राजा,मन्त्री..

अनि कि । मेड ईन नेपाल भनेर लिस्ट गर्ने हो भने तँपाईको दिमागमा के के आउछ? गोल्ड स्टार जुत्ता, सन्चो,  वाईवाई, एकछिन वाईवाईलाई लिस्टमा नराखौ । किनकी वाईवाई ईन्टरनेसनल ब्रान्ड पर्यो । आएम जस्ट टकिंग एबाउट नेस्नल प्रोडक्ट । केही छ त? छैन नि केही ?

नेपालको बास्तबमा केही हैसियत नै छैन । देशको माया नलाग्ने हैन । मन भरि माया छ तर मायाको आडमा म सत्यलाई दबाउदिन । हामी धेरै अगाडी देखी जंघ लागेको बन्चरो जस्तो भएर बसेका मान्छे हौ । हामीलाई कहिले ईन्डियाले बजार्यो त कहिले आफ्नैले पछारे । तर हामी अझै पनि र्गोखाली, धरहरा, बुद्ध भन्दै नभएको गौरब गछौ । लेट मि टेल यु । गाईज अहिलेको समयमा को चहिँ गोर्खाली हो? के हामी सँग ईन्डिया भन्दा ठुलो या ईन्डियालाई जित्ने फौजी छ र? कि गोर्खालीको ओरिजिन भएकै आधारमा हामी गोर्खाली? मलाई त लाज लाग्छ यार कि हामी गोर्खाली हौउ भन्दा । किनकी हामी हैनौ नि त। हामीले सुन्दाको गोर्खालीको कुन चहिँ क्यारेक्टर अहिले कुनै एउटा नेपालीमा पाईन्छ? न हामी कुुनै युद्ध लड्न जान्छौ न कुनै शत्रुको घाटी खुकुरीले काट्छौ । न त हामीले कुनै शत्रुलाई पिठ नदेखाई लडेका छौ? कसरी गोर्खाली यार? हामी त माउबादी, एमाले, अनि काग्रेस भनेर एक अर्का सँगै भाडिएका कुनै नेपाल भन्ने देशको जनता हौ । मेरो हिसाबले त हुई डन्ट हेभ राईट टु क्लेम एस गोर्खे । गोर्खामा जन्मिदैमा हुदैन गोर्खाली । हिम्म्त, बलिदान र विरता हो गोर्खाली । भाईले भाईलाई बेचेर या चुतिया बनाएर यो नाम लिन लाज लाग्नु पर्छ । कुरा यस्तो हो । जब खानीमा सुन हुन्छ तब हुन्छ त्यो सुनखानी , तर जब खानीबाट सुन सकिन्छ नि तब त्यो बस हुन्छ त खाल्डा मात्र । सुनको मुल्य त्यसको धाउमा हुन्छ खानीमा हैन गाईज । अरे यार एम.सि.सि सँग बिक्ने जात कसरी गोर्खाली यार ? अनि जब आफ्नै भेल्यु नै बिक्छ भने वाई डु यु केयर वेयर बुद्ध वाज बोर्न ? बुद्ध वाज बोर्न ईन नेपाल ? यो बकवास किन यार? जब देशको कुनै गौरब छैन । देशको गौरब बचाउन सकिएन भने बिचरा ति बुद्धको चहिँ किन बदनाम गर्नु यार । खयर छोडौ यार यो कुरा । सुन्दा हेट स्पिच जस्तो सुनिदो रहेछ । तर कस्सम यार हामी एक नम्बर बुद्धी नभएको जात हौ चाहे जसले जति जे भनोस । 

बालेनले भनेको थियो नि । अहिलेको धराहरा कुनै धरहरा हैन भनेर । त्यस्तै हो । अहिलेको गोर्खाली कुनै गोर्खाली हैन । किनकी गोर्खाली ब्रान्ड हो । कुनै समाबेशीताको प्रतिक, कुनै राष्ट्रियताको ट्याग या कुनै ओरिजिनको आधारमा हुने लेभल हैन । मैले भने नि । सुन भनेको त्यो हो जहाँ त्यो छ र जहाँ त्यसले आफ्नो मुल्य दिन्छ, त्यहाँ हैन कि जहाँ त्यो उत्पती भएको थियो ।

