टायम..

कुरा यस्तो क्या । स्टाफहरु यति धेरै हुन थाले कि सम्हाल्नलाई एच.आरको एउटा टोली पनि बबाल तरिकाले चाहिदो रहेछ । यो त बिग बिज्नेसको कुरा हो । हरेक पल्ट ९ जना सेल्स थपिन्छन । यहि रेसियोले मैले अगाडी बडाए भने ५ बर्षमा नेपाल नै भरिन्छ । तर नेपाल भरियोस कि ईन्डिया, रोकिने कुरा आउदैन । त्यही भएर म बिन्दास तरिकाले आफ्नो काममा लागि रहेको मान्छे । खैर कुरो यो होईन । कुरो यो हो । मैले अब एकदम रेपिड तरिकाले काम गर्दै जाने क्रम छोडेको थिईन । मेरो अर्को योजना भनेको सेल्स ईन्चिटिउट खोल्ने । 

मैले फेरी अर्को कम्पनी दर्ता गराए । एकेडेमी अफ एक्सिलेन्स भनेर । तालिम दिने भनेर खोलेको उक्त ईस्टिचिउटमा सेल्स, मार्केटिगं, आईटी र मेनेज्मेन्टको ट्रेनिङ हुने भनेर दर्ता गरियो । तदनुसार अब धमाधम तालिम दिन थालियो । हामीले १०० पर्सेन्ट ईस्कोलर सिपमा पढाउने भनेर पनि आबेदन दिन थाल्यौ । त्यसमा केही क्राईटेरिया थिए । ति मध्ये कुरा यस्तो थियो । ईन्डाईरेक्ट एक्जाम हुने, जसले त्यसमा ईलिजिविलिटी पाउछ त्यसलाई मात्र दिने भन्ने कुरा थियो । मतलब त्यसको लागि के के चाहिन्छ भन्ने कुरा एक्पोज गरिएन । आर्थिक स्थिति कस्तो छ, नलेज कतिको ग्रेब गर्छ, कतिको पोटेन्सियल भएको मान्छे हो भनेर जाँचेर मेनेज्मेन्टले आफै दिन्छ भन्ने कुरा जताउदै त्यो उर्दि जारि गरियो । अनि त्यसमा परिन्छ कि भनेर आबेदन दिनेको पनि राम्रै घुईचो लाग्न थाल्यो । हुन त कुनै पनि फर्मले नोटिस जारि गरिसक्दा धमाधम एप्लीकेसन सस्क्राईप हुन त्यति सजिलो कुरा हैन । किनकी मान्छेले सिधा सिधी जे देखिन्छ त्यही किन्ने हो । हामीलाई प्रत्येक सेल्सको कस्टमरले राम्ररी चिनेको थियो त्यही भएर हामीले निकालेको नोटिफिकेसन  सर्कुलेट गर्न हामीलाई खासै वाल थिएन । एक सटमा काम दिन्थियो । प्लस हाम्रो मोवाईल एपमा हालिसक्दा हाम्रो एडभर्टिजमेन्टको लागि कुनै कष्ट थिएन । हामी जे चाहन्थियौ त्यही हुन्थियो । अँ साँची एउटा कुरा नि ।

हामीले टेक्नोलोजीलाई यसरी लिड गरेउ कि हामीलाई केही कुरा त के भन्नु मेरो बर्थडेको दिन मैले सबैलाई मेरो नामबाट १० पर्सेन्ट डिस्काउन्ट दिने भनेर एकपल्ट मैले एड दिएको थिए । त्यो एडमा कुपन नम्बर सहित रिडम्पसनको लागि अल्गोरिदम बनाएर हाल्न मैले आईटीलाई भनेको थिए, जसले गर्दा हरेक व्यक्तिलाई फरक कोड मिल्ने हुन्थियो । अनि त्यो कोडको आधारमा डिस्काउन्ट दिने भनेर गर्दा ९० पर्सेन्ट जति मजाले कन्भर्जन भएको देखियो मतलब त्यो मेरो एउटा ट्रायल थियो । मेरा कस्टमरले मेरो एप राम्ररी चलाएका थिए । त्यही भएर मैले अर्को प्लान स्टार्ट गर्नुपर्ने देखिन थाल्यो ।

