मैले एकछिन आँखा बन्द गरे र मन मनै साेचे ।मलाई चाहिएकाे मान्छे यही हाे । चाहे जे हाेस म उसलाई कुनै हालतमा पनि म कतै जान दिन्न । आखिर उ मेरै हाे मात्र मेराे म डराउनु हुदैन भनेर अनि आखाँ खाेले । मनकाे कुरा सिधै भन्ने आट पनि आयाे तर म उसलाई नभन्ने भनेर साेचे । मेराे मनमा त्यही बेला आयाे कि जे म भन्न चाहन्छु म त्याे उनलाई भनाउछु भनेर । कुरा यस्ताे रहेछ के । जब हामी कसैलाई भित्रै देखी चाहन्छाै नि र जब उसकाेे समिप्यमै याे कुरा मनलाई बुझाउन सक्छाै तब मनकाे नियन्त्रण गर्न गाह्राे हुदाे रहेनछ । मैले उनलाई त्याे बेला उसलाई अरु केही साेचिन । मैले उसलाई त्याे समय पत्नि नै साेचे । म उसलाई त्यही सम्बन्धमा पाउन चाहन्छु त्यही भएर म उनलाई साथी, जि एफ, चिक्स आदि ईत्यादिकाे नजरले म हेर्नै चाहन्न थिए । "अस्मी" मैले बाेलाए । "हजुर " उनले भनिन । "तिमी कति राम्री छाै हाै । किन यस्ताे ?" मैले उनकाे हात समातेरै भने । उनी लजाईन र अर्काे तिर फर्किईन र केही बाेलिनन । म उनलाई हेरी रहेकाे थिए । उनकाे ओठमा मधुराे मुस्कान र धेरै लाज्जा थियाे । म उनलाई एककाेहाेराे नै हेरी रहेकाे थिए । उनले मलाई भनिन । "मलाई लाज लग्छ किन त्यसरी हेर्नु भएकाे ?" म एकछिन केही बाेलिन । मेराे मन मनमै म शब्द चयन गर्दै थिए कि के भनाै भनेर । "म यस्तै छु के गर्नु मन परेकाे मान्छेलाई हेर्न र एक पल्ट समाएकाे हात त म पुरा जिन्दगी छाेड्दिन । आज त मलाई दुईटै जुरेकाे छ ।" उनी लजाईन र हात छुटाउने कासिस गरिन तर मैले छाेडिन । फेरी पनि बल गरिन मैले तै पनि छाेडिन अर्काे पल्ट बिस्तारै उनले नै समाईन । म फुरुङ्ग भए । उनले मलाई भनिन "अनि मेराे हात चाहिँ सँधै समाउदा फेरी तँपाईका काेई काेईले मार्लान नि त फेरी" । म मुसुक्क मुस्कुराए । के भनाै भानाै भयाे "खै अरुकाे यसरी समाए भने याे हातकाे मान्छेले मारे भने मात्र नत्र आज सम्म चाहीँ छैन काेही त्यस्ताे काेही मारिहाल्ने "। एक मनले लाग्दै थियाे कि आज म ओभर नै हुदैछु कुन बेला चड्कन भेटिन्छ हाेला भन्दै अनि फेरी साेच्थे दाईना हात समाएकाे छु देब्रे हातकाे भेटियाे भने त त्यति दुख्दैन पनि त हाेला भन्दै । अनि फेरी साेच्थे आज हात समाउन भ्याई हाल्याे सके मनाएरै पटाउछु न माने मन्त्र टाेना गरेरै भएनी म त छाेड्दिन भनेर । मैले उनलाई साना देखीका कुरा सुनाउन थाले । कुरै कुरामा मेराे काेठा आईपुग्न लाग्याे म झस्किए र उनी सँग छुट्टीने मन नै थिएन । मेराे दाजु आउदै हुनुहुदाे रहेछ भन्दै उनलाई फेरी घुमउराे बाटाे तिर लैजान थाले जसले गर्दा उनकाे घर सम्म पुग्दा बाटाे डबल टाढाँ हुन्थियाे । मैले उनलाई भने । "सुन न अस्मि । चाहे तिमी जे सुकै साेच है । तर मेराे कुरा ध्यान दिएर सुनिदेउ न ल आज । " उनीले हु्न्छ जवाफमा टाउकाे हल्लाईन । मैले त्याे परिक्षाकाे दिन देखीकाे सबै कुरा उनलाई सुनाए । मलाई कस्ताे अनुभब भएकाे थियाे । उनकाे खाेजी म कसरी गर्दै थिए मैले सबै भने । उनी सबै सुनि रहिन मात्र । जे पर्ला पर्ला भन्दै मैले उनलाई म उनी सँग बिहे नै गर्न चाहने कुरा पनि बताई दिए । सबै कुरा सुनाए पछी मैले भने । "हेर अस्मि। मलाई मनमा लागेकाे कुरा मैले तिमीलाई भनि नै हाले । आज म आएकाे छु त त्याे कारण पनि तिमी नै हाै । मलाई आश पनि छैन कि तिमी मेराे कुरा सुनाैली र मलाई आजै बरमाला लगाउली भनेर साेचेकाे पनि छैन । तर सुन मेराे कुरा । यदि म अहिलै मरे भने पनि अब मेराे आत्मा भड्किने छैन । क्षत्रीकाे छाेराे हु एक न एक दिन बिहे मैले गर्नै पर्छ तर मनले तिमीलाई राेजिसक्याे। मलाई थाह छैन कि म के बाेल्दै छु तर लाग्दैछ कि आजै चै याे सबै बाेलिहाल्ने कुरा त हैन हाेला । के गर्नु प्राक्टिस गरेर आउने कुरा पनि हैन हाेला। नभनि बस्नै सकिन " मैले उनलाई बाेल्ने ठाँउ नै दिईन । उनी एक छिन केही बाेलिनन् । अनि बिस्तारै भनिन । "म तँपाईलाई राम्ररी त चिन्दिन म के भन्नु र । तँपाई सँग जसरी न कहिल्यै यसरी बाेलेकाे हिडेकाे पनि त छैन । मलाई तँपाई नराम्राे लाग्छ भनेकाे हैन । तँपाई सँगकाे आजकाे दिन मेराे पनि एकदम खास दिन हाे तर म मेराे ममी बाबाले जे भन्नु हुन्छ म त्यही गर्छु । मागेर लानुस मलाई केही भन्नु छैन । " उनकाे कुरा जायज थियाे । मैले फेरी साेचे । मागि हाल्न पनि कसरी जानु । उमेरमा १७ राम्ररी टेकेकाे छैन । पढाईमा सुरुवात मात्र भएकाे छ सकिने कहिले हाे टुङ्गाे छैन । आज त भन्नु सबै भनियाे के थाह कलेज अर्कै छ । फेरी खाेज्दा नभेटिने उनीलाई अर्कैले पट्यायाे भने म गर्नु पनि के ? मैले भने "तिम्राे नम्बर देउ न मलाई " । उनले सिधै भनिन मेराे फाेन छैन भनेर । फाेन त मेराे पनि थिएन । मैले उनलाई फेसबुक छ भनेर साेधे । त्याे नि थिएन । उपाय अरु केही थिएनन् । खैर कुरा यस्तै उस्तै हुदाँ हुदै हामी उसकाे घरमा पुग्याै । उनि भित्र गईन म हेरी रहे । गेट बन्द भयाे तर मलाई एकदमै भारी हुँदै थियाे । उनी गईन र माथिकाे बत्ती बल्याे । पर्दा सरक्क् सर्याे र झयाल सरक्क स्लाईड भयाे । उनै थिईन । म उभिईरहेकाे थिए । उनले हात हल्लाएर बाई बाई गरिन र बन्द गरिन । म बिस्तारै बिस्तारै काेठा तिर लागे ।
