ल्या.. म्या.. परिचय..


अब नाम र व्याग्राउन्डको त के कुरा गर्नु थाह भै हाल्यो । तैपनि एज अ फोर्मालिटी हेलो गाईज माई नेम ईज बिक्रम । बिक्रम चिमरिया । नाम तो सुना हि होगा । दाईहरुले सानै देखि वि सी भाई भन्थिए । गौरव लाग्थीयो जब कसैले वि सी भाई भन्थीयो । मलाई लाग्थीयो म पनि के.पी शर्मा,  एन.टि.आर, यस.आर.के जस्तै वि.सी हु भनेर तर जब उमेर बढ्दै गयो मैले मेरो नामको फुलफर्म पनि डिस्कोभर गर्दै जान थाले । मेरो त नामले हिन्दीमा बेग्लै मिनिगं, ईगंलिसमा विग सि.यच.यु.टि.टि.वाई.ए, के के दिई रहेको रहेछ रहेछ । गाँउको वर्लड फेमस भाईरल भईसकेको रहेछु म त । त्यो पनि सानै देखी । वट थिस डज नट मिन्स यु केन जज् मि रगं । लेट मि टेल यु माई स्टोरी । यु जस्ट किप ईमेजिगं योरसेल्फ ।


अब स्टोरी नवाज दिन सिद्धीगीको जस्तो विकट, कर्णली जस्तो पनि हैन। हुन चहिँ गाँउ नै हो तर अलिक एड्भान्स खाले गाँउ क्या । बाटो छ तर पिच छैन, धारा आउने कुरा छ तर ट्याङ्की बनाउने कुरा जग्गा मा कुरा नमिलेर सुरु गर्न सकिरहेको छैन । फोन आउछ तर तित्रीको रुखमा चड्नु पर्छ । अ.. हाम्रो घर अगाडीको अम्बकको रुखमा पनि टिप्न चहिँ मज्जाले टावर टिप्छ है । साला नेर्टोक रुखमै चडेर आउनेछ भनेरै होला पुर्खाले गाँउको नाम चहिँ राप्चिक सोचेछन, त्यही भएर हाम्रो गाँउलाई चारगाछी गाँउ भन्छन । चारगाछी यो चहीँ याद गरि रहनु ल पछि कुरा गर्नुपर्छ । त्यस गाँउको काले म । आमा बुबाको एक्लो छोरो । आमा गृहणी, बुबा हाल किसान । घर छ जग्गा जमिन छ, खान लाउनको कमि छैन । टु वि अनेस्ट घर चलाईदिने, हुनेवालीको चहि टुंगो भएको छैन । सिंगल छु है ट्राई गर्दा हुन्छ है त । 


कुरो २०६५ को हो एस.एल.सी दिएको साल । साला यो त्यही सालको जसलाई म चाहँदा हुने भए मेरो गल्ती सुधार्थे होला । डिग्री र सेन्टीमिटरको फरक कसैले मलाई सोधोस् म एकदम सप्रसंग व्याखा गरिदिन्थे होला । सर्ट एन्ड सुईटमा भन्नु पर्दा, एसएलसीमा फेलै  हुनु त्यो गल्ती सेन्टीमिटर हो । किनकी त्यसले यो त पक्का हुन्छ कि बाबु तिमी के गर्न सक्दैनौ र तिमीले के गर्नु पर्छ । चाहे २,४ सेन्टीमिटर तिमीले बाटो विराउला त्यो त सुधार हुन्छ । मतलब ऐसा ईमिडियटली तो नहि होगा । लेकिन होगा । एक सालबाद होगा । तर तिम्रो डिस्टिन्सन आओस्, खुशीयालीको लड्डु बाट्न जादा एउटा नागाले साईन्स देखाओस, अर्को नागाले कमर्स, अर्को पातकीले मेनेज्मेन्ट, कम्पुटर साईन्स अनि तिमी लहैलहैमा लागेर यस्तो गल्ती गर्छौ कि सुनेको भरमा र अर्काले उडाएको भरमा उडेर काम न काजको पढाईमा आफ्नो मराउन तिर लाग्छौ अनि तिमीलाई रियलाईज हुनेछ कुनै दिन कि गल्ती तिमीले कति डिग्रीमा गरेउ भनेर । एक्चुली माथा मराउने को कुरा गरेको थिए है त। हुन त तिमीले सोचेको पनि मर्छ मर्नत् । नट ए विग डिल ।स्टोरीमा जौ हैन त । ८१.७६% मार्कस लिएर केटो लाग्यो शहर तिर साईन्स पठ्न ।नयाँ जोस, उमंग, हर्ष, त्यस माथि २०६६ को नयाँ वर्ष लागियो कलेज पढ्न । कोई कोई साईन्स पढ्न बेलै देखि बृज कोर्ष गरेका साथीहरु, कोई कोई ईकोनोमिक्सवाला साथी, कोही सेकेन्ड डिविजनका मरितरी पास भएका नागाहरु । मलाई त अझै पनि दया लाग्छ ति विचराहरु माथि । केनै छोपौला भनेर साईन्स पढ्न आएको थियो त्यो पनि सकिनसकी साईन्समा गाना मराउनलाई । आई वाज अल्सो वान अफ देम । मलाई जेनुनली भन्नु पर्दा आई वाज नट ईन्ट्रेस्टेड अन ईट । त्यो त साला भ्यागुता अपरेसन गरेर जिउदो पार्न सिकाउछ भनेर पो त ।



