसेस गरेर बनाएर बेच्नु थियो । मैले सबै ल्याएर प्रोसेस गरेर प्याकेजिगं गर्न थाले । प्याकेजिंगमा नाम राखियो “लाईफ केयर” । अरे अब त ब्रान्ड बनाउने योजना पो त । अनि त दामी डिजाईन सहित धमाधम छापिन थाल्यो । छाप्दै स्टोरमा सप्लाई गर्दै । यता मिलमा १० जना स्टाफ, गाडी चाहियो अरु ५ ओटा ट्रक । खर्च त यति गरियो कि लोन मुला को त के कुरा गर्नु । मोबाईल नम्बर जतिको बेङ्क बेलेन्स बनाउने सपना लोन तिर गएर हल्का निद्रा उडाउने मेलो भएको थियो । सबै बैङ्मा फाईनान्समा थियो । मलाई एउटा मिलले मात्र पनि पुग्ने अबस्था थिएन । मैले धानको प्रोडक्सनबाट स्टोरमा सप्लाई त गर्न थाले तर कुरो के भयो भने स्टोरमा मैले गरेको प्रोडक्सन एक्सस एमाउन्टमा हुन थाल्यो । सेल्स नगरि धर पाउने ठाँउ थिएन त्यही भएर मैले डिल गरेको सप्लार्यसहरुको माल उठाउन सोच्न पर्ने हुन थाल्यो । उनीहरुबाट किनेर प्रोसेस गरेर आफैले बेच्दा फाईदा त हुन्छ तर फेरी अरु सेल्सलाई दिदा भनेको आम्दानी बराबर जाम्दानी जस्तो हुने सुत्रबाट कुरो अयो । त्यसो त गर्न भएन । सप्लायर्सलाई नि छोड्न मिल्दैन । किनकी एउटा मंसिरले जाडो जाने हैन । अनि अर्को कुरो धेरै प्रोडक्सन गरेर मात्र पनि हुदैन । स्टोर सहरमा भन्दा धेरै गाँउमा छन । म सँग च्यालेन्ज भनेको के थियो भने, कि त मैले स्टोरहरु अब शहरमा बिस्तार गर्नु पर्ने थियो , सप्लार्यस र रेटको बारेमा मिलाउनु थियो , कि त मैले अरुलाई माल सप्लाई गर्नु थियो । अहिले सम्म यति त आफै गरियो । झुक्ने कुरा थिएन । मैले सिधा कुरा फन्डिङ खोज्न थाल्ने भए । तर गाईज भनिन्छ नि अजिंगरको आहार दैवले जुराउछ भनेर । मलाई नि त्यस्तै माल भयो ।


एकदिन म अफिसमा थिए । अलिको फोन आयो । उसले मलाई के छ कसो छ भनेर सोध्यो । सुरुमा त उसले सबै नर्मल कुरा गर्दै थियो तर अर्को एकदम सप्राईजिगं   कुरा के गर्यो भने । उनीहरु नेपाल आउने कुरा रहेछ । अलि, उसको बोस, अनि उसको बोसको फेमेली नै घुम्न नेपाल आउने भन्ने कुरा गर्यो । तर कुरो के रहेछ भने । उसले मलाई भेट्ने कुरा गर्यो । काठमान्डौ देखी आफ्नो गाँउ आउदा राम्रै तरिकाले टाईम लाग्ने । अर्को हप्ता तिर नेपाल आउने कुरा गर्यो । मलाई लाग्यो आउने जाने त होला नि भनेर । तर हैन भेट्ने गरि आउने भन्दा त सक क्या म त । अब अरबेहरु आएर यो गाँउमा आउने भन्दा त म त के भनौ भनौ भयो नि । अनि मैले सुरुमा त यता टाढा छ भनेर भने । कति समय लाग्छ भन्दा कारमा पनि १० धण्टा भन्दा छक्क पर्यो क्या । त्यही ६०० जति कि.