म काेठामा पुगे । दाईकाे त्याे बेला खत्रै मेसेज जादै थियाे । म खाटमा पल्टे ।मलाई आज मेराे हात कति स्पेसल लागि रहेकाे थियाे । उनकाे त्याे स्पर्षले मलाई आज अर्कै आन्नद आई रहेकाे थियाे । एकछिनमा पिसाव लाग्याे र बाथरुम छिरे । हिजाे सम्म के के गरेकाे यि हात देखी आज रिस रिस उठेर आयाे । "हैट, नगरुम हाेला" मन मनै साेच्दै म बाहिर आए । हिजाे र आजमा कति फरक थियाे । उनी लजाएकाे,मैले उनलाई आज सताउदा उनले देखाएकाे एक्सप्रेसन मेरा आँखा अगाडी नाचिरहेका थिए । "ओए आलाेक भात खा छिटाे अनि वाथरुममा पानी थाप मुला एैले पानी जान्छ । छिटाे गर जा ।" दाईले भन्नु भयाे । खाना खाएर आएकाे भने । "मुला पैला हेर न । मासु पकाकाे छ आज खादैनस ?" दाईले भन्नु भयाे । म उठे अनि मासु मासु खाए । "भाँडा माेल नि त्या, पुनिउ तल ढाडिरहेकाे छ ।" यति भनेर दाई फेरी चाटिङ्ग सुरु । एउटा बटुका, पिलेट र पुन्यु माझेर म आए । झाेला मा यसाे हेरेकाे मेरा कलेजका सबै लुगा र दाईका लुगाहरु खाँदेर राखेकाे थियाे । माेजा एउटा तन्ना अनि सिरानीकाे खाेल पनि । सबै धाेएका थिए । "लुगा धुनु भएकाे थियाे कि क्याे ? किन यसरी खाँदेर राख्नु भएका ? " मैले साेधे लुगा फिजाउन थाले अचानक राताे रङ्गकाे अगाडी रिविन भएकाे टिकटके लेडिज अन्डरगार्मेट पनि खस्याे "सिटटट् कस्काे हाे याे फेरी ?" मैले हातले उठाउद भने । "फिजाएर राख त सबै । आज सबै लुगा सन्ध्याकाे घरमा वासिङ्ग मिसिनमा धाेएर ल्याकाे नि मुला । एता मिसिन चालु उता तेराे दाई चालु । एक तिर दाे सिकार हानेर आएकाे । आशु पुछेकाे थिए त्यै भएर हालेकाे घरै पाे आएछ ।" मैले सुनि सक्दा फुत्त फालेछु । "के गर्छ मुला काँ फालेकाे भन्दै दाईले ब्यागमा हाल्नु भयाे " ।
भाेली पल्ट बिहानै उठे र मडिङ्ग बाक गर्दै म अस्मिकाे घर तिरकाे बाटाे लागे । उसकाे ममी तुलसाकाे मठमा पानी चढाउदै हुनुहुदाे रहेछ । मनमनै सासु आमै यिनै पाे रहिछन भन्दै साेचे । गलेर उभिए जसरी उनकाे काेठा तिर हेरे । बन्द थियाे । म तन्किदै उनकाे काेठा तिर हेर्दै थिए सबै सुनसान देखे अनि फर्किन लाई यसाे पछाडी फर्केकाे अगाडीकाे घरकाे माथिकाे तला बाट उनले हेरीरहेकी रहिछन । मलाई लाज लाग्याे । उनले ईसाराले नै "के गरेकाे" भनेर साेधिन । मैले केही हैन भन्दै टाउकाे हल्लाए । तल आउ भनेर बाेलाए । उनी नआउने भन्दै टाउकाे हल्लाईन ।
उनी ४ बजे देखी ५ सम्म CIT मा ट्युसन पढ्ने भन्ने कुरा गाेप्य सुत्रबाट कुरा आयाे । मलाई पनि जाै जाै भएर आयाे । मलाई ट्युसनकाे जरुरी थिएन मलाई बस अस्मि सँगकाे मतलब थियाे । म पनि ट्युसन जान थाले । म जान थालेकाे मात्र के थिए । अर्चनाले मलाई देखेर साह्रै खुशी जनाईन । म पनि उनै सँग बसे र मेराे छेउमा अस्मि । क्लास सुरु भयाे । सरले पढाउन