त्याे दिन मेराे जिन्दगीकाे  एकदम महत्वपुर्ण दिन हाे । जब म उसलाई भेट्ने प्रस्ताव राखेर फर्किए तब मलाई एकदम भित्रै देखी बेग्लै खाले उत्तेजनाले सताई रहेकाे थियाे । शनिबार थियाे त्यसैले हामी मन्दिर जाने भनेर हामी दुबै जना दाजु भाई पालैपालाे नुहाएर तयार भयाै । त्याे दिनकाे हाम्राे याेजना लगभग उस्तै थियाे। दाई उस्काे तिर मेराे आफ्नै तिर जाने र भाेली घर जाने हाम्राे निर्णय भएकाे थियाे । दाजु भाई मन्दिर तिर लाग्याै र बाहिर निस्कनै लाग्दा यसाे हेर्दा दाई कसैसँग कुराकानी गरिरहेकाे थियाे । म नजिकै गए ।

 "याे चहिँ मेराे भाई आलाेक । भाई नमस्ते गर, वहाँ चहिँ वडा कार्यलयमा सचिव जि हुनुहुन्छ कमल घिमिरे ।" दाईले परिचय गराउदै भन्नु भयाे  मैले नमस्ते गरे । 

"नमस्कार बाबु, के छ तिम्राे खबर ? परिक्षा कस्ताे भयाे त तिम्राे ?" 

"ठिकै भएकाे छ हजुर । साेचे जस्तै नै भयाे त । अनि हजुर काे के छ नि खबर ?" मैले साेधे । उहाँले पनि सबै ठिकै भएकाे भन्नु भयाे । उहाँसँग एकछिन कुराकानी भयाे । साह्रै रमाईलाे मान्छे । कुराकानी गर्दा गर्दै हामी बाहिर निस्किन आटेकाे थियाै वहाँले भन्नु भयाे । "भाेली देखी घरै जाने रहेछाै । केशब जाै हिड हाम्राे घरमा । यसाे चिया नास्ता गराैला न । " उहाँले भन्नु भयाे । यसाे घडी हेरे । ८ बजेर ४५ मिनेट । 

"खैर ठिकै छ, एकछिनमा दाई हिडि जान्छ । म पनि अस्मिसँगै हुन्छु ।  अहिले  चिया नास्ता भईहाल्ने रहेछ ।" मैले मन मनै साेचे । अनि दाईले के भन्छ भन्छ नि फेरी । उसले केही भन्न नपाउदै मैले भने "कमल सरले भनि हाल्नु भयाे । नाई कसरी भन्नु । टाढा छ भने चै नजाै हाेला।" मैले दाई तिर हेर्दै भने ।

 "ए यि निर हाे । के टाढा हुनु । त आउ गफ गर्दै गर्दै जाै । " उहाँले भन्नु भयाे ।  लाै नत भन्दै हामी हिड्दै हिड्दै जान थाल्लाै । जादै गर्दा सटकट बाटाे भन्दै हामी आलि आलिकाे बाटाे लाग्याै । अलिकति पर गए पछि गाेठ तिर हुदै हामी भित्र पस्याै । यसाे गाेठमा हेरेकाे गाई रहेछ । जर्सी गाई । सरकारी जागिर हुदा पनि गाई बस्तु गर्न के मन लागेकाे हाेला । खैर मान्छे मिहनेती रहेछन भन्दै भित्र गयाै । उज्यालाे कलर हानेकाे । पछाडी बाट भित्र  छिर्दा किचन अनि त्यही रहेछ डाईनिङ टेबल अनि हामी त्यही बस्याै । किचन 