हो यहि कुरालाई ईलिमिनेट गर्नु हो मेरो गोल । म त्यो गोर्खेको ब्रान्डलाई ब्याक गर्न चाहने सोच राखेर काम गर्ने मान्छे हु । मलाई मेरो देशको माया लाग्छ त्यही भए म हरेक दिन आफ्नो र आफ्नो देशको लागि केहि गर्न सक्ने हैसियत बनाउन चाहन्छु । सुन्दा गफ दियो जस्तो लाग्छ होला है । खयर तिमीहरुलाई थाह छैन मैले आखिर के के गरे भनेर । कथा त बस बल्ल त सुरु हुदै छ । हतार किन गाईज । अहिले सम्म त मैले के नै पो गरेको छु र । थहा छ नेपालको ईकोनोमिक्स ईस्पेसल्ली के मा डिपेन्डेन्ट छ? अनि ईन्डिया सँग के छ जुन नेपाल सँग छैन र त्यसले ग्रोथ धेरै पाई रहेको छ ? सिधा कुरा हो ओसियन । येस । समुन्द्र । हामीसँग नभएको मेन कुरा यहि हो । यदि हाम्रो देश कुनै समुन्द्रसँग टच हुन्थियो भने हामीलाई ईम्पोर्ट, एक्सपोर्टमा केही समस्या थिएन । एकदम चिपेस्ट कस्टमा हामी सामान किन्न र बेच्न सक्थियौ । अहिले हरेक चिज हामीले बेच्नु पर्दा वाय एयर प्लेनबाट हुन्छ जुन टिपिकल्ली हायस्ट कस्ट हो  । अनि कहाँबाट हुन्छ एक्सपोर्ट । मतलब अब एक्पोर्ट हुदैन भने के नगर्ने त ? हुन त ईन्डिया सँग त अब नेपालको प्रोडक्ट मार्केटमा त मोनोपोली हुने भयो । बेचे मलाई बेच नबेचे घर जा भनेपछि नेपालले एकदम सस्तोमा सेल अनि जति भन्यो त्यति प्राईजमा ईम्पोर्ट गर्नु त बाध्यता नै हो । तर खै कसले सोच्छ यार ? नेपालको मेन ईकोनोमिक्स रेमिटान्स सँग रिलेटेड छ भनेर । येस..येस...येस । ईट्स अल एबाउट रेमिटान्स । 

त्यही लेबर जसले साउदी कतारमा गएर मुर्कुटो जसरी कपडामा बेरिएर मध्ये दिनको घाममा डडेर कमाएको हुन्छ नि त्यही नेपालीको कमाईको भरमा चल्छ नेपालीको ईकोनोमिक्स । जो एयरपोर्टमा आउदा अलिकति सुन जोडेर ल्याउदा लुटिन्छ, जसले घरमा चलाउन मोबाईल ल्याउदा बाटैमा लुटिन्छ नि त्यही अदबेस्रोको कमाईमा चल्छ देश । जुन विदेशमा डडेर कमाईरहेछन् नि अहिले, जसलाई देश फर्क भन्दै नेताले गफ दिन्छन नि बकवास कार्यक्रममा त्यही लेभरको भरमा चल्छ देश । यसमा कुनै डाउट छैन गाईज । 