कुरो यस्तो हो गाईज । मैले फेरी अर्को डिपार्टमेन्ट थप्ने भए । मार्केटिगं डिपार्टमेन्ट । कम्पनी पनि अर्को दर्ता गरेर मैले फायरवर्क ईन्कर्पोरेसन भनेर अर्को मार्केटिगं कम्पनी सुरु गर्ने भए ।   त्यसको कारण भनेको यस्तो हो । जब मैले लाईटरुम सुरु गरे नि तब एउटा कुरा के अनुभब भयो भने । जब मैले त्यसरी काम गर्थे नि तब मान्छेले देख्दा मैले लाईटरुमलाई काम कन्ट्रेक्ट दिएको जस्तो देखिदो रहेछ । सबै ईस्टाप मेरै भए ता पनि ति मेरा जस्ता नदेखिदो रहेछ । अर्को बेनिफिट भनेको जब म त्यसरी अलग कम्पनी दर्ता गरेर चलाउछु नि तब कम्पिटिटरको पनि चाल बुझ्न हेल्पफुल हँुदो रहेछ । माने कुरो यस्तो हो । लाईटरुमले गर्दा मैले अर्जुनेलाई थाङ्नामा सुताए देखि त मलाई अलग कम्पनी खोल्न त मजा आउन थालेको थियो । एजुकेसन पर्पोजले गर्दा त्यसको र लाईफ केयरको रिलेसन नै देखिदैन थियो । आनन्दसँग मैले विज्ञापन लिएको जस्तो गरेर मैले सबैलाई ईन्सिटिचिउटको एड दिए । अनि एडमिसन लिन थाले ।


ईन्टिचिउटको स्टार्टिग फेरी रमाईलो तरिकाले हुन थाल्यो । मतलब सुरुमा न कुनै बिल्ङिग न टिचर बस् मेरो मनमा आयो हाल्दिए एड । आवेदन धमाधम आउन थाल्यो । एक हप्ता मै १५०० जनाको आवेदन आयो । आवेदन शुल्क ५०० दिदाँ पनि थामिनसक्नु फर्म आएको थियो ।  पैसै मुला त छापेको छापै भयौ हामी । एक महिनामा विज्ञापन पुगे सम्मको सबैको एप्लिकेसन लियौ जम्मा १८००ले फर्म भरे । त्यसलाई सेग्रीगेट गरेर कोर्स अनुसार डिभाईड गर्न थाल्यौ । ४०० जनाले सेल्समा दिए, ५०० जनाले आईटि, मेनेज्मेन्टले ६०० जना अनि मार्केटिगंमा ३०० जनाले दिए । अब हामीले ति सबैलाई सेग्रीगेट गर्नु थियो । ४०० जना, मतलब हरेक फिल्डबाट हामीलाई फेबरमा पर्नेहरुलाई छानेर हामीले निकाल्ने निधो गर्यौ त्यही भएर सबैलाई गुगल फर्मबाट हरेक डिपार्टमेन्टको लागि कोईसन बनाएर प्रि.असिस्मेन्ट भनेर कोईसन बनायौ । कोईसन के के बनायौ भनेर बताई नरहौ होला । तर कोईसनको मेन मोटिभ भनेको एप्लिकेन्टको बेग्राउन्ड, एटिटिउड, ड्युराबिलिटि र नलेज चेक गर्ने थियो । कुनै पनि कोईसनको एन्सर सहि या गलतवाला थिएन । बिन्दास तरिकाले कोईसन बनाउनलाई भने अनि प्र्रत्येक कोईसनलाई एनालाईसिस गरेर मैले चेक गरि गरी बेस्ट अफ द बेस्ट प्रि असिस्मेन्ट बनाए । अनि सबै मैले सेडुलिगं गरेर एक्जाम राखे । त्यो एक्जामको मेन मोटिभ सेग्रीगेसन थियो । एक हप्तामा सबैको पेपर हेरियो । एकदम दिनरात गर्दा पनि १० जनालाई एक हप्ता लाग्यो अनि सबैको पेपर मध्ये ५०० जनालाई स्कोलरसिपमा हाल्ने भईयो । जस मध्ये ४०० ईन्टरभ्यु पछि राखिने भईयो । सर्त बमोजिम धमाधम ५०० जनाको ईन्टरभ्यु लिन थालियो । ४ दिनमा ईन्टरभ्यु सकियो । अनि त्यहाँबाट जेन तेन ४०० निकालेर तिनीहरुलाई फ्रि प्रिमियम एडुकेसनको लागि सेलेक्सन गरेर नोटिस गराईयो । ४०० जनालाई प्रिमियम एजुकेसन अनि १४०० लाई नर्मल प्याकेज । कुराकानी अनुसार सबैलाई नर्मल कोर्सको लागि अर्को महिना देखी सुरु गर्ने भनेर कुरा राखियो । जसमा सेडुल र सिलाबस मुताबिक कोर्ष तयार गरेर सिकाउन थालियो । 