"उर्मिला चिया  लेउ त । आज भाईहरु पनि आएका छन । " उहाँले बसेकै ठाँउबाट भन्नु भयाे । किचनबाट पुलुक्क बाहिर हेर्दै "ए केशब भाई पाे आएका रहेछन । के छ बाबु खबर ?" भित्रैबाट कमल जी काे श्रीमतीले भन्नु भयाे । म छक्क परे । दाईकाे अगाडी देखी नै चिन जान रहेछ । मैले टाउकाेले ईसारा गर्दै साेधे । अनि कुरै कुरामा पत्ताे लाग्याे कि दाईकाे साथी रमेशकाे फुपु  रहिछन उनी र रमेशसँग बेला बेला आउने गरेकाे रहेछन । रमेश पहिले दखी नै त्यही बस्ने गरेकाे हुनाले चिनजान राम्रै भएकाे रहेछ । दाई गफाडी गफाडी भएकाे‌ले उनीहरु सँग राम्रै रहेछ । कलेज सकेर रमेश बिराटनगर गएकाे हुनाले धेरै पछि आएकाे भनेर एकछिन  कुराकानी भयाे । अनि नास्तामा चिया अनि पाउराेटी लिएर आउनु भयाे  भित्रबाट । चिया र पाउराेटी खादै कुराकानी गरिरहेकाे  थियाै । म पनि दाईकाे स‍ंगतले धेरै गफ दिन थालिसकेकाे थिए । दाई भान्सामा गएर गफ गर्दै गफ गर्दै फ्रिजबाट कहिले फलफुल त कहिले के खादै गफ हान्दै थियाे । म चाहि बसेकै ठाँउबाटै हाे मा हाे मिलाउदै पाउराेटी बजाउदै थिए । म अघाए र दाईलाई जाै भनेर भने । दाईले पनि बिदा माग्याे र हामी निस्कियाै । निस्किने बेलामा फुपुले हामी दुई जनालाई नै आउदै गर्नु  भन्दै हुनुहुन्थियाे अनि हामी बाटै बाटाे जाने भनेर हामी निस्कियाै । बाहिर निस्केर घडी हेर्न भनेर यसाे हेरेकाे  १० बज्न आटेकाे रहेछ । अनि गेटबाट बाहिर निस्किए पछी म त ट्वा परे । जुन गेटकाे अगाडी अघि बिहान मडिङवाक गरेकाे थिए त्यही घर भित्र बसेर नास्ता गरेर निस्किई सकिएछ ।ए बाबा आफ्नै सासु ससुरा सँग गफ जाेतेर आईएछ अरु त अरु पहिलाे पल्ट ससुराली घर आईएछ त्याे पनि पाउराेटी खान लाई । मन मनै त हाँसाे नि लाग्याे । अनि दाईलाई भनि हाल्न पनि मन लागेन । मैले कहिले आउनु भएकाे थियाे यता उताकाे कुरा साेध्दै हामी काेठामा पुग्याै । 

मैले अन्जान बन्दै साेधे "दाई अनि कि , त्याे रमेशकाे फुपुकाे चहिँ छाेरा छाेरी छैनन?" 

"छाेरी छ एउटी । अहिले १२मा पढ्छ " दाईले भन्याे ।

"अनि काेई थिएन त अनि । कस्ती छे हाै तिनकाे छाेरी " मैले कुराे खाेताल्दै साेधे ।

"कस्ती हुनु र हाै । ठिकै छे । खै कहिल्यै बाेल्दिन । साेध्याे भने हाे उमम हजुर भन्छे, तेत्ति हाे । साेझी छे फुच्ची" दाईले भन्याे । मलाई उसकाे बारेमा साेध्दा मजा आई रहेकाे थियाे । यस्तै उस्तै कुरा गर्दा गर्दै दाई लाग्याे । "ल भाई म चाहि लागे अहिले त के गर्छस है ।" भन्दै दाई हिड्याे । म पनि अस्मिलाई भेट्न तयार हुन थाले ।

म गएर उसलाई पर्खेर बसे । उनी आईन । परैबाट आएकाे देख्दै थिए । लाज नि लाग्दै थियाे बिहानकाे कुराले ।अनि उनि आईन जब आईन मन त गर्ल्याम्म अंगालाे हालाै भएकाे थियाे तर बिचबाटाे मा तमसा त गर्न मिलेन । उनीलाई लिएर म एउटा हाेटलमा छिरे । अन्तिमकाे पार्टिसनकाे क्याबमा ढाेका थियाे अनि २ प्लेट माेःमाे मगाए । अनि माेःमाे आएपछि मैले ढाेका बन्द गरे । हामी एकान्तमा थियाै । त्यसरी एकान्तैमा हुँदा पनि के गराै के गराै हुदाे रहेछ । उनकाे दाईना पट्टी म बसे अनि उनी तिर हेरे। उनी मुस्कुराईन ।उनकाे डिम्पल बसे । मैले उनकाे दुबै गाला चिमाेट्दै भने। "कति राम्री के तिमी । अहिल्यै भगाएर लैजानु जस्ताे के ।"  

उनी ‌लजाईन अनि मुस्कुराउदै भनिन् "जान्छु हाेला भन्ने बितिकै । किन बाेलाउनु भएकाे मलाई ?" उनले भनिन । मैले उनकाे हातमा हात राखे अनि उनलाई भने ।"भाेलि देखी देख्न पाउदिन नि त त्यही भएर तिमीलाई हेर्न बाेलाएकाे नि । अनिकी म त सहन नसकेर तिम्राे घरै गएकाे थिए । तर तिमीलाई देखीन ।काहाँ थियाै हाै?" मैले साेधे। "अ.. हाेला हाेला। " उनले नपत्याउदै भनिन । 

 ''लाै के नपत्याएकाे ? अघि तिम्रा घरमा गएर  मेरा सासु ससुरा सँग गफ गर्दा गर्दा गरेर आएकाे । विश्वास लागेन भने गएर साेध्नु नि अघि आलाेक र केशब आएका थिए कि थिएनन् भने ।" उनी छक्क परिन । मैले आज देखेजति सबै कुरा उनलाई बताए अनि उनी आज एक से एक सर्प्राईज पाई रहेकी थिईन । मेराे दाई केशब हाे भन्दा उनी छक्क परिन पनि । अनि त्यती भए पछी उनलाई विश्वास भयाे कि हामी गएका थियाै भनेर । अनि उनले साेधिन । "आज चाहि किन आउनु भएकाे थियाे नि‌ ?" 