कुरा त बुझेकै थियौ होला सबैले तर मैले त्यसमा के कन्ट्रिव्युट गरे त? यही सुन्न मन छ होला हैन? म भन्छु नि के गरे मैले भनेर । मैले देशको सेवा गर्न मेनपावर खोले । अब सहकारी चलाउदा चलाउदै मैले मेनपावर खोले । साला देशभत्तिको चकरमा धेरै बतास चल्यो कि क्याओ यार । यस्तै हो यार के भन्नु, फ्रस्टेसन भन्नु पर्ला । अब मेनपावर खोलेर देशको सेवा भन्दा अलिक कुरो बुझिएन हैन त? कुरा यस्तो छ क्या । मैले  सेल्समेनहरुको प्रोडक्सन यति धेरै गरेको थिए कि मैले उनीहरुलाई सम्हाल्न सकिरहेको थिईन । काम सिकाएर मात्र हुदैन थियो । काम जानिस अब घर जा भन्ने कुरा भएन । त्यही भएर उनीहरुलाई जागिर खुवाउन भए पनि मैले केही गर्नु पर्ने थियो । अनि मैले काठ्मान्डौमा कुरा बुझेर एउटा मेनपावरसँग मिलेर एउटा ब्रन्च शान्तिपुरीमा खोले । अनि मेरा सेल्समेनहरुको लागि भनेर मैले एउटा फन्ड बनाएको थिए । सहकारीमा । अनि जो जोसको त्यो फन्डमा कन्ट्रिव्युसन राम्रो थियो उनीहरुलाई फस्ट अर्पच्युनिटी दिने हिसाबले उनीलाई विदेश पठाउने तयारी गर्न थाले ।  हेड अफिसलाई कमिसन दिनु पर्ने पनि हुन्थियो अनि मेनपावर खोल्नको लागि दिएको धरौटि, टेक्स फुलफिल गर्न मैले उनीहरु सँग पैसा लिनु पनि मेरो बाध्यता थियो । त्यही भएर एकलाखको लगानीमा मैले उनीहरुलाई विदेश ठेल्नको लागि बल गर्न थाले । हाम्रो मेनपावरमा सेल्सको लागि डिल राम्ररी गरिन्थियो अनि पहिले त कतारकै लागि मात्र भनेर हामीले बल गर्न थाल्यौ । पहिलो लटमा हामीले लेन्डमार्क ग्रुपको लागि भनेर सेल्स पठायौ । मतलब उनीहरुले काम गरेको भनेर एक्सपिरियन्स लेटर बनाएर आफैले चेनल मिलाएर उनीहरुलाई पठायौ । पहिलो लटमा २० जना पठाईयो । त्यही भएर जग्गा सहकारीको नाममा रोक्का राखेर पैसा निकालेर उनीहरुलाई विदेशको लागि पठाईयो । जसले गर्दा उनीहरुलाई पैसा, सहकारीलाई व्याज अनि मेनपावरलाई कमिसन बबाल आयो । २० जनालाई हामीले कतार पठाएर पहिलो लटलाई मजाले मोनिटर गर्न थाल्यौ । सबै जना बबाल बबाल अरबिक जान्ने प्लस सेल्समा धासु थिए त्यही भएर सेल्समा उनीहरुको पर्फमेन्स देखी कम्पनी हामी देखि एकदम खुशी थियो । हामी यता धमाधम सिकाउने काममा लागेको लागै थियौ ।  

विदेश जानेहरुलाई धितोमा लोन दिईएको थियो तसर्थ उनीहरु यता कम्पनीमा पनि कनेक्टेड थिए । उनीहरु सँग हामी सेडुल मिलाएर कुराकानी गरिरहन्थिउ । अरु भन्दा पनि म त्यहाँको कम्पनीले के स्ट्राटेजी लगाउदै छ । नयाँ के छ भनेर चियो गर्ने पनि गर्थे । अलिकति केही नयाँ भेट्यो कि त्यसको रिसर्च गर्ने अनि ईम्पल्मिेन्ट गरिहाल्ने । पहिलो लट्का सेल्सहरुलाई जसो गरे पनि ३ बर्ष त्यही बस्नु भनेर उनीहरुलाई भनि रहन्थे । कुरो यस्तो हो क्या । कुनै पनि कम्पनीले जब कुनै स्टाफ हायर गर्छ नि उसलाई कहिल्यै पनि फुल अर्थोरिटी दिदैन । पहिलो स्टेजमा प्रोभिजन स्टेज, टेम्पोरेरी, अनि मात्र स्टेबल स्टेजमा लाने हो । त्यही भएर त्यहाँ लर्निगं अनि अर्निगं दुबै गर्नको लागि टाईम स्पेन्ड गर्नै पर्ने भन्ने कुरा उनीहरुलाई सिकाउथे । त्यहाँ सिकेको उनीहरुले भनेको मेन त त्यही ईन्भाईरोमेन्ट स्टडी अनि कम्टमर बिहेभियर हो । बाँकी त सबै मैले सिकाएकै थिए । 