नर्मल कोर्षमा सेल्समा फन्डामेन्टल अफ सेल्स भनेर सिकाईयो । जुन कुरा नर्मल्ली सिकाईन्थ्यो त्यही । बुकमा भएको नलेजलाई प्राक्टिकल सिकाउन थालियो । आईटीमा बेसिक कम्पुटर अनि अलि एड्भान्स लेभलमा सिकाउन थालियो । माईक्रोसफ्ट बेसमा । अनि मार्केटिगंमा ईन्टरनेसनल मार्केटिगं स्किल, अनि मेनेज्मेन्टमा पनि त्यही कुरा जुन थेओरीमा हुन्छ त्यसलाई प्राक्टिकल ईम्प्लीमेन्टेसन सिकाउन थालियो । बास्तबमा उनीहरु मेरो टार्गेटका स्टुडेन्ट थिएनन् तर पनि ईन्चिटिउटको गुडविल नविग्रीने गरि ट्रेनरलाई प्राक्टिस गराउने मेलो अनि उनीहरुको फिस चप्काउने हिसाबले क्लास दिन थालियो । 

अब प्रिमियममा चहिँ के ? भन्ने कुरा आयो होला हैन? बास्तबमा प्रिमियम एजुकेसनको स्टुडेन्ट भनेको मेरो टार्गेट स्टाफहरु हुन । तिनीहरु मेरो बेस्ट अफ द बेस्ट चोईजका एकदम पोटेन्सियल होल्डर क्यान्डिडेटहरु थिए । जसमा सम्भावना देखियो उनीहरुलाई हायर गरेको थिए । उनीहरुलाई मैले मेरो स्टोरमा डेभलप गरेको मोडुल टिच गर्नको लागि सेलेक्ट गरेको थिए । उनीहरुलाई ४ पेजको ट्रम्स एन्ड कन्डिसन साईन गराईयो । मतलब उनीहरुको सबै एकेडेमिक क्वालिफिकेसन भनेको मेनेज्मेन्ट टिम सँग हुन्छ , लेंग्वेज सबै अरबिकमा हुनु पर्ने, १ बर्षको कोर्स पढाई हुने अनि आफुले फाईनल एक्जाम दिएर पास गरेपछि मात्र रिलिज हुने ।, रिलिज हुन पर हेड १०० जनालाई पढाएर उनीहरुको सेन्ट पर्सेन्ट रिजल्ट दिएर मात्र रिलिज पेपर पाईने ।, रिलिज नहुन्जेल अन्यत्र पढाई र जब गर्न नपाउने भन्ने जस्ता धेरै ट्रम्स कन्डिसन बनाएर उनीहरुलाई सिकाउन थालियो । उनीहरुलाई एक से एक ट्रेनिगं दिईन थालियो । सबै जना उनीहरुको कामको क्याटागोरी अनुसार स्किलफुल बनाईदै थियो । स्टोरमा सेल्सको एक्सपान्सन धमाधम जादै थियो । मेरो मेनेज्मेन्ट एकदम चेन रिएक्सनमा काम गर्दै जाँदै थियो र बाहिर कसैलाई भुत्लोभागं केही थाह थिएन । देख्दा स्टोरहरु मात्र थिए मेरा तर भित्र भित्रै मार्केटिगं, आईटी, एलएन्डी सबै थोकले आगो बालिरहेका थिए ।जसरी भुसमा आगो बल्दै जान्छ नि त्यसरी नै । 


आईटीमा नयाँ टिम बन्दै थिए । प्रोग्रामिगं, डेभ्लोप्मेन्टको कोर्ष धमाधम जाँदै थिए । उनीहरु पनि एकदम कोर नलेज लिईरहेका थिए । मेरो स्टोर अनि मेनेज्मेन्टमा विन्डोज थिएन । सबै लिन्क्स । मैले मेरो स्टोरको ग्लास र कम्पुटर दुबै तिरबाट विन्डोज हटाएको थिए । मेरो आईटी ग्रुपमा पनि सबै लिनक्समै काम हुन्थियो । एक्चुली कुरो के हो भने । हाम्रो आईटिले डेवियन अपरेटिगं सिस्टमलाई मोडिफाई गरेर लाईभ्स भन्ने लिनक्स बनाएका थियौ । त्यही भएर प्राय सबै ईम्प्लोईले आफ्नो पर्सनल पिसीमा पनि त्यही नै चलाउने बानी परेको छ । अनि बिस्तारै बिस्तारै मैले सर्टिफिकेसन दिन थाले । एक बर्ष यतिकै मा बित्यो । सबै एक से एक खुंखार भएर निस्कन थाले । अब मलाई दुई ओटा काम सुरु गर्नु थियो । पहिलो मलाई फन्डिगं गर्दिने सोर्स तयार पार्नु थियो ।

पहिलो कुरा मलाई पैसा बबाल तरिकाले चाहिएको थियो किनकी सपना त बल्ल सुरु भएको थियो । एक्सपान्सन त सुई सुई हुदै जान थालेको थियो तर त्यसम लाभ लिन मैले सकिरहेको थिईन । हरेक सेल्सलाई कस्टमर लोयल बनाउन दिनरात नभनी ट्रेनिगं दिई रहेको छ । कुनै पनि स्टाफलाई कोही केटी मन परे त्यसको चिना हेरेर मिल्ने नमिल्ने सम्मको कुरा गर्दै काम हुदै थियो । ३ बर्षको अन्तरालमा मेरा ८ जना स्टाफहरु विहे गरीसकेका थिए । सबिनले गंगा, अनुप र लिलाले टिम भित्रै बिहे गरेका थिए । मेरो कमाई क्यासमा अझै हुन सकिरहेको थिएन । ६ बर्ष सम्म पनि त्यही रेसियोमा कम्पनी एकदम ग्रो हुदै थियो । मेरो पैसा सबै त्यही भित्र सर्कुलेट भई रहेको थियो । अनि मैले मेरो सबै गोल पुरा नगरी मेरो हातमा केही नै नहुने थियो । त्यही भएर अब पैसा फ्लो गराउन मलाई सोर्स बनाउनु जरुरी थियो । त्यसको लागि के उपाय लिउ त ?

लोन लिउ? टाईमै ब्याज दिन नसक्दा काहीँ नभएको पिडा, सापटी लिउ त्यो नि मन लाग्दैन । आखिर गरौ के त? 

धेरै सोचे । अनि अन्तिममा एउटा बेस्ट उपाय आयो । अब सहकारी खोल्ने । यो भन्दा बेस्ट उपाय त केही नै हुदैन । किनकी म सँग कस्टमर छन । सेल्समेन छन । फाईनान्समा खुंखार दादा दादा छन अरु के चाहियो। मैले यो सोचे । कसरी बन्छ सहकारी स्टडी गरे । पैसा चाहिने रहेछ खोजखाज गरे । केही भनेको लोन लिएरै गरियो । केही बेच्न मिल्ने जिनिस बेचियो अनि सबै स्टोरको मेनेजरलाई पैसा हाल्न लगाएर सकहारी बनाईयो । नाम राख्ने बेलामा हामीलाई के राखौ के राखौ भएको थियो अनि त्यसको नाम राखियो सुन्दर जिवन सहकारी संस्था लि. ।