मैले जिस्किदै भने । "अनि तिमीले नै बिहे गर्ने भए घरमा आएर कुरा गर्नु भनेकाे हैन ? आज कुरा मात्र हैन चिया पाउराेटी पनि खाएर आएकाे । बिहे गर्छाै नि अब त ?" 

 "अ.. हावा मान्छे । गफ गरेर आउदैमा बिहे गरिन्छ कि के हाे त । हात पाे माग्नु पर्छ त । " उनले भनिन ।

"हातैले मात्र काम हुन्थियाे भने त आफ्नै काफी छ नि । मलाई त टाउकाे, मुख, हात खुट्टा, जिउ सबै चाहिन्छ " मैले भने।

उनी हाँस्न थालिन । अनि माेःमाे खादै कुरा गर्दै थियाै । उनकाे ओठ देखी अलि तल सस लागिरहेकाे थियाे । मलाई उपद्राे गर्न मन लाग्याे । मैले उनलाई नहल्ली बस भने अनि उनकाे ओठमा जिब्राे लगाएर चाटि दिए । उनी लजाएर राताे भईन । मैले बिस्तारै उनलाई चुम्न थाले अनि केही बेरमा उनले मलाई समातेर अंगालाेमा हालिन अनि भनिन । I LOVE YOU SOO MUCH !.

यहि कुरा सुन्न मलाई धेरै पहिले देखी मन लागेकाे थियाे र सुन्न पाउदा मलाई एकदम खुशी लाग्याे । यति धेरै कि त्यसलाई ब्यक्त गर्न सक्दिन । मैले उनलाई अंगालाेमा बेरे । केही शब्द आएका थिएनन। 

मैले उनलाई भने । "आज पुरै दिन तिमी म सँगै बस न ल । यही यादमा म मेरा २८ दिन काट्ने छुु । "  उनले सहमति जनाउदै टाउकाे हल्लाईन ।

 मैले उनलाई भन्न थाले । "सायद तिमीलाई विश्वास लाग्दैन हाेला कि जुन दिन देखी मैले तिमीलाई देखे त्यही दिन देखी म तिमीमा एकदम फिदा भएकाे छु । तिमीलाई खाेज्दा खाेज्दै तिमी माथि एकदम गहिराे माया बसेछ  हाै । अब म तिमी बिना बाँच्न सक्दिन। म तिमीलाई सँधैकाे लागि आफ्नाे बनाउन चाहन्छु । अस्मि तिमी किन यति राम्री छाै ? थाह छ तिम्राे यादले मलाई कति सताउछ ? मलाई तिमी भए अरु केही चाईदैन । "

उनी बिस्तारै मलाई भन्न थालिन । "खै तँपाईलाई किन त्यस्ताे लागेकाे हाे । म सँग त प्राय काेही तँपाई जसरी बाेल्दैनन् । मलाई थाह पनि छैन कि याे अवस्थामा के भन्नु पर्छ भनेर । म पनि तपाँईलाई एकदमै मन पराउछु । तँपाईसँग कुराकानी गर्दा, जिस्किदा जिस्किदै खै कसरी हाे म त तँपाईमा रतिएर आएछु । तँपाई सँग जब मैले भेटे तब देखी हजुरले मलाई मुस्कुराउन सिकाउनु भएकाे छ । म तँपाईलाई एकदमै माया गर्छु । म हजुर सँगै बिहे गर्न चाहन्छु तर आमा बुबासँग कुरा गरेर मात्र। म आफ्नाे मर्जीले याे निर्णय लिन सक्दिन । मलाई बुझिदिनु हाेला र यसरी नै हामी बिहे गर्नु पर्छ । हुन्छ? " उनले भनिन । मैले हुन्छ भने । 

मनमनै साेचे कि अब म उनीहरूकाे मन जित्नु पर्छ भनेर ।अनि फेरी अलि अलि गर्दै फेरी हाम्राे चुम्बन सुरु भयाे । अर्चना सँगकाे चुम्बनकाे मलाई आदत लागेकाे थियाे गर्दा गर्दै चुलीमा हात लैजाने । अनायसै गएछ। उनले च्याप्प मेराे हात समाईन अनि भनिन ।"नाई यहाँ भन्दा अरू बिहे पछि मात्र ।"