एकदिन म आफ्नै अफिसमा बसिरहेको थिए । करिब एक बजे तिरको कुरो हो । हामी सबै स्टाफ खाजा खान बसिरहेका थियौ । हामी साधारण गफगाफ गरिहेका थियौ । अनुप र गंगाले रमाईला गफ निकालिरहेका थिए । हाम्रो स्टोर र संस्था भनेको एउटै बिल्डिगंमा  छ त्यही भए हामी खाजा खाँदा प्रायः सँगै नै हुन्छौ । दुःख सुखका कुरा, केही थेत्तरा कुरा, केही कामका कुरा त्यस्तै त होनी । फोन आयो । अब फोन आउनु कुनै नौलो कुरा त होईन । म त उसै पनि भिआईपि पो त । अध्यक्ष्य, ट्रेनर, लाईफ केयर, लाईटरुम, लाईफ्सको फाउन्डर अनि सिईओ । राम राम राम .. तक्मा जसरी लाग्दै जाने हो भने त कस्सम मैले छाति पनि कि त अरुको भाडामा लिनु पर्ने कि त अर्को छाति किन्नु पर्ने रहेछ यार । अ.. छोड दिम छातिको कुरा कुरा फोनको थियो । धेरै आउट अफ सिलाबस कुरा गर्नु पनि हुदैन । नत्र कोर्स ढिलो सकिन्छ । 

“हेल्यो । ” मैले एकदम एटिटिउडमा फोन रिसिभ गरे । मलाई लाग्यो मेरै कोई केटाहरु होलान् । कतारको नम्बर थियो । कुन फुच्चेले काम पायो भन्दै उठायो ।

“हेलो । एम आई स्पिकिगं विथ मिस्टर बिक्रम ?” उता बाट रिप्लाई आयो ।

मलाई नौलो लाग्यो । अलिक लितिफा लितिफा तरिकाको बोली, टोन पुरै अरबिक । कुन हबिबीले फोन गर्यो फेरी भने जस्तो लाथ्यो । अब सुरुमा केटाहरु पठाईएको छ । हबिबीको फोन आउछ, मलाई चिसो पस्यो । कुन नागोले के बिगार्यो फेरी भनेर । 

“एई, मुदिर । आना बिक्रम । केईफ हालक ?” मैले भने ।

मतलब हो हजुर म बिक्रम हु । के छ खबर भनेको क्या । अब अरबिकमा के के भने त्यो तिर नजौ होला नत्र पुराण वाचन हुन्छ । उसले मलाई मेरोबारेमा सोध्न थाल्यो । उसको नाम अलि रमाधान रहेछ । सिरियाको मान्छे त्यही कम्पनीमा एच.आरमा रहेछ । अनि उसले सबै स्टाफको डकुमेन्टेसन गर्दा नयाँ ब्याच सबै लाईफ केयरको स्टाफ अनि सबैलाई पठाउदा मैले नै पठाएको देख्दा कुरो के रहेछ भनेर उसले क्युरोसिटीले फोन गरेको भन्यो ।