अब सहकारीको पनि सुरुबात गरियो । मैले त्यहाँ समय दिन पर्ने भयो । तदनुसार संस्थाको अध्यक्ष्य भई मैले सहकारी चलाउन थाले । म अब संस्थाको विकासको लागि धमाधम लाग्न थाले । मेरो लागि सहकारी भनेको एकदम नौलो कुरा थियो । यो भन्दा अगाडी गरको काम र पढाईले मलाई सेल्स र फाईनान्स सम्म त सिकाएको थियो तर यताको काम भनेको त मैले नसोचेको काम गर्नु पर्ने थियो । लाईफ केयरको मेनेजरहरु सबै समितीमा बसे । अनि फाईनान्सबाट ट्रेन भएका स्टुडेन्टहरुलाई धमाधम ईन्टरनल काममा हायर गर्न थालियो । आईटी टिमले सहकारीको सफ्टवायर बनाउने काम पाए । अनि फिल्टर भएका अरु १४०० जना बाट मार्केटिगं स्टाफ राख्ने भईयो । मेरो यो सहकारीमा काम सुरु गर्न धेरै भन्दा ३ महिना लाग्यो तर प्रोसेस गर्दा, भन्दा त्यहाँ भित्रको फर्निचरको लेआउट बनाउनै धेरै टायम लाग्यो । सफ्टवायर आफै बनाएर चलाउने भईयो । नेटमा पाईने सफ्टवायरलाई टेस्ट गर्दै आफ्नै अल्गोरिदममा सफ्टवायर बन्ने भएकाले धेरै थोक बिटा भर्जनमा चलाईन्थियो । त्यसैले त्यसमा अपडेट गर्दै चलाउदै गर्न थालियो । हामीले मार्केटबाट पैसा उठाउदा ऋण दिने भन्नु भन्दा धेरै ब्याज दिने भनेर पैसा उठाउन थालेका थियौ । किनकी ऋण दिनु भन्दा आफैले पैसा चलाउनु हाम्रो मेन मोटिभ थियो । त्यही भएर धमाधम खाता खोल्ने अनि फिक्स डिपोजिट र लगं ट्रम डिपोजिट जम्म गर्न थाल्यौ । ईन्ट्रेस्ट एनुअल्ली हाल्ने सिस्टममा चालु गर्ने भएकाले हामीलाई ब्याज दिन एक बर्ष सम्म टायम हुने भयो । पैसा आफुलाई नचाहिन्जेल भनेको ऋण लगानी गर्ने, चाहिदा आँफै चलाउने नियतले सहकारी चलाउन थालियो । एकदम एड्भान्स तरिकाले हामीले कर्जा लगानी गरेर चलाउन थाल्यौ । प्राय हामी क्यास भन्दा पनि नन् क्यास ट्रन्जाक्सन गर्थियौ । सबै पैसा एक बैकं बाट अर्को बैकंमा ट्रन्सफर र चेकबाट काम गरिन्थियो । हाम्रो ट्रन्जाक्सन यति स्मुथ थियो कि फाईनान्समा काम गर्ने स्टाफहरु हरेक साल १०० जनाको दरले पैदा हुन्थे । अब ब्रान्चैमात्र खोल्न हामीलाई केहीले रोक्नेवाला थिएन । एक बर्षमा त सहकारी नै मात्र १० ओटा खोलियो । किनकी हामीलाई कस्टमरलाई मेम्बर बनाउनु मात्र थियो । मेम्बरहरु पैसा डिपोजिट गर्थे अनि त्यही पैसाले सपिंग गर्थे त्यही भएर हामीलाई ब्याज दिनु भन्दा पनि सामान नै दिदा ट्रान्जाक्सन पनि सेफ हुन थाल्यो अनि पैसा पनि प्रिपेडमै कलेक्सन हुन थाल्यो । हाम्रो एउटा नेटबर्क बनिसकेको थियो क्या । यो त एकदम कम्प्लेक्स कुरा हो क्या । 