थाल्नु भयाे । हामी लास्ट बेन्चमा बसेकाे थियाे त्यही भएर मेरा हात चलमलाउन थाले । कहिले मेरा हात अस्मिकाे कपाल चलाउथे त कहिले उनलाई काउकुती लाउथे । उनी मेराे हात समाउथिन म एकछिन चुपचाप लाग्थे अनि नबुझे जस्ताे गर्दै म अर्चनालाई साेध्थे । उनी चहीँ मलाई सम्झाए जस्ताे गर्थिन । त्यति बेला उनी मलाई चिमाेट्न थाल्थिन । अलि अलि गर्दै यि सब हाम्राे दैनिकी जस्ताे भएकाे थियाे । म उनलाई दिनमा एक घण्टा मजाले सताउथे । एक दिनकाे कुरा हाे । ट्युसनमा म उनलाई पर्खि रहेकाे थिए। कक्षा सुरु भयाे । अस्मि आईनन् । मलाई अखणडै भयाे साेधे अर्चनालाई । उसलाई आज पेरियड भएर सन्चाे छैन अरे भनेर । मलाई त्या बस्दा बस्दा बाेर हुन थालेकाे थियाे । मलाई के गराै के गराै भयाे । मैले अर्चनाकाे कम्मरमा चिमाेटी दिए । aaauch गर्दै उनी चिच्याईन । सबैले उनलाई हेरे । उनी चँही लजाउदै मच्छेडले टाेक्याे भन्दै टारिन । सबै जना हाँसे । अनि त्यसरी नै उनले पनि मलाई चिमाेट्न थालिन । त्याे दिन त्यसरी नै बित्याे ।
बेलुका म फेसबुकमा अनलाईन थिए अचानक मेसेज आयाे । मेसेज अर्चनाकाे थियाे । आज के भयाे अचानक भन्दै साेध्न थालिन । "त्यस्ती राम्री भएर आयाै अनि के गराै के गराै भनेर हातले आफै उपद्राे गर्न थालेछ हाै । तिम्राै गल्ती हाे " मैले भने । उनी पनि हासेकाे ईमाेजी पठाउन थालिन । त्याे दिन देखी अर्चना म सँग फेसबुकमा बाेल्न थालिन । यसरी नै आजकल हाम्राे मित्रता गहिराे हुदै थियाे । कलेज अर्कै हुँदा हुँदै पनि हाम्राे घनिष्टताले हामीलाई फरक कलेज जस्ताे बनाउदैन थियाे ।एक अर्काकाेमा जाने खाना खाने जस्ताे सबै हुन्थियाे । सायद समय कम्ति भएर हाेला । के थाह १२ पछाडी हाम्राे गन्तव्य कता कताकाे हुन्थियाे तर हामीले हरेक पल जिउदै थियाै । हरेक पल हामी सुन्दर यादहरुले भरि रहेका थियाै ।
एक दिन अर्चनाले मलाई खाना खाने गरि बाेलाईन । म गए । उनीले मेराे लागी भनेर मासु पकाएकी थिईन । उनीहरु त्यहाँ दुई जना बस्थिए । मैले साेधे "अनि रिया खै त आज सँगै त खाने हाेला हैन?"। उनकी साथी रियाकाे दिदीकाे बिहे भएकाले उ घर गएकी थिईन । एक्लै उनलाई डर लाग्ने भएकाेले उनले मलाई बाेलाएकाे भनेर भनिन । मैले भने त्यसाे भए अस्मिलाई पनि बाेलाउ न भने । उनले कल गरिन । अस्मिकाे ममीले फाेन उठाउनु भयाे । आज एक्लै छु भन्दै उसले कल गरिन तर उताबाट सनिवार घरबाट बाहिर जानेे गरेकाे छैन भन्दै आउन दिनु भएन । खैर त्याे रात उ र म मात्र हुने भयाै । कुरै कुरामा मैले उनलाई चिमाेटे ।त्यस पछि फेरी हाम्राे बच्चा जस्ताे चलाचल सुरु भयाे । अचानक उनले मेराे हा...
0 Comments