पहिलो वर्ष, मैले सुनेको थिए । नोट बनाउनु पर्छ, प्राक्टिकल, ल्याव, यि सब मैले एकदम बेसब्रीका साथ ईन्तजार गरेको थिए । अन्तत त्यो दिन आएको थियो । मैले कल्पना गरेरको साईन्स । क्या मजा आएको थियो । ईफ यु रिमेम्बर रेन्चो ईन थ्रि ईडियट, ईभन माईसेल्फ वाज थिंकिग सेम । म पनि गदगद । पहिलो दिन । फिजिक्स, क्यामेस्ट्री, बायोलोजी तर बोटानी चहिँ सुनेको थिईन । हामीले पढ्दाको वनस्पती विज्ञान रेछ । टिचरले आउने वितिकै नोट बनाउने तरिकाहरु सिकाए । सुरु सुरुमा त रमाईलै थिए तर विस्तारै आई वोज फिलिङ् लाईक आयम जस्ट कपिङ्, दियर ईज नोथिंग लाईक एक्साईटिङ्ग एट अल ।सोचेको साईन्स र परेको साईन्सको अन्तरले मलाई नराम्ररी डुबायो । डुवायोे पापी मायाले डुवायो पापी मायाले ...


३ महिना मैले पढे । प्रतिक्षामा पढे साईन्स किनकी बायोलोजीको प्राटिकल भएको थिएन । मेरो आखरी उम्मीद । मेरो साईन्स पढ्नुको मुल रिजन हाल सम्म मैले देख्न पाएको थिईन । मैले भ्यागुता चिरेर त्यसो अपरेसन गरेर बचाई सकेको थिईन त्यसैले म मन नपरी नपरी मैले जबरदस्ती पढिरहे । अन्तत त्यो दिन आयो । करिब ६ महिनाको ईन्तजारमा । अपरेसन पनि भयो तर मरेको भ्यागुताको सिनोको । के अपरेसन भन्नु डेड बडीको पोस्टमेडम भयो । म बरबाद भए, म लुटिए, म सिद्एि । अब न म छोड्ने अवस्थामा रहे न त पढने । मैले मजबुरन कसैसँग ख्याल ख्यालमै मकैबारीमा ठट्टाँ गर्ने हुँदा जिम्मा लिनु परे जसरी बेहोनु पर्यो मैले साईन्सलाई । लेकिन मै झुका नहीँ । ब्याक लाउदै भएपनि ३ वर्षमा प्लस्टु पास गरे ।


ओ सिट ! मैले मेरो लब स्टोरी भन्न बिर्सेछु । मेरो लब परेको थियो नि यार । त्यो कुरो फर्सट यियरको कुरा हो क्या । हाम्रो त्यतीबेला बिहानको कलेज हुन्थियो । कक्षा १० को एउटी फुच्चीलाई मैले क्यान्टीनमा खाजा खाएरै पट्टयाको थिए । ३ महिना लाग्यो तर फाईनलमा ब्याक लाग्नु अगाडी मैले उसलाई सक–सेक्स फुल्ली पट्टयाएको थिए । उसको कोचिङ्ग हुन्थियो र स्कुल सुरु हुनु अगाडी क्यान्टिनमा टिफिनमा ल्याएको दालभात खान्थी । एकपल्ट उसलाई जिस्किदा जिस्किदै सब्जि चाखौ न भन्दै जिस्काएको थिए । उसले पनि हुन्छ भनि । मलाई के थियो र ल्याम्म पारिदिए । बिस्तारै बिस्तारै कुरा मिलेर कुरो बिस्तारै पुग्यो । करिब करिब सेकेन्ड यियरको फाईनल सम्म केही महिना बाँकी थियो उसको दाजुले थाह पायो तसर्थ मेरो रामधुलाई भयो । करिब १ हप्ता जति हस्पिटलको बसाई पछि मलाई रुममा बस्न पर्दैन भनेर घरै फर्कनु पर्ने बाध्यता पर्यो । जसो तसो ३ बर्षमा त मैले सके सक्न त । एक्लो छोरो परियो । आमा बुबाले मलाई फेरी बाहिर जान दिएनन् सो देट आएम ईन होम । हुन त स्टोरी लामो छ क्या पछि भन्छु ल लभ स्टोरी डिटेलमा ? 


अनि सबै थोक यसरी नै चल्दै आएका हुन । सबै यस्तै त हो नि यार घर बस्यो, बजार डुल्यो । मैले त्यही कारणले गर्दा अन्य कुनै पनि अर्पच्युनिटी ग्रयाब गर्न नपाएको हो क्या ।  देख्दा म एकदम बेगारी नै छु तर यसको मतलब यो हैन कि म एकदम शुन्य छु, ऐले सम्म मैले अंग्रजी डिस्नरीको २५०० ओटा शब्दहरु कण्ठ गरेको छु । कम्पुटर बेसिक भए पनि सिकेको छु । एचटिएमेल पनि सिकेको छु । साला नासा नै त ह्याक गरि हाल्दिन होला कि तर एकदिन म मेरो बेस्ट दिनेछु मलाई विस्वास छ गाईच तिमारको दाईले केही गर्छ । 
गफको तालमा धन्न ईन्ट्रो नै पो छुटि रहेको यार ।