धेरै दिन देखी मलाई लाग्छ कि यो जिन्दगी कल्पना मात्र भैदिएको भए कति सजिलो हुन्थियो होला । कुनै गहिरो निन्द्राको एउटा सपना भई दिएको भए कति हलुङ्गा हुन्थिए होला।उ हिजो देखी अस्पतालमा छ अरे ।

मेरो पैतालाबाट जमिन खुस्किएको जस्तो भयो ।म जुरूक्क उठे र हतारिदै गए तर मेरो कोठा बाट बाहिर जाने हिम्मत गर्न सकिन । एक मनले लाग्थियो कि तुरून्तै पुगिहालैा र फेरी सोच्थिए कि त्यसको जिम्मेवार म आफै हु ।

ढोका बन्द गरे र त्यही अडेस लागेर रून थाले । मलाई आफै देखी रिस उठेर आयो । मलाई चिच्याएर रून मन थियो । तर सकिन किनकी मेराे आफ्नै बाध्यता छन आज। जिन्दगीलाई बाँच्न सिकाउने मेराे त्याे अजिज पात्र अस्पतालकाे शैयामा छ । आफ्नै जिन्दगी अबकाे चार दिनमा अरुनै कसैसँग नामसारी हुदैछ जसलाई म राम्राे सँग चिन्दिन पनि । संसार कति बिचित्रकाे छ है ? घरमा मेरा मावली सबै जना आएका छन, मेरा चार जना काका र दुई जना फुपु अनि वर्मा देखी मेराे बिहेकाे लागि मेराे मित बुवा र वहाँकाे पुरा परिवार आउनु भएकाे छ । म घरकी एक्ली छाेरी र ममीले भन्नु हुन्थियाे कि बिहे गरेकाे पाँच वर्ष पछि स्वस्थानीकाे बर्त गरेर जन्मीएकी रे म भनेर । आजकाे बाहिरकाे राैनक र मेराे अन्त्रमनकाे विद्राेहले गरेकाे पराकाष्ठाले मलाई अखण्डै गराएकाे छ । साना साना बहिनीहरु मेराे बिहेकाे लागि भनेर हिजै देखी मेहन्दी लगाई रहेका छन । बाहिर के के भई रहेकाे छ त्याे सब देखेरै पनि न मलाई बाँच्ने मन छ न त मलाई मर्ने आट नै छ । मेराे दिल,दिमाग र चेतनामा बस् उहि छ । आलाेक ।

आलाेक मेराे जिवनमा यसरी आईदिएकाे थियाे जुन धेरै नै अलाैकिक थियाे । म सानै देखी लजालु स्वभावकी थिए । मलाई अरु सँग घुल्न आउदैन थियाे । मेरा साथीहरु कम नै छन किनकी म अरु जस्ताे थिईन । म सानाे स्वरमा बाेल्ने र खासै नबाेल्ने भएकाले मलाई प्राय सबैले एक्लै नै पार्थे । मेराे जिन्दगीमा यदी केही थियाे भने बस् घर देखी स्कुल र स्कुल देखी घर थियाे । अरुले देख्दा पढाईमा अब्बल र लजालु स्वभावकी म र मेराे जिवन वास्तवमा एउटा साधा पाना रहेछ । तर त्याे पानामा रङ् भर्ने यदि काेही थियाे भने त्याे आलाेक थियाे । आलाेकलाई मैले कक्षा ११काे अन्तिम परिक्षाकाे दिन भेटेकाे थिए र उसलाई जुन दिन भेटे त्याे दिन देखी मेरा ‌ओठमा मुस्कानले सायद डेरै गाडेर बसेका थिए । उसकाे घर गाँउमा थियाे र उसले भन्थियाे उसलाई उसकाे आमाले धेरै नै माया गर्नु हुन्छ भनेर । उसकाे घरमा चार जनाकाे परिवार थियाे र दाजु भाई विर्तामाेडमा बस्थिए किनकी त्यती बेला SCIENCE पढ्नकाे लागि उनीहरुकाे गाँउमा थिएन। उनीहरु दाजुभाई एकदमै मिल्थे । उ जिन्दगी यसरी बाच्थियाे कि मलाई लाग्थियाे उ साँच्चै खेलाडी नै हाे । मलाई याद छ उनीहरुले घरबाट पढ्ने र काेठाभाडा र सब्जी किन्ने बाहेक अरु पैसा पाउदैन थिए । तर उनीहरु Scholarship मा पढ्थे र त्यसकाे लागी रात भर मिहनेत गर्थे । काेठा भाडा तिर्न कहिले बाजीमा जितेर त कहिले मुक्तीचाेकमा कलम बेचिरहेका पनि हुन्थे । आलाेककाे दाजु केशब चाप्लुसी गर्दं सबै तिर सब्जी फकाउने र मानिसहरु सँग कुरा गर्न एकदमै जान्ने स्वभावकाे थिए । एकपल्टकाे कुरा हाे । उसले मलाई भेट्न कृषिथाेक बाेलाएकाे थियाे । हामी गफ गर्दै गर्दै गयाै। उसले त्याे दिन मासु किन्याे र किनिसकेर सब्जीलाईनमा

गएर खुर्सानी साेध्याे । “खै, आजकल त खुर्सानी पिरै आउदैन के लानु हाै ?” उसले भन्याे । त्यति भने पछी पसलबाली ले भनिन"खाएर हेर न अनि थाह हुन्छ पिराे छ कि छैन भनेर “ । उसले एउटा टिप्याे र टाेक्याे अनि भन्याे "खै त के पिराे छ र लाँदिन है म त ” अनि आधा गाेजीमा हाल्याे । बजार बाहिर जाँदा थाह भयाे कि उसले त एक पाउ जति खुर्सानी अगाडी नै भेला पारि सकेकाे रहेछ । सुरुमा त मलाई कस्ताे कस्ताे लाग्याे तर पछी चाही साह्रै हाँस उठ्याे । उ जिन्दगी यसरी नै बाच्थियाे ।न कसैकाे डर न लाज न त उसलाई केही काे पर्वाह थियाे । उ आजमा बाँच्थियाे । म उसकाे संगतमा आफुलाई उ मै परिणत गरिरहेकाे थिए । म उसलाई परिभाषित गर्न सक्दिन उ मेराे के हाे भनेर तर मैले मेराे अस्तित्व छ भनेर थाह पाए त यसकाे श्रेय जान्छ त बस उसलाई ।

मलाई आज याे संसार शुन्य लागिरहेकाे छ किनकी म उसैकाे हु तर पनि म उसकाे हुन सक्दिन ।हाम्राे याे बाध्यता नै हाे जसले आज उसकाे याे स्थिती छ । म चाहेर पनि उसकाे हुन सक्दिन । हाम्राे जात मिल्छ, उमेर नि मिल्छ, विचार मिल्छ,आथिक स्थिती मिल्छ तर सबै थाेक मिल्नु नै हाम्राे लागि आज अभिशाप भैदिएकाे छ ।