मी अनि दश घण्टा भन्दा त उ त छक्कै पर्यो तर आउने भन्ने कुराले मलाई थप तनाब दियो । अब राजा भन्दा चैन गर्ने अरबीको जातलाई पाहुना बनाउदाको प्राउड आफ्नो ठाँउमा छ तर त्यही तरिकाको वेलकम गर्नु पर्ने कुराले मलाई राम्रै टेन्सन दियो । एक हप्ताको टाईम । अब धमाधम तरिकाले काममा लाग्ने भईयो । सक्दो तरिकाले वेलकम भनेको शान्तिपुरीमा गर्ने अनि बेलकममा सानो सक्दो राम्रो ईन्भाईट गर्ने भईयो । अनि अरबिकमा सबै जना पर्फेक्ट नै थिए त्यही भएर उनीहरुलाई ईन्टरेक्ट गर्न कुनै वाल थिएन । अनि स्टोरमा सजाबटको लागि, सबै डिपार्टमेन्टमा एकदम तरिकाले थालियो । अनि त के छ र । उनीहरुको लागि भनेर यसो मायाको चिनो भनेर एउटा ठुलो फ्रेममा सबै स्टाफ सँगको फोटो खिच्ने, भ्लग बनाउने, उसको ईन्टरभ्यु जस्तो राख्ने, उनीहरुलाई खानपिन गराउने भेनेर तयारी भयो । सबै जनाले एकदम टिपिकल नेपाली कपडामा आउने भन्ने सबै सल्लाह गरियो । हुन त हामीलाई परेको यो पहिलो व्यथा थियो तै पनि जति सक्दो राम्रो नै बनाम भन्ने कुरो । अनि भन्दा भन्दै उनीहरु आउने दिन पनि आयो । बिहान ८ बजे तिर उनीहरु आउने कुरा थियो । अनि गंगा, अनुप र दर्पणलाई मैले वेलकमको लागि व्यवस्था गर्न भनेको थिए । उनीहरुले राति नै नेचुरल फुललाई डिजाईन गरेर बुके बनाएका थिए जे होस भाई बहिनाहरुले एकदम राप्चिक तरिकाले काम गरेका थिए । अनि एक पछाडी अर्को कसरी बेलकम गर्ने भनेर सल्लाह गरियो । बिहान १० बजे भनेपछि त्यस्तै ११, १२ बजीहाल्छ नि आखिर नेपाल टायम त हो भनेर हामी सुरैले गर्दै जाने भन्ने सोचेको थियौ तर अचानक फोन आयो हेलिकप्टरमा आउने अरे भन्ने । अनि कहाँ लेन्ड गर्दा सेफ हुन्छ भन्दै पो सोध्छ । राम राम राम.. अब हेलीकप्टरमा पाउना आउन थाले नारान... म त खै के गर्नु गर्नु भए नि । साच्चै भन्दा मैले हेलिकप्टर नजिकबाट कस्तो हुन्छ भनेर देखेको थिएन । अब पाहुना हेलीकप्टरमा आउने भन्दा त हतार हतार घरमा फोन गरेर बोलाए । हाम्रोमा विदेशबाट अरबे आउदैछ अरे पाहुना भन्दै । सबै जना गरर.. आए । अनि एकछिनमा त्यही चारगाछी स्कुलको चौरीमा लण्ड गराउने भन्ने कुरा अनुसार गाग्रा साग्रा बोकेर, कोही फुल, कोही तोफा बोकेर लागे चौरी तिर । सबै तिर छरछिमेकमा एकदम कोलहाल भयो । के भयो? किन यस्तो भिड? के हुन आट्यो ? भन्दै । नभन्दै आयो है एकदम गडडडडडड... गर्दै । फिसटेल एयर लेखेको हेलीकप्टर । अरेरेरेरेरे.. एकदम रातो सेतो पाङ्ग्रे हेलिकप्टर आयो है त । अब अरबे आएको छ । आफुलाई हेलीकप्टर हेरुम हेरुम लाग्छ । छ्या । एले त सम्झीदा पनि जिरिङ्ग हुन्छ यार । के लागेको होला त्यस्तो । अनि अर्को कुरा ढोका खोलेर सुरुमा अलि निस्कियो अनि त्यस पछाडी उसको बोस, अनि उसको वाईफ अनि एउटा सानो बच्चा । बच्चा हेर्ने एउटा मेड पनि लिएर आएको रहेछन । सबै जना निस्केर आउन थाले । अनि उनीहरु आउन थाले । म चहिँ पिलिक्क पिलिक्क हेलीकप्टर नै हेर्दै थिए । थुक्क..