मैले पनि के छ र यार बल्ल बल्ल सो अफ गर्न पाएको । सबै स्टोरको फोटो, लाईफ्स ईन्चिटिउटको फोटो अनि प्रमोसनहरु फोनमा बोल्दा बोल्दै उसलाई हाल्दिए । कति भयो बिजनेस गरेको भनेर सोध्यो । मैले ४ बर्ष भन्दिए । उ त बल्ला बल्ला दिन थालिहाल्यो नि । पत्याएन क्या । ४ बर्षमा यत्रो? कसरी गरिस भन्दै थियो । अनि मैले पनि उसलाई स्वाग सहित जबाफ दिए । मेरो स्टाफ कस्तो छन? आफै अन्दाज लगा न भनेर । अनि त उ त एन्सरविहिन भई हाल्यो नि । अनि यता कुन भाषा बोल्ने गरेको छ भनेर सोध्यो । मैले नेपाली भने । उसले अरु कुन कुन चल्छ भन्यो । मैले उसलाई चल्ने सबै भाषा भने तर उसले सोध्न खोजेको कुरा भनेको अरबिकको थियो । म आँफै पनि अरबिकमा उजतिकै नै बोलिरहेको प्लस मैले पठाएका सबै एकदम फ्रेसरहरु प्लस अरबिक कुनै कन्ट्री नगएको तर एकदम मजाले अरबिक बोलेको सुन्दा उ आफै छक्क पर्यो । अनि उसले कसरी यो सबै भयो भन्दा मैले सटकटमा यस्तो यस्तो हो भने । करि डेड धण्टा जति फोनमा कुराकानी भयो अनि उसले छक्क पर्दै पर्दै फोन राख्यो । यता अनुप मलाई फोन राखे पछि भन्न थाल्यो ।

“धन्न दाई तपाईले स्टोरको मात्र भन्नु भयो । नत्र चार बर्षमा स्टोर, मार्केटिगं, सहकारी, ईस्चिटिउट सबै भन्दा त पत्यादैन पनि थियो होला । साची कतारमा सहकारी हुन्छ कि हुदैन?”

“किन हुदैन? हुन्छ नि । सहकारी नभएको देश हुन्छ काँही ?”

“अनि कलेक्सन पनि गर्छन त्यहाँ? हिडिनसक्नुको गर्मी हुन्छ भनेको हैन?”

“यस्तो हो क्या भाई त्यहाँको सहकारी भनेको पेट्रोलियमको सहकारी, कृषि सहकारी, खजुर सहकारी हुन्छ क्या । त्यहाँको तेतैको सिस्टममा हुने हो । हाम्रो भनेको पैसा उठाउने ऋण र बचत सहकारी भनेपछि यताकै सिस्टम भयो । ठाँउ अनुसारको हुन्छ क्या । ” मैले सम्झाए । उसले पनि बुझे जसरी ए ए त भन्दै थियो तर उसलाई त्यताको के छ बुझेर के पो छ र । न त मैले उता भएको बेला देखेको नै थिए । गफै त हो नि यार । 


जे होस एक्लो मालिक हुन मलाई ६ देखी ७ बर्ष लाग्यो भन्दा हुन्छ । कमाई त लगभग सेलरी बाहेक केही नै गरिएन । बल्ल बल्ल अब महिनाको डेड लाख जति हुन थालेको छ । सेलरी मात्र है । अब आफ्नै भए पनि म पनि त कर्मचारी नै परे । कम्पनी अलग अलग दर्ता भए पछि हरेक कम्पनीको म स्टाफ नै त भए । जे न तेन सबै तिरको जोडेर महिनाको डेडलाख चहिँ आफुले आफुलाई खुवाउन थाले । ठिलै आयो कडा आयो । के गर्छौ गाईज । देख्दा पो धेरै  छ त । सात बर्ष जति केई न केईको तरिकाले खटेर बल्ल बल्ल आयो । तर एउटा सम्स्या क्या । सेलरी बडाईदेउ भन्न चहिँ मलाई कुनै ठाँउ नै छैन । अब आफै राजा, आफै मन्त्री अनि आँफै जनता ।तर जस्तो जे भनेपनि अब त मेरो चाँदीकटाई सुरु हुने दिन गाईज । अब बल्ल पो हिरोको ईन्ट्री हुन्छ त ।