सहकारी संस्था सुरु गर्नु कुनै ठुलो काम रहेन रहेछ । तर त्यस पछि त्यसलाई अपरेट गर्न भने बहुत ठुलो काम रहेछ । मलाई मेम्बर बनाउनु पनि कुनै ठुलो काम लागेन किनकी प्रायः सबै मेरा मेम्बरहरु मेरा कस्टमर नै मात्र थिए । उनीहरुले डिपोजिट दिनुको मतलब भनेको डाईरेक्टली सामान किन्नलाई प्रिपेड तरिकाले पैसा दिनु थियो । मैले सामान किस्तामा दिने चलन पनि सुरु गरे । जसरी अरु सहकारीले लोन दिन्छ नि त्यसरी नै मैले सामान बेच्न थाले ।  तर बचत र ऋणको कारोबार गर्ने भनेपछि डाईरेक्ट बेच्न चहिँ नमिल्ने रहेछ त्यही भएर जो कसैले ईन्टलमेन्टमा लिन्छु भन्छ त्यसलाई सुरुमा ३ महिना लगालग डिपोजिट गराउने अनि  त्यसपछि लोन ईस्यु गरेर पैसा दिने अनि त्यही पैसा स्टोरको नाममा डिपोजिट गरेर सामान बेच्न थालियो । राज्यले तोकेको सेवा शुल्क, कर्जा सुरक्षण, तथा सबै प्रकृया पुर्याएर सहकारी पनि संचालन हुन थाल्यो । मेनेज्मेन्टमा कम्प्रमाईज थिएन । मेम्बर खोज्नु थिएन । सबै काम फास्ट हुने भईहाल्यो । अनि त्यही रेसियोमा काम गर्न थालियो । लोनमा लोन पनि दिन थालियो । आफुलाई क्यास सेल पनि हुन थाल्यो । अनि चाहिएको बेला क्यास मजाले जान पनि थाल्यो । ट्रम्स डिपोजिट प्रायः सबै बाह्र बर्षे मात्र खुलाएको थियो त्यसैले १२ बर्ष अगाडी कोही पनि बोल्ने कुरा थिएन । माल छापेको छापै । अनि अर्को कुरा के हो भने । पैसा मुला जति चाहिए पनि मलाई वाल थिएन । जति चाहियो निकाल्ने । कोही एक जनाको नाममा लोन ईस्यु गर्यो चलायो । मतलब अब रैला गर्ने गरि चहिँ हैन । काम टार्ने बेलामा मलाई त्यस्तो केही गाह्रो थिएन । अब मलाई स्टोरको कमाई डाईरेक्ट स्टोरमा हाल्नु जरुरी थिएन ।  अब मेरो बल्ल पैसा आउने बेला भएको थियो । सेल्सको काम भनेको धमाधम खाता खोलाउने । कल्ेक्टरको काम भनेको पैसा अशुल्ने । हेरेक ब्रन्चमा ५००० मेम्बर ईजिली बनेका थिए । न उनीहरुलाई व्याज दिनु थियो न केही । जब चाहिन्छ लोनमा सामान लिन्छन पैसा तिर्छन । त्यस अलाबा १० पर्सेन्टमात्र थिए जसले क्यासको काम गर्थे । रेमिटेन्स पनि गर्न थालियो । पैसा त अझ धेरै आउन थाले । अनि अर्को कुरा ईन्सुरेन्स गर्न त गरिदैथियो अब झन मजाले गर्न थालियो । संस्थाको तर्फबाट अझ प्रोफेसनल तरिकाले । फाईदा हुने ठाँउ कतै छोड्ने कुरा भएन । सबै तिरको क्लोज नेटवर्क अनि सेफ सर्कल भएकाले हामीलाई कसैले बुझ्न, कपि गर्न नसक्ने खाल्को थियो । जसरी समुन्द« हुन्छ नि, शान्त अनि निलो तर भित्र जसरी त्यसमा दुनिया लुकेको हुन्छ त्यसरी नै मेरो नेटवर्क पनि बनेको थियो । हेर्दा एउटा सहकारी, एउटा स्टुडियो अनि एउटा स्टोर देखिन्थियो तर भित्र सबै एउटै हो भनेर कसैले पनि अब्जर्व गर्दैन थियो । त्यही कुराले मलाई एकदम मजाले फाईदा पुर्याई रहेको थियो क्या । म आफैमा प्रोग्रेस अनि कम्पिटिटरले गर्ने हरेक मुभको डाईरेक्ट अब्जर्ब गरिरहेको हुन्थे किनकी ति  सबै मेरै कस्टमर थिए । अब मलाई कसैले चाहेर पनि जित्न नसक्ने अबस्थामा पुगि सकेको थिए । फाउन्डेसन कम्पिट गर्न अब एउटा अर्को पिलर हाल्न बाकीँ छ । अनि त मेरो जहाजले सबलाई पेल्ने हो ।  अप्ना टायम आएगा..