अनि एकदम मजाले अरबीले आएर हात मिलाउदै केफ हालक भन्दै हग गर्न थाल्यो । म त के गर्नु गर्नु जस्तो भयो । त्यसरी एकदम हाई क्लासको प्रोफाईल त साला विदेशमा काम गर्दा पनि भेटेको थिईन । पर्फिउ पनि एकदम अर्कै क्या । ताज अफ औड वाला । एकदम दामी खालको क्या । अनि लुगा उस्तै छ । एकदम गोल्डेन बिटमा अरबिक लुगा । माक्सम् मलाई पो लाज लाग्न थाल्यो यार । हुन त घुम्न आएको थियो अनि मेरो बारेमा सुनेर आयो भन्ने कुरो त आफ्नो ठाँउमा छ । अब थर्थर गर्दै हात खुट्टा काम्दैछ । नर्भस भएको हो की के हो कोनि । उता दर्पणले फोटो हान्दैछ हान्न त त्यता हेर्ने आट नि छैन । अनि त्यहाँबाट कारमा हालेर लगे स्टोर तिर । धन्न अंकितले कार चहिँ मगाएछ । म्याकुरी मैले त ख्याल नै पो गरेको थिईन । अनि स्टोरमा लगेर त गईयो । अब गाडी रोक्न त रोक्यो यार आज किन हो आफ्नो अफिस भँगेराको गुड जस्तो लागेर आउन थाल्यो । साला यसको घरमा त ट्वाईलेट पनि मेरो अफिस भन्दा ठुलो छ होला जस्तो लागेर आउन थाल्यो । अनि अफिसमा लिएर गईयो अनि सबैलाई वेलकम ड्रिङ्कमा लेमन ड्रिङ्क दिईयो । त्यस पछाडी स्न्याक्समा फ्रुटी, डेट्स, मिठाई, निम्की, रसबरी, पेडा, बुनियाको लड्डु मिलाएर चट्ट सर्भ गरियो । मेरो रुममा लगेर उसलाई स्वागत गरियो । उसले पनि जे होस मेरो पिडा बुझ्यो होला । अनि गफ गर्न थाल्यो । उसलाई पिक गर्न जाँदा शान्तिपुरीको सहकारी, स्टोर, आईटी टिम अनि फाईनान्सबाट सबै जना गएका थियौ । अनि आए पछि हामी सबै जनाले उसलाई अफिसमा वेलकम गर्यौ । अनि अलीले त्यहाँ फर्मल्ली कन्भरसेसन सुरु गर्यो । रुममा अलि अनि उसको बोस र बोसको वाईफ थिए । अनि मेड चहिँ नानी लिएर तल कारमै थिई । अलिले बोल्यो । अरबिकमा है । “सलाम वालेकुम केफ हालक जमैन ..” मतलब नमस्ते के छ सबै जनाको खबर ?

सबैले एकै स्वरमा “वालेकुम सलाम.. अल हम दुलिल्ला” दिई हाले । एकै स्वरमा त्यसरी बोल्दा त बोस त मलाई पो हेर्न थाल्यो । अनि अलीले सोध्यो ।

“अरबिकमा कुराकानी गर्दा सबैलाई कम्फर्ट छ नि ? के यहाँ कोई छ अरबिक नबुझ्ने? एकपल्ट हात उठाउनुस त जसले अरबिक राम्ररी बुझ्नु हुन्छ ।”

सबैले हात उठाए । मतलब उसले कन्र्फम गर्यो । अनि उसले आफनो परिचय दियो । “सलाम, मेरो नाम मोहम्मद अली रमाधान अनि म हाल कतारको नासिर ग्रुपको सिईओ । यो भन्दा अगाडी म लेन्डमार्क ग्रुपमा कार्यरत थिए तर अहिले म नासिर सरको कम्पनीमा कार्यरत छु । यो भन्दा अगाडी जहाँ म काम गर्थिए त्यहाँ यसै कम्पनीको स्टाफहरु पनि ज्वईन हुनु भएको थियो । वहाँहरुको कार्यकुशलता अनि दक्षता देखेर यहाँहरुको ठाँउ आउन एकदमै मन थियो अनि हाल नेपाल भ्रमणको लागि आउदा तँपाईहरुलाई भट्ने मनसायले हामी यहाँ आएका हौ । के तँपाईहरुले मैले भनेको बुझिरहनु भएको छ नि? एक पल्ट सबै बुझ्नुहुनेहरुले देब्रे हात उठाईदिनु त । ” उसले भन्यो । अनि सबै जनाले देब्रे हात उठाए अनि त्यस पछि उसले बोल्ने पालो उसको बोसलाई दियो ।

उसको बोसको बोल्ने पालो आयो । “सलाम, मेरो नाम मोहम्मद ओमर नसिर । म नसिर कम्पनीको मेनेजिगं डाईरेक्टर । तँपाईहरु सबैलाई भेट्न पाउदा म एकदमै खुशी अनि अचम्म दुबै भएको छु किनकी तँपाईहरुको काम र ईमान्दारिता, कल्चर अनि हार्मोनी सबै देख्दा मलाई एकदम खुशी लाग्छ । अनि तँपाईहरुको काम गराई, कम्युनिकेसन अनि बोलीले मलाई एकदम अचम्ममा पार्छ । तँपाईहरुको देशमा अरबिक लेङ्वेज कतै प्रयोग नभए पनि यसरी प्रयोगमा ल्याउनु मेरो लागि आश्चर्यको बिषय भएको छ । म नेपाल पहिलो पल्ट आएको हु तर नेपालको हरेक ठाँउमा जादाँ पनि हामीले बोलेको कसैले नबुझे पनि यहाँ तँपाईहरु सँग यसरी बोल्दा मलाई म आफ्नै देशमा छु जस्तो लागि रहेको छ । म तँपाईहरुको काम गर्ने ठाँउ अनि तँपाईहरुको रहन सहन देख्न एकदम ईच्छुक भएर यहाँ आएको । यता मेरो श्रीमती नोरा नासिर हुनुहुन्छ अनि हामी हाल नेपाल घुम्न भनेर आएका छौ । तँपाईहरुको यो भेटले हामीलाई एकदम खुशी तुल्याएको छ । तँपाईहरुले गर्नु भएको स्वागत र शिष्टाचार सँधै भरी मेरो मनमा रहिरहनेछ । यो मेरो जिन्दगीको बेस्ट एक्सपिरियन्स रहेको छ । तँपाईहरुलाई धेरै धेरै धन्यवाद । सुक्रान ।” उसले भन्यो । अनि सबैले तालि बजाए । उसले पनि कुरा बुझ्यो । यता भाषा पुरै अरबिक चल्छ भनेर अनि सबैले पालै पालो ईन्ट्रोडिउस गर्न थाले । हामीले आफ्नो परिचय दिदाँ नमस्ते गरेरै गर्यौ अनि सबैले हात जोडेर नमस्ते गर्दा उनीहरुले पनि नमस्ते गर्न चहिँ सिके भन्नु पर्छ । अनि सबैले पालै पालो आफ्नो परिचय सकेर सबै जना आफ्नो आफ्नो काममा लागे । गंगा र लिलालाई मैले नोरा मेडमलाई टेक केयर गर्न भनेर काम दिएको थिए । उनीहरुले पनि उसलाई स्टोर घुमाउन लगेछन । यता मैले कारमा हालेर मेरो सबै स्टोरहरु देखाए । करिब १ बजे सम्म मैले स्टोरमा लगे देखाए । अनि व्रिफली ईन्ट्रो गराए । उसले सबै स्टोर देख्यो । अनि मैले मेरो ईन्सिचिउटमा लगे जहाँ सबैले धमाधम क्लास लिई रहेका थिए । त्यहाँबाट मैले मेरो मिलमा लगे । त्यहाँ खासै राम्रो कन्डिसन थिएन । अनि उसले सोध्यो यता अन्डर कन्स्ट्रक्सन कि के हो भनेर। मैले सिधै भन्दिए । लोन धेरै भएर फन्डिग छैन त्यही भएर आधा छोडेको भनेर । अनि सबै कुरा यस्तै उस्तै तरिकाले गरेर फेरी अफिस तिर लगे । उनीहरुको लागि भनेर मैले टिपिकल नेपाली खाना तयार गर्न लगाएको थिए । उनीहरुलाई खानामा कुखुराको मासु तथा दालभात तरकारी गरेर बनाएको थियो । कुखुरा काट्दा हलाल मात्र खान्छन भनेर त्यसो सम्बन्धी रित पुर्याउन अतिफलाई काम जिम्मा लगाएको थियौ । अनि सबै कुरा सकेर हामी फाईनल मिटिगंमा बस्ने भयौ । त्यसमा अलि र ओमर एकसाईड अनि म र अंकित दोस्रो पक्ष बसेर मिटिङ बस्ने भयौ । गंगाले माईनट बनाउने भनेर उसलाई काम दिईयो । अरबिकमा सबै माईनट बनाएर मिटिङ सुरु गरियो । सबै भन्दा पहिले हामीले आफ्नै तरिकामा माईनट बनायौ । जसमा अंग्रजी टाईपिङ अंकितले गरेर बनायो अनि गंगाले अरबिकमा । त्यो मेरो लाईफको ईपिक मुमेन्ट थियो । कस्सम यार लाईफमा यस्तो गजबको दिन कहिल्यै नै आएको थिएन । अनि पहिलो चरणमा त उसले आफुले देखेका र मनमा लागेका कुरा सबै बतायो । अनि त्यही अनुसार कुराकानी गरियो । दोस्रो चरणमा उसले देखेको कमी कमजोरीबारे कुराकानी गरियो । जसमा हामीले सुधार गर्नु पर्ने कुराहरुमा के थियो भने । भरसक हामीले स्टोरमा एकदिन मात्र नेपाली कस्ट्युम लगाउनु भन्दा ड्रेस नै नेपाली बनाउने हो भने अझ राम्रो देखिने भन्ने कुरा भयो । तर अब कामको तथा सँधै भरी साध्य नहुने हु्दाँ हप्तामा एकदिन चहिँ नेपाली पोशाकमा काम गर्ने भन्ने कुरा गरियो । बाँकी त त्यसले के पो भेट्नु । अनि तेस्रो चरणमा हामीले विषेश कुरा गर्यौ । जसमा कुरा के थियो भने । नासिर कम्पनी भनेको रिटेल कम्पनी थियो । अनि त्यहाँको लागि स्टाफ हायर गर्दाको विषयमा उसले अब्जर्व गरे अनुसार मेरो स्टाफ राख्ने भन्ने कुरा गर्यो । त्यही विषयमा सल्लाह गर्दा । कुरो यस्तो आयो । मेरो आफ्नै कन्सल्टेन्सी पनि भएकाले उसले ईम्प्लोई लादाँ उसले म मार्फत लाने भन्ने कुरा भयो । जसमा मैले स्टाफ पठाउदा मेरो स्टाफ बराबर नै स्किलफुल बनाउनु पर्ने भन्ने कुरा आयो । त्यो मेरो लागि कुनै गाह्रो काम थिएन । अनि अर्को उसले पनि भर्खरै कम्पनी स्र्टाट गरेको भएकाले तत्कालै सेलरी दिन नसकेपनि सक्दो गर्ने भन्ने कुरा गर्यो । मैले भने “यसो गर । म तँलाई यताबाट स्टाफ दिन्छु । तँ उनीहरुलाई त्यहाँ चलेको रेटमा सेलरी दे । अनि खाने र बस्ने ब्यवस्था मिला । दुई वर्ष तँ काम लगा अनि एन.ओ.सी दे । त्यसो गर्दा तैले सेलरी बडाई रहनु परेन । २ वर्षमा तँलाई म अर्को व्याच पठाई हाल्छु । आखिरमा तैले त्यसो गरिस भने भेकेसनको लागि पैसा,टिकटको पैसा पनि दिन परेन । अनि हरेक पल्ट तँलाई नयाँ स्टाफ पनि आउछ । बेस्ट अफ दि बेस्ट राख । अरुलाई एन.ओ.सि दे । त्यसो गरिस भने तँ सँग स्ट्रङ् टिम हुन्छ । त्यसो गरिस भने मेरा स्टाफले पनि त्यहाँ स्टाबिलिस हुन पाए । अनि तँलाई मन परेको स्टाफ लिएर एक्सपान्ड गरे पनि भयो या फिर उतै अर्को कन्सलटेन्सी खोलेर अरु देशमा सप्लाई गर जे गर तेरो कुरो । मलाई बस मेरो ईम्प्लोईको सेकुरेटीको र खाने बस्नेको चहिँ हन्रेड पर्सेन्ट ग्यारेन्टी चाहिन्छ ।  ” 

त्यसो भन्दा उसले एकपल्ट अली र उसले सल्लाह गरे । अनि भने अनुसार नै त्यहाँ एउटा कन्ट्रेक्ट बनायौ । अब मैले डाईरेक्ट स्टाफ पठाउनु पर्ने अनि चाहिने स्किलहरुको पुरै एक्जामिन र रिपोर्ट सहित मैले उसलाई सालमा १० जना पठाउनु पर्ने भन्ने कुरा भयो । सबै कुरामा छलफल भए पछि उनीहरुले फर्किने भन्ने कुरा गर्न थाले । अनि जानेबेलामा उसले प्रेजेन्ट भनेर पच्पन्न सय यु.एस.डी दिने भयो । मलाई अब सपना हो कि बिपना भने जस्तो भएर अयो । साला के हुदै छ यार । आज । म अलमल्ल । उनीहरुले डोनेसनमा पैसा दिएर जाने भए । अनि त्यसको लागि हामीले एसेप्ट गर्यौ अनि सबै जना स्टाफहरु भेला भएर हामीले एउटा दामी फोटो खिच्यौ । अब मलाई मेरो सपना पुरा हुन्छ भन्ने पुरा विश्वास लागेर आयो अनि हामीले फोटो खिचेर सबैले उसलाई र उसको फेमेलीलाई चारगाछी स्कुलमा विदाई गर्यो । हेलीकप्टर उठ्यो । गडडडडडडडड... गर्दै एकदम हुन्दरी चलेर आए जसरी अनि हेर्दा हेर्दै सानो गेडो जस्तो भएर हेर्दा हेर्दै बिलाएर गयो । साला जिन्दगीले ठिलो दियो तर कडा दियो यार । कस्सम मलाई यस्तै यस्तै कारणले जिन्दगीको साह्रै माया लाग्छ । लभ यु जिन